ब्लड क्यान्सर पीडित ५ वर्षीय विवेक घर्तीमगरको उपचारका लागि रोल्पा उद्योग वाणिज्य संघ पदाधिकारीबाट आर्थिक सहयोग

ब्लड क्यान्सर पीडित ५ वर्षीय विवेक घर्तीमगरको उपचारका लागि रोल्पा उद्योग वाणिज्य संघ पदाधिकारीबाट आर्थिक सहयोग
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k4.jpg


रोल्पा, रोल्पा उद्योग वाणिज्य संघ पदाधिकारीद्वारा माडी गाउँपालिका २ नं. वडा घर्तिगाउँ निबासी एवम् संघ कार्य समिति सदस्य कमल घर्तिमगरका ५ वर्षीय छोरा विवेक घर्तिमगरको ब्लड क्यान्सरको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । आर्थिक सहयोगले पीडितको उपचारमा थप सहयोग पुग्ने भएको छ ।
रोल्पा उद्योग वाणिज्य संघको अध्यक्ष विश्व कुमार चन्दले रु ५ हजार, उपाध्यक्ष केशव कुमार आचार्यले रु ५ हजार ५, कोषाध्यक्ष निम बहादुर थापाले रु ५ हजार, सदस्यहरु राजन श्रेष्ठले रु ३ हजार, रमेश अधिकारीले रु ३ हजार, परिवर्तन गाउँपालिका उद्योग वाणिज्य संघको संयोजक ओम प्रसाद बुढाले रु २ हजार ब्लड क्यान्सर पीडित विवेक घर्तीमगरको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । घर्तीमगरलाई ब्लड क्यान्सर भै विगत ५ महिनादेखि सिभिल सर्भिस अस्पिटल काठमाण्डौमा उपचार भइरहेको छ । हालसम्मको उपचारमा रु २५ लाख भन्दा बढी खर्च भएको र पुन दयलझबचचयध तचबलकउबिलत गर्नुपर्ने भएकोले थप रु ५० लाख लाग्ने अस्पताल बताएको छ । लाखौं रकम खर्च गरेर छोराको उपचार घरपरिवारले गर्न नसक्ने अवस्था भएकाले क्यान्सर पीडित छोराको उपचारको लागि आर्थिक सहयोग गर्नु परेको बुबा अमर घर्तीमगरले बताउनुभयो । उहाँले रकमको अभावको कारण छोरा विवेक घर्तीमगरको ज्यान जोखिम रहेकोले यस अवस्थामा मानवीय नाताले सबैलाई ुसक्दो आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको छ । आर्थिक सहयोगका लागि राष्ट्रिय वाणिज्य वैंकमा क्यान्सर पीडित उपचारार्थ सहयोग सङकलन अभियान खाता न. ३०५०१०००००००७००१ जम्मा गर्नका लागि सहयोगी मनहरुलाई उहाँले अनुरोध गर्नुभएको छ ।

You may also like