तिलक परियारलाई प्रदेश प्रमुखबाट बर्खास्तको विरोधमा राेल्पामा विराेध सभा

तिलक परियारलाई प्रदेश प्रमुखबाट बर्खास्तको विरोधमा राेल्पामा विराेध सभा
फागुन १० गते

This image has an empty alt attribute; its file name is d1-1024x473.jpg


संघीय सरकारले २ नं. प्रदेशको प्रदेश प्रमुखबाट बर्खास्त गरेको विरोधमा नेपाल दलित मुक्ति संगठन रोल्पाले आज लिबाङमा विरोध सभा सम्पन्न गरेको छ । प्रदेश प्रमुखबाट परियारलाई बर्खास्त गरेको विरोधमा केन्द्रीय संगठनले चरणवद्व विरोधको कार्यक्रम तय समेत गरेको छ ।
सभाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य एमव् जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगरले संघीय सरकारको प्रधानमन्त्री खद्क प्रसाद शर्मा ओलीलाई वर्षाैसम्म उत्पादनमा पारिएका दलित समुदाय राज्य सत्ताको जिम्मेवारी रहेको देख्न नसकेर नै २ नं. प्रदेश प्रमुख तिल परियारलाई जिम्मेवारीबाट बर्खास्त गरेको बताउनुभयो । उहाँले प्रदेश प्रमुख जिम्मेवारीबाट परियारलाई बर्खास्तले ब्राह्मण चिन्तन अझै अन्त्य हुन सकेको पुष्टि भएको दाबी गर्नुभयो । महान जनयुद्वको जंगमा विभिन्न ठूला–ठूला आन्दोलनको दबाबको कारण ब्राह्मण चिन्तिको अन्त्य भएपनि अझै पनि व्यवहारिक रुपमा ब्राह्मण चिन्तन कायम रहेकोले सक्रिय रुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । प्रधामन्त्री ओली संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको भावना विपरित असंवैधानिक कदम प्रधिनिधिसभा विघटन गरेर अगाडि बढ्ने जुन प्रयास भएकोले असंवैधानिक कदम रोक्नको निम्ति परिवर्तनकारी शक्तिहरु एक जुट भई अगाडि बढ्न अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एमव् नेपाल दलित मुक्ति संगगठन लुम्बिनी प्रदेश संयोजक कर्मलाल परियारले विरोध सभालाई सम्बोधन गर्दै भन्नुभयो,‘संघीय लोकतान्त्रिक गणतन्त्रको भावना अनुसार २ नं. प्रदेश सरकारको प्रमुख जिम्मेवारी तिलक परियारलाई दिएको थियो तर म प्रधानमन्त्री खद्क प्रसाद शर्मा ओलीको असंवैधानिक कदम प्रदेश प्रमुखको जिम्मेवारीबाट बर्खास्तप्रति म घोर निन्दा व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र यहि हो ? समानुपातिक समावेश व्यववस्था यि हो ? यो कदापी हुन सक्दैन । सम्पूर्ण दलित समुदायको प्रतिनिधित्व गर्दै प्रदेश प्रमुख जस्तो गरिमामय जिम्मेवारीबाट तिलक परियारलाई बर्खास्तले आज आम दलित समुदायलाई निराश बनाएको छ तर हामी निराशलाई शक्तिमा बदलेर संघर्षमा उत्रिएका छौं । जब प्रधानमन्त्री ओलीबाट यो प्रतिगमन कदम नसच्याएसम्म संगठन चरमवद्व आन्दोलनमा उत्रिन्छ ।’ उहाँले प्रधामन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा सक्रिय भूमिकाको निम्ति अपिल गर्नुभएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका कमिटीको अध्यक्ष फविन्द्र आचार्य, नेपाल, प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशको संयोजक एवम् दलित अधिकारकर्मी मानसिंह विश्वकर्मा लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो । जिल्लाको दश वटा स्थानीय तहबाट दलित नेतृत्व सहित सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । नेपाल दलित मुक्ति संगठन रोल्पा जिल्ला संयोजक तुल्सि सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह संयोजक झुक्कु प्रसाद परियारले गर्नुभएको थियो ।

You may also like