दश वटा स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको पार्टी प्रशिक्षण उपलब्धिमुलक भएको छः जिल्ला सभापति अमरसिंह पुन

दश वटा स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको पार्टी प्रशिक्षण उपलब्धिमुलक भएको छः जिल्ला सभापति अमरसिंह पुन
फागुन २९ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k1-1024x485.jpg


नेपाल कांग्रेस पार्टी रोल्पाद्वारा पत्रकार भेटघाट कार्यक्रम शनिबार लिबाङमा सम्पन्न भएको छ । पार्टीले दश स्थानीय तहमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित पार्टी प्रशिक्षण कार्यक्रमको उपलब्धिहरु सार्वजनिक गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी रोल्पा जिल्ला सभापति अमरसिंह पुनले जिल्लामा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान रोल्पाद्वारा दश वटै स्थानीय तहमा सञ्चालित पार्टी प्रशिक्षण कार्यक्रम पार्टीलाई उपलब्धि भएको बताउनुभयो । उहाँले जिल्लामा पार्टी प्रशिक्षणमा स्थानीय तहमा, अन्य पार्टीहरुले पूर्ण रुपमा सहयोगी वातावरणले राजनीतिक वातावरण सिर्जना भएको धारणा व्यक्त गर्नुभयो । बहुमत प्राप्त कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले जनतहितमा काम गर्न हालसम्म काम गर्न नसकेकोले नेपाली कांग्रेस पार्टीको आवश्यकता परेको उहाँले बताउनुभयो । संघीय सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टीभित्रको विवादको कारण संघीय लोतकान्त्रिक गणतन्त्र व्यवस्था धरापमा पु¥याएकोले पार्टी संघीय व्यवस्थाको संरक्षणकारी भूमिका अब नेपाली कांग्रेस पार्टीले गर्ने दबाबी गर्नुभयो । पार्टीलाई नागरिकाले प्रतिपक्षको जिम्मेवारी दिएकोले पार्टी प्रतिपक्षको भूमिका निर्वाहलाई नै प्राथमिकता दिन्छ तर, प्रतिनिधिसभा पुनः स्थापनापछि कुन पार्टीको नेतृत्वमा सरकार गठन पेचिलो बन्दै गएको अवस्थामा पनि देश र नागरिकलाई राजनीतिक निकासको निम्ति पार्टी सरकारमा जान सक्ने पार्टी सभापति पुनले संकेट गर्नुभयो । उहाँले पार्टीले जिटेको गाउँपालिकामा अन्य पार्टीहरुलाई स्थान दिँदै पार्टीभित्र तीव्र असन्तुष्ट बढेको छ तर अन्य पार्टीले जिटेको गाउँपालिकामा पार्टी कार्यकर्ताहरुलाई व्यवस्थापन गर्दा विवादमा नपरेको उद्घोष गर्नुभयो । पार्टी प्रशिक्षणबाट नेता, कार्यकर्ता, नागरिकको उत्साहजनक सहभागी भएकोले आगामी दिनमा पार्टीको जिट सुनिश्चित् भएको पुनले दाबी गर्नुभयो । उहाँले जिल्लामा सञ्चालित पार्टी प्रशिक्षण कार्यक्रममा केन्द्रबाट प्रशिक्षणका लागि गाउँ–गाउँमा पुग्नुभएका सबै प्रशिक्षकहरु, प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने गाउँपालिका, रोल्पा उद्योग वाणिज्य संघ, थबाङी मगर समुदाय घरबास, जिल्लाका सम्पूर्ण नेता साथिहरु कार्यक्रममा सहभागी सबै अगुवा साथिहरु लगायत हाम्रो अभियानलाई प्रचार प्रसार गरी देश विदेशसम्म सुसूचित गर्न सहयोग गर्ने पत्रकार, सहयोग र सल्लाह दिने सबै साथिहरु लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा सबैको सहयोग अपेक्षा व्यक्त गर्नुभयो । जिल्ला पार्टीको पहलमा ७२ वटै वडाबासीहरुको शिक्षा, स्वास्थ्य, यातायात, आर्थिक लगायत विषयवस्तु समावेश गरेर फारम संकलन अभियान सञ्चालन गरेको हुँदा आगामी दिनको फारमको विशेष अध्यायन अनुसन्धानबाट नागरिकको आवश्यकताको आधारमा विकासको नीति तय गर्ने उहाँले उदघोष गर्नुभयो ।
पार्टी प्रशिक्षण पश्चात् जिल्ला पार्टीले उत्साहजनक निष्कर्ष समेत सार्वजनिक गरेको छ, नेपाली कांग्रेसका साथिहरुलाई पार्टीको नीति तथा सिद्वन्त र पार्टीको गतिविधिका बारेमा जानकारी दिई २०४७ सालको निर्वाचन नै पार्टीको अन्तिम हारको रुपमा लिई आगामी निर्वाचनमा सशक्त भै विजय हासिल गर्ने र लोकतान्त्रिक समाजवादको बाटोमा अघि बढ्न भावी रणनीति निर्माण गर्ने उद्वेश्य लिई आयोजना गरेको प्रशिक्षण कार्यक्रम अत्यन्त प्रभावकारी भएको, जिल्लाभर जम्म १ हजार ९१८ जना पार्टीको अगुवा सदस्यहरुले प्रशिक्षण कार्यक्रममा सहभागी भई प्रमाण पत्र ग्रहण गरेको अवस्था भएपनि २ हजार भन्दा बढि सदस्यहरु सहभागी भएको, जिल्लामा जिल्लागत रुपमा यसरी ठूलो संख्यामा केन्द्रीय नेताहरुरुलाई आमन्त्रण गरी गाउँ–गाउँमा पुगेर पार्टी प्रशिक्षण कार्यक्रम पहिलो कार्यक्रम हो । यसमा उपस्थित साथिहरुको उत्साहले गर्दा वडा तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बोध हुनुका साथै जिल्ला कार्य समितिलाई थप उर्जा प्रप्ता भएको, यो कार्यक्रमले पार्टीका साथिहरुको उत्साह जाग्नुका साथै फरक विचार राख्ने साथिहरु समेत पार्टीको आर्दश र सिद्वन्तमा आकर्षित भएको देखिएको । विभिन्न पालिकाहरुमा फरक विचार राख्ने साथिहरु पार्टीमा प्रवेश गर्नु यसको गतिलो उदाहरणको रुपमा लिन सकिन्छ, अहिले दुई तिहाई बहुमतबाट बनेको कम्युनिष्ट सरकारले स्थिर सरकार सञ्चालन गर्न नसकेको, विधिको शासनको विरुद्व संविधान विपरित काम गरेको, विकास निर्माण गर्न नसकेको, आपसी कलहले देशलाई बर्बादीमा धकेलेको, शान्ति सुुरक्षा दिन नसकेको लगायत उल्लेखै गर्न नसकिने विभिन्न खाले व्यथितिहरु गरेकोले देश स्वाधिनता जोगाउन तथा समृद्ध नेपाल र सुखी जनता बनाउन नेपाली कांग्रेस पार्टीको विकल्पका हुनै नसक्ने महशुस गरी अब सबै तहमा पार्टीको नेतृत्व हुनुपर्ने फरक पार्टीका सदस्यहरुसँग परामर्श गर्दा पनि यो खाले स्थिति देखिएको जस्ता उपलब्धिहरु पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक पार्टीले गरेको छ । पार्टी प्रशिक्षणमा पार्टीको केन्द्रीय सदस्य÷संविधान सभा सदस्य बन्द्री पाण्डे, संविधा सभा सदस्य रामहरी खतिवडा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोख्रेल, प्रमोदहरी गुरागाई, मदनप्रसाद कट्टेल, राजु नेपाल, छन्दबहादुर पहराईमगर, स्थानीय स्वायत्त शासन विज्ञ नहकुल के.सी. लगायतले पार्टी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको समन्वय तथा सहजीकरण जिल्ला पार्टी र नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको पार्टीको जिल्ला सभापति अमरसिंह पुनले बताउनुभयो ।
नीति अनुसन्धान कार्यक्रममा नेपाली कांग्रेस पार्टी रोल्पा जिल्लाको संस्थापक सभापति सुरेन्द्र हमाल, पूर्व संसद लेखनाथ आचार्य, पार्टीको वर्तमान उप सभापति किशोर कुमार आचार्य, नेपाल महिला संघ रोल्पा जिल्लाको अध्यक्ष पुष्पा श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, उपाध्यक्ष देवी गुरुङ, संस्थाप अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर, प्रेस युनियन रोल्पाको अध्यक्ष लोकेन्द्र चन्द, नेपाल विद्यार्थी संघ रोल्पा जिल्लाको अध्यक्ष शेर बहादुर थापा लगायतका सरोकारवाला निकायहरुको सहभागीता थियो भने नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान रोल्पा जिल्ला सचिव दामोदर प्रसाद सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

You may also like