“जनताको परीक्षामा मिडिया पास भएन भने मिडिया नै रहन सक्दैनन् ।”

–वर्षमान पुनमगर
–ऊर्जा, जलश्रोत एवं सिचाई मन्त्री


यस जिल्लाको पत्रकारिता र सफल व्यवासायको पहिचान बोकेको रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशक÷सम्पादक मानसिंह विश्वकर्मा हुनुहुन्छ । लामो समय मेहनत, लगनशिल्ता र परीश्रमबाट आज पत्रिकाको छपाईका लागि अपसेट प्रेस छ । मैले नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई सोधेँ, यो भवन मानसिंह विश्वकर्माको हो कि पत्रिकाको हो ? भनि सोधेँ । उहाँहरुले पनि यो भवन मानसिंह विश्वकर्मा होइन पत्रिकाको भवन हो, भन्नुभयो । मैले भनेँ त्यसो हो भने ठीकै हो, संघीय सरकार नेपाल उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको मन्त्री, ५ नंं. प्रदेश सरकार नेपाल आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कुल प्रसाद के.सी, प्रतिनिधि सभा सदस्य तथा पूर्व सभामुख ओनसरी घर्ती, ५ नंं प्रदेश सभा सदस्य दिपेन्द्र पुन, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढासहितका अतिथिहरुले उद्घाटन गर्नु राम्रो कुरो हो । त्यसैले यो कार्य सबैका लागि प्रेरणाको स्रोत बनोस् । मोफसलमा बहु उपयोगी भवन बन्ने वातावरण सिर्जना गर्दा मलाई धेरै खुसी लागेको छ । आगामी दिनमा पनि सफलताको शुभ कामना व्यक्त गर्दछु । अन्य साथिहरुले पनि उहाँबाट प्रेरणा लिनु हुनेछ भन्ने मेरो विश्वास छ ।
जहाँसम्म पत्रकारिताको विषय आफैमा जटिल विषय पनि हो । समाजको विकाससँगै हरेक विकासहरु जटिल्ता नै हुन्छन । जटिलताबाट सरलतामा लिनु नै महान्ता हो । राजनीति शुरुमा सरल थियो । तर, अहिले राजनीतिमा कसले प्रभाव पार्छ थाहा नै हुँदैन । यतिसम्म राजीति जटिल भयो कि विश्वको शक्तिशाली राष्ट्र अमेरिका हो । यसको विकासमा रुसले हस्तक्षेप गरेपछि त्यहाँ ठूलो विवाद सिर्जना भएको छ । अमेरिकाको चुनावमा रसियनहरुले हस्तपेक्ष गरी जिताउँछन् । विश्वका विकासित राष्ट्रहरुको राजनीति उच्च प्रतिस्पर्धा छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको चुनाव कस्तो होला ? यहाँको मिडिया, उद्योगी, व्यपारी, सामाजिक आन्दोलन, छिमेकी राष्ट्रहरुले नै प्रभाव पारी रहेका छन् । त्यसैले राजनीति कति जटिल होला ? मैले उदाहरणको रुपमा पत्रकारितालाई लिन खोजेको कि यो विषय पनि एक जटिल विषय हो । शुरुका दिनमा सरल थियो ।
तर, अब त विज्ञापन दिने निकायले नेपालको पत्रकारितामा प्रभाव पार्दछ । विज्ञापन नदिएपछि यो समाचार लेख्दैन भन्ने पनि छ । पत्रिकाको तर्फबाट जिल्लाका १० ओटै स्थानीयतहहरुलाई प्रशंसा पत्रले सम्मान गरियो । पूर्ववक्त प्रेस काउन्सिल नेपाल कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संकेत गरी सक्नु भएको छ । स्थानीयतहका प्रमुख÷अध्यक्षहरुले विज्ञापन दिनु हुन्छ, अनि समाचार लेख्दा कसरी सन्तुलन हुन्छ होला ? स्थानीयतहको विभिन्न गतिविधिमा समाचार लेख्दा विज्ञापन आउँदैन, विज्ञापन मात्र लिएर समाचार बन्दैन अनि पत्रिका नै रहँदैन । अनि पत्रिका नै नरहे विज्ञापन कहाँ राख्ने ? सन्तुलन कसरी हुन्छ ? कसले प्रभाव पार्छ ? यहाँ सुरक्षा निकायहरु हुनुहुन्छ, उहाँहरुको विषयमा समाचार लेख्दा असुरक्षाको खतरा । प्रमुख जिल्ला अधिकारी लगायतका प्रशासकहरुको विषयमा समाचार लेख्दा के होला ? यसै गरी ठूला–ठूला ठेक्कदारहरुको विषयमा समाचार लेख्दा के होला । निर्माण व्यवसायीहरुको विषयमा समाचार लेखेकै कारण विज्ञापन नपाए के होला ? फेरी समाचार लेख्नै पर्ने । भन्नु पर्दा पत्रकारिता धेरै जटिल बन्दै गएको छ । समाजको विकाससँगै हरेक क्षेत्रमा जटिल्ता भएकै छ । जटिल्ताको बीचमा हामीले सरल्ता खोज्दै आफ्नो स्वतन्त्र, स्वाभिमान बनाउँदै काम गर्ने हो । अहिले हरेक क्षेत्र प्रतिस्पर्धा पनि छ र जटिलता पनि छ । विगतमा छापा मिडियाहरुसँग टेलिभिजन आए । पछिल्लो समयमा विकास क्रमसँगै मल्टि मिडियाहरु पनि सञ्चालनमा छन् । हेर्न, सुन्न मिल्ने र सल्लाह सुझाव पनि मिल्ने । शुरुवातमा पत्रकारले समाचार लेख्यो कि सकियो भन्ने थियो । पछि अक्षरको विश्वास नभएपछि फोटो अनिवार्य भयो । टेलिभिजन सञ्चालनपछि विश्वासनीयताका लागि अक्षर, फोटो, फिल्ड गतिविधिहरुलाई पनि समावेशले विश्वासको वातावरण सिर्जना भएको छ । फोटो राख्छ, मान्छेले अन्तरक्रिया व्यवस्था छन् । कहिले काँही भिडियो अर्काे सन्दर्भमा राख्दिन पनि सक्ने भयो । कुनै ठाउँको फोटो राखेर पनि समाचार तयार हुन सक्ने भयो । खास गरी अहिले मिडिया जनताको हातमा आएको छ । जनताले प्रतिक्रिया, लेख्न, बोल्न, अन्तरक्रिया गर्ने मिल्ने भई सकेपछि एक खालको जनताको सहभागितामूलक वातावरण सिर्जना भएको छ, यो राम्रो पक्ष हो । ठूला–ठूला मिडिया हाउसहरुलाई प्रभाव पर्ने भनेको सामाजिक मिडियाहरु नै हुन् । विकास क्रमसँगै हरेक मानिस पत्रकार भयो । व्यवसायीक रुपमा पत्रकारिता गर्ने पत्रकार न्यून संख्या भएपनि नागरिकहरुले समाचार फेस बुकमा आएको थियो भन्ने छ । जनताले फेस बुक, टुइटर, सहितका अन्य सामाजिक सञ्जालमा आएका कुराहरुलाई समाचार मान्ने प्रचलन विकास भएको छ । यस जिल्लाका एक जना शिक्षकले फेस बुकमा दैनिक गतिविधिहरु पोस्ट गर्दै आउनुभएको हुन्छ । उक्त पोस्टहरु मैले पनि हेर्छु । तर, दैनिक १०÷११ ओटा क्रियाकलापहरु भयो भन्दै पोस्टा गर्दा रोल्पा जिल्लामा धेरै गविधिहरु सार्वजनिक हुन्छन् । त्यसैले अहिले मिडिया जनताको हातमा आएको छ । यसले हरेक क्षेत्रमा राम्रो गरेको छ । कुनै पनि नयाँ चिज आउँदा अलि अराजक्ता हुन्छ । शुरु शुरुमा दलिय व्यवस्था आउँदा अराजक्ता थियो । एक दल र अर्काे दलको कार्यकर्ता बीचमा बोलचाल पनि हँुदैन थियो । तर, आज दलमा आवद्व हुनु भनेको आफ्नो आस्था हो । फरक–फरक दलका नेता कार्यकर्ता बीचमा बोलचाल, सामाजिक विकासमा एक ठाउँ, व्यपार व्यवसायीमा सहकार्य समन्वय गर्दै आएको अवस्था हो । मिडिया पनि शुरु शुरुमा आउँदा एक प्रकारको अवस्था थियो । तर, अर्काेतिर गयो । अहिले समाजिक मिडियाहरुको विकृति छ । त्यहाँ केही लेख्दै गर्दा व्यक्तिको ज्यान जाने, भोलिनै व्यवसाय नै डुब्ने, भोलि नै व्यक्तिको अस्तित्व नै सकिन्छ । तर, फेरी त्यसलाई व्यवस्थित नै गर्नु छ । कुनै नयाँ चिज आउँदा नयाँ व्यथिति सहित आउँछ । मिडिया रुपान्तरण, विकास, कुनै क्षेत्रको सेवा रुपान्तरण, शुरु दिनमा संघीयता आउँदा हामी हाकार आए जस्तो भएको थियो । तर, गत वर्षदेखि विस्तारै व्यवस्थापन हुँदै छ । किन कि हामी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुमा हामी अनुकुल हुँदै आएको स्थिति हो । भन्दा मान्छेले नयाँ काम राम्रो हो । तर, नयाँ काममा केही नयाँ अराजक्ता हुन्छन् । त्यसैले हामी मिडियासँग डराउने होइन कि व्यवस्थित गर्ने हो । जनतालाई सुसुचित गर्ने, जनतालाई ज्ञान बाढ्नका लागि सकरात्मक रुपले गरौं भने देशको विकासका लागि एक महत्वपूर्ण साधन बन्न सक्छ । त्यसैले मिडियाहरुलाई साधनको रुपमा विकास गर्न जरुरी छ ।
दुनियाँभरि मिडियालाई राज्यले प्रोत्साहन ग¥यो । ति राष्ट्रहरुमा विकास तीव्र रुपमा भएको छ । भने जुन राष्ट्रमा मिडियालाई प्रतिस्पर्धि वा विकासको बाधक ठानियो । त्यस्ता राष्ट्रहरु विकासको दृष्टिकोणले पछाडि परेका छन् । जसको प्रभाव समाज विकासमा समेत पर्दछ । गतिशिल समाजमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाले नै गतिशिल्ता ल्याउँछ । त्यस अर्थमा हामीले स्थापना गरेको लोकतन्त्र व्यवस्थामा सहभागिमूलक, समावेशीमूलक लोकतन्त्र हो । मिडियाले प्रश्न गर्न पाउनु पर्छ । मिडियालाई पनि प्रश्न गर्न पाउनु पर्छ र जनताभन्दा माथि कोही पनि हुँदैनन् । देश र जनताको स्वार्थभन्दा माथि कोहीको पनि स्वार्थ हुँदैन । जनताको स्वार्थमा बाधा पुग्ने काम मिडियाहरुले गर्नु हुँदैन । राष्ट्रिय स्वाधिन्ता, अखण्ड, एकता, सद्भाव कम्जोर बनाउने गरी मिडियाले काम गर्नु हुँदैन । बाँकी कुरा लेख्ने, बोल्ने, समाचार लेख्न, समाचार वाचन गर्ने शैलि आ–आफ्ना हुन्छन् । अन्ततः जनताभन्दा माथि कोही पनि हुँदैन । मिडियाको गुणस्तर, प्रभावकरीता जनताले नै हेर्छन् । मिडियाको निश्पक्षता, सत्यता जनताले बुझ्छन् । कतिपय सनशनीपूर्ण घट्नाहरु प्रस्तुत गर्ने मिडियाहरु पनि जनहितमा नहुँदा दीर्घकालीन सञ्चालन हुँदैनन् । के कारणले भन्दा यो खुल्ला समाजमा जनता शिक्षित, प्रशिक्षित, सही र गलत छुट्याउन सक्ने समाज भएको छ । त्यसैले मिडियाहरु पनि परीक्षाको घडीमा हुन्छ । जनताको परीक्षामा मिडिया पास भएन भने मिडिया नै रहन सक्दैनन् । त्यस कारण मिडियाले लेख्दा ध्यान दिनुपर्ने अवस्था छ । अहिले राजनीतिक, भ्रष्टाचार, मनरोञ्जन यस्ता यस्ता समाचार विक्रि हँुदै जान्छन् । सबभन्दा बढि विक्रि हुने समाचार राजनीति । नेताहरुलाई सम्बन्धि समाचार धेरै चर्चा हुन्छ । हाम्रो नेपाली समाज राजनीतिकरण छ । त्यस कारण हामी नेताहरुले गालि, तालि पचाइ पनि सकेयौं । धेरै पुरानो पत्रकार किशोर श्रेष्ठ मेरो प्रशंसा गर्ने पत्रकार हुनुहुन्छ । उहाँले कुनै पनि शक्तिको प्रभाव नपरी खोजमूलक, फिचर समाचारहरु बढि लेख्नु हुन्छ । धेरै पटक मेरा राम्रा कामको समाचार लेख्नुभयो, त्यो बेला मलाई खुसी लाग्छ । तर, उहाँहरुको गुणस्तरीयतालाई समर्थन गर्दै आएको छु । पहिलो पटक भुकम्प गएको समयमा सिन्धुपाल्चोक र दोस्रो पटक यहाँ आउँदा सँगै प्लेनमा आयौं । तर, मैले उहाँलाई ३० वर्षदेखि परिचित छांै । त्यसैले यस्तो नेता र पत्रकारको सम्बन्ध उचित हो, कि भन्ने मलाई लाग्यो । मेरो विषयमा उहाँले लेखेको समाचार प्रति मैले कहिल्यै पनि फोन गरी धमक्याउने गरेको छैन । उहाँले पनि मैले हजुरको विषयमा समाचार लेखे भन्नु भएको छैन । यस्तो प्रकारको नेतृत्व, पत्रकार, समाज बीचमा केही सन्तुलन पनि कायम हुन्छ होला जस्तो लाग्छ । म को हुँ भन्ने कुरा समाजले हेरी रहेको हुन्छ । मैले तपाई सबै पत्रकारहरुले लेखेको विषयमा कुनै टिका टिप्णी गर्दै आएको छैन । एउटै मात्र मिडिया पनि छैनन्, अहिले धेरै मिडियाहरुको विकास भएको छ । नेतृत्व पनि धेरै छौं । त्यसैले म सहितका नेतृत्वलाई हेर्ने दृष्टिकोण पनि फरक फरक छ । समग्र रुपमा हामीलाई नेतृत्वहरुलाई जनताले हेरी रहेका छन् । त्यसैले हामी नेतृत्वहरुले गाली, ताली बचाइ सकेयांै । तर, एउटा पत्रिकाको सम्पादकको विषयमा अर्काे पत्रिकाले सम्पादक लेख्दा पचाउन धेरै कठीन भएको सत्य घट्ना हो । पत्रकारिताको शक्ति धेरै हुन्छ, जसले गर्दा सम्पादकलाई पनि बचाउन गाह्रो हुँदो रहेछ । सम्पादकले अरुलाई लेख्दासम्म आनन्द आउँछ । तर, सम्पादकलाई अर्काे सम्पादकले लेख्दा बचाउन गाह्रो हुने । अहिले हात हातको फेसबुक, टुइटर सहितका अन्य सामाजिक सञ्जाल मिडियाले यति चोट दिन्छ कि कुरा गरी साध्य छैन । तर, जिल्लाको पत्रकारिता क्षेत्रमा यस जिल्लाका पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
आजै मात्र यस जिल्लाको १५६ मेगावाट माडी जलाश्ययुक्त योजनाको सर्वेक्षणका लागि कार्यालय उद्घाटन भयो । सुनिल स्मृति गाउँपालिका १ नं. वडा घोडागाउँको हरिगाउँमा योजनाको सर्वे शुरु भयो । मौसमको कारण हामी त्यहाँ पुग्न सकेनौं । त्यहाँ पावर चाइनको प्रतिनिधि, इचआइडिका सेलका सियो, विद्युत उत्पादन तथा लगानी कर्ताका प्रमुख कार्यकारी सहितको टिम सहभागिता थियो । त्यसले १५६ मेगावाट भन्दा यो प्रदेशको सबैभन्दा ठूलो आयोजना हो । यस प्रदेशमा जल विद्युत आयोजनाको न्यून सम्भावना छ । धेरै उपयुक्त क्षेत्र भनेको राप्ती नै हो । राप्ती जलाधारमा १४ ओटा विद्युतका आयोजनाको सम्भावना छन् । १४ मध्ये राम्रो आयोजना यो हो । दोस्रो आयोजना मुरमुरे सहितका आयोजना छन् । यस आयोजनाले खास गरी विद्युत उत्पादन हुने भयो । भने यसबाट निस्किएको जम्मा पानीलाई दाङमा दाइभर्सन गरी माडी दाङ दाइभर्सन सिंचाई विभागले काम गरी रहेको छ । त्यसको थप अध्यायन भई रहेको छ । उक्त दाइभर्सनबाट ५६ हजार हेक्टर जमिनमा सिंचाईको व्यवस्था हुन्छ । साढे १३ किलो मिटरको रिजर्भ बन्ने भएको हुँदा पर्यटन पूर्वाधार रुपमा काम गर्ने छ । साथै यस आयोजनाको प्रभावित स्थानीयहरुले माछा पालन सहित अन्य उत्पादनको काम गर्न सक्छन् । यस जिल्लामा आर्थिक र रोजगारको वातावरण सिर्जना गर्ने कुरा पनि छन् । त्यसैगरी प्राकृति स्रोतमा संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, स्थानीय सरकारले २५ प्रतिशत रोयल्टिको बाँडफाड हुन्छ । आयोजना सम्पन्न पश्चात् यस जिल्लाका स्थानीयतह र यस प्रदेशलाई पनि प्रर्याप्त स्रोतको व्यवस्था हुने मेरो विश्वास छ । हामीले नुवाकोट, रसुवा, रामेछाप, दोलखामा हे¥यौं विद्युत आयोजना र पर्यटन क्षेत्रभएको हुँदा करोडौं करोडौं रोयल्टि छ । त्यसो भएको हुँदा यस जिल्लाको आयोजनाको पनि सम्भवाना धेरै छ । एउटा कम्पनीले यस जिल्लामा ५० मेगावाटको सोलार राख्छौं भनेको छ । यसका लागि आवश्यक जमीनको व्यवस्था भएको खण्डमा मलाई जानकारी गर्नु होला । एक मेगावाटका लागि २ विगाह जीमन आवश्यक पर्दछ । सोही अनुसार १ सय विगाह जमिनको व्यवस्थाका लागि स्थानीयतहहरुलाई अनुरोध गर्दछु । यसको लागि धेरै सम्भावना भएको रुन्टीगढी गाउँपालिका विभिन्न ठाउँहरु हुन् । हामीले सोलर ६ सय मेगावटको लाइसेन्स वितरण गरी सकेका छौं । यस जिल्लामा यसै वर्ष विद्युतिकरण गर्दै छौं । भने देशभरिका बाँकी जिल्लाहरुमा २ वर्षमा पु¥याउने लक्ष्य तय गरेका छौं । यस वर्षमा ४० ओटा विभिन्न जिल्लाहरुमा विद्युतिकरण गर्दैछौं । सात लाख ग्राहकहरुले पनि १० युनिटभन्दा कम विद्युत प्रयोग ग्राहक छन् । २० युनिट विद्युत प्रयोग गर्ने ग्राहक १७ लाख छन् । सात लाख ग्राहक परिवारलाई निःशुल्क गर्ने भन्ने छलफल अगाडि बढाएका छौं । विद्युतिय १ सय युनिटसम्म विद्युतिय चुलो प्रयोगकर्ताहरुलाई पनि न्यूनदर शुल्क विद्युत उलब्ध बनाउने तयारीमा छौं । सरकारको समृद्ध योजनामा हामी सबै सहभागि बनौं । खासगरी राम्रोलाई प्रोत्साहन गर्ने नराम्रोलाई निरुसाहितका लागि मिडियाहरुले वातावरण सिर्जना गर्नु पर्छ, जसले नेपाल शुसासन र विकसतिर अगाडि बढ्न सक्छ भन्ने मेरो विश्वास व्यक्त गर्दछु । धन्यवाद ।
रोल्पा समाचार साप्तहिकको १४ वार्षिकोत्सव एवं नव निर्मित भवन उद्घाटन
समारोहमा व्यक्त शुभकामना मन्तव्यको पूर्णपाठ
२०७६ साल माघ २ गते कार्यकारी सम्पादक रेशम विश्वकर्माले तयार पार्नुभएको मनतव्यको पुर्णवाठ

You may also like