दलित र ग दलित समुदायको बीच जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेउघा रोल्पा
असार ११ गते,
“खुसि नगर समृद्व नगरबासिको शान, छुवाछुतमुक्त नगर हाम्रो” अभियान भन्ने मुल नाराका साथ आज रोल्पा नगरपालिका–२ नं वडा रेउघामा जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि दलित तथा गैर दलित समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले वडालाई निकट भविष्यमा जातिय छुवाछुत तथा बालघरे प्रथामुक्त घोषणाको सुरुवाति अभियान थालनी भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रोल्पाको सदस्य कर्मलाल परियारले दलित समुदायहरूको निम्ति नेपालको संविधानमा धेरै अधकारको व्यवस्था छ, अब संविधानको प्रभावकारि कार्यन्वयन गर्नुपर्ने जोड दिनुभयो । मानिस मानिस बिचमा फुटाउ र राज गर नीति अनुसार कामको आधारमा जातको विभाजन गरि नेपाली सामाजमा बढ्दो जातिय छुवाछुत कुप्रथा अन्त्य गरि सभ समाज निमार्ण गर्नुपर्ने बताउनुभयो । विशेष गरी जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्तको निम्ति थप सहयोग पुग्ने भएको हुँदा दिलत समुदायहरूलाई सक्रिय बन्न प्रमुख अतिथि परियारले अनुरोध गर्नुभयो । बालिघरे प्रथाले नै दलित समुदायहरूको जीवन स्तर परिवर्तन हुन नसेकेको अवस्थामा अब दलित समुदायहरूको जीवन स्तर परिवर्तनको निम्ति बालिघरे प्रथामुक्त गर्नुपर्ने जोड दिनुभयो । जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्तको निम्ति वडामा दलित र गैर दलित समुदायमा बीच व्यवपाक अन्तरक्रिय छलफल गरी अगाडि बढ्न अनुरोध गर्दै आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने  समेत उहाँले बताउनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि एवं साविक लिबाङ गाविस पूर्व उपाध्यक्ष खडकबहादुर सिंह ठकुरी, रोल्पा नगरपालिका–१ वडा दलित महिला सदस्य गायत्रि बि.क, २ नं वडा दलित महिला सदस्य रामी परियार, ४ नं वडा दलित महिला सदस्य दिलमाया बि.क, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारि सम्पादक रेशम बि.क, गैर दलित समुदायको प्रतिनिधि दिलबहादुर घर्तीमगर लगायतका अतिथिहरूले मनतव्य राख्नुभयो । कार्यक्रमका वक्ताहरूले जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्ति सम्बन्धि आगामि दिनमा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्ने जोड दिएका थिए । रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा दलित र गैर दलित समुदायहरूको सहभागिता थियो । दलित अधिकार मञ्च रोल्पा नगरपालिका रोल्पाको अध्यक्षमा खड्कलाल पाटदेउटि विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अविनाश विश्वकर्माले गर्नुभएको िथयो भने स्वागत साविक दलित सञ्जालकि कोषाध्यक्ष नन्दा नेपालिले गर्नुभएको थियो ।

You may also like