८० औं स्रष्टा चौतारीको अवसरमा होली र रचना बाचन कार्यक्रम लिबाङमा सम्पन्न

८० औं स्रष्टा चौतारीको अवसरमा होली र रचना बाचन कार्यक्रम लिबाङमा सम्पन्न
चैत्र १६ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k2.jpg


रोल्पा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा नियमित कार्यक्रम प्रत्येक महिनाको १५ गते आयोजना स्रष्टा चौतारीको अवसरमा साहित्यकारले रचना र होली मनाएर छन् ।
कार्यक्रममा पूर्व सिंचाई राज्य एवम् नेपाली कांग्रेस पार्टी रोल्पा जिल्ला सभापति अमर सिंह पुन सस्मरण, जिल्ला समन्वय समिति रोल्पाको प्रमख राज बहादुर बुढा सस्मरण, रोल्पा जिल्ला अदालत कार्यालय जिल्ला न्याधिश दिलिपराज पन्तले गीत, रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी.ले कविता, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले कविता, वटुक दल गणको सेनानी बालचन्द्र अधिकारीले गीत र मुक्तक, सशस्त्र प्रहरी वल गुल्म रोल्पाको प्रमुख प्रहरी नायव उपरीक्षक होमनाथ भट्टराई, जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालयको प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले कविता, जिल्ला सरकारी कार्यालय रोल्पाका नुमराज खनालले भावना, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायले गजल, सचिव चन्द्रज्योती सुवेदीले गजल, प्रगतिशिल लेखक संघ रोल्पा जिल्ला अध्यक्ष अमर जि.एम.ले गीत र मुक्त, सल्लहाकार एवम् साहित्यकार डी.वी. टुहुरोले कविता, ओम के.सी.ले मुक्तक, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्माले भावना, जलजला बहुमुखी क्याम्पसको प्राध्यापक भिम बहादुर बुढाले कविता, प्राध्यापक कृष्ण प्रसाद न्यौपाने, नेपाल लेखक संघ केन्द्रीय सदस्य दामुमर्सिफूलले कविता, शिवराज पोख्रेलले मुक्तक, सुभद्रा गिरी, केवी विरहीले गजल, दिल कुमारी बुढामगरले गजल, विनोद ज्ञावलीले कविता, विज्या सत्यालले कविता, मदन के.सी.ले गाउँखाने कथा, सुमुन बिमलाले गीत, खेमराज शर्मा, सौरभ पन्थी, मातृका उपाध्याय, राम कुमार बि.क, तिलक संघर्ष मगरले चुत्किला वाचन गर्नुभएको छ । सहभागीहरुलाई राप्ती साहित्य परिषद् शाखा रोल्पा लेखिएको भेष्ट र टिका लगाएर होली पर्व मनाएका छन् । उक्त भेष्ट शुभम टे«र्डस लिबाङ रोल्पाको संयोजन गरेको थियो भने मास्कको संयोजन नेपाल लेखक संघ केन्द्रीय सदस्य दामुमर्सिलफूलले गर्नुभएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायले स्रष्टा चौतारीमा उपस्थित आमन्त्रित अतिथिहरु र सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आगामी महिनाको स्रष्टा चौतारीमा सहभागीका लागि उहाँले अनुरोध गर्नुभएको छ । कार्यक्रममा साहित्यकार लगायत सरोकारवाला निकायहरुको उपस्थित भएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव चन्द्रज्योती सुवेदीले गर्नुभएको थियो ।

You may also like