प्रधानमन्त्री प्रचण्ड रोल्पामा आउँदै


रोल्पा समाचारदाता
कार्तिक १४ गते

This image has an empty alt attribute; its file name is parchand.jpg


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज २४ गते रोल्पा आउने हुनुभएको छ । रोल्पाको थबाङका विभिन्न कार्यक्रमसँगै रोल्पा जिल्ला अस्पताल उद्घाटनदेखि टुडिखेलसम्मको जनसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
रोल्पा जिल्ला पछिल्लो समयमा विविध कार्य व्यस्तताले आउन नपाएको नभए पनि यस पटक भने रोल्पा आउने आफ्नो भित्रैदेखिको चाहाना साथ आउन थालेको रोल्पामा आउन लाग्नु भएको हो । रोल्पा जिल्लामा लागेको माओवादी केन्द्र रोल्पाले बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज राजबहादुर बुढामगरले अनुसार कात्तिक २४ गते नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत थबाङ गाउँपालिका नेकपा (माओवादी केन्द्र) १ र २ नं. वडा बैठकलाई सम्वोधन गर्नुहुने बताउनुभएको छ । उहाँले सामुदायिक रेडियो जलजलासँग जलजला समय सन्दर्भमा कुराकानी गर्दै मंगलबार बेलुका बताउनुभएको हो । उहाँका अनुसार थबाङमा गाउँ नजिकै निर्माण भएको मोटरेबल पुलको उद्घाटन गर्ने र रोल्पा अस्पतालको उद्घाटन गर्ने सरकारी कार्यक्रम रहेको बताउनुभयो । यस्तै रोल्पा जिल्लाको टुडिखेलमा हुने जनसभालाई सम्वोधन गर्ने गरी कार्यक्रमको तयारी भइरहेको जिल्ला संयोजक पूणर् केसीले जानकारी दिनुभयो ।
यस्तै रोल्पा अस्पतालमा हुने कार्यक्रमलाई भव्य बनाउनको लागि रोल्पा नगरपालिकाले जनपरिचालन समेत गरिने रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीले जानकारी दिनुभयो । रोल्पा जिल्लामा प्रचण्ड आउँदा रोल्पा जिल्लाको समग्र विकास निर्माणका लागि ध्यान दिने समेत अनुमान गरिएको छ ।

You may also like