गंगादेव गाउँपालिमा ५० जना असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री सहित पोशाक वितरण

गंगादेव गाउँपालिमा ५० जना असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री सहित पोशाक वितरण
असोज २७ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is g5.jpg

रोल्पा, गंगादेव गाउँपालिकाले ५० जना असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण कार्यक्रम आज सम्पन्न भएको छ । यस सहयोगले ति असहाय विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग पुग्ने भएको छ ।
यस गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले ५० जना असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशक वितरण गर्नुभएको हो । उहाँले असहाय विद्यार्थीलाई अध्ययनमा उत्साहितका लागि शैक्षिक सामाग्री गाउँपालिकाले सहयोग गरेको बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो मात्रा लगानी गरेको हुँदा शैक्षिक गुणस्तर बनाउनु पर्ने उहाँको धारणा थियो ।

This image has an empty alt attribute; its file name is g-1.jpg

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रिता घर्ती, शिक्षा शाखा प्रमुख शेर बहादुर डाँगी, शिक्षक महासंघका अध्यक्ष धर्म बहादुर डाँगी, विद्यालयका प्रधानाध्यापक, असहाय विद्यार्थीको उपस्थिति उपस्थिति थियो । प्रत्येक विद्यार्थीलाई १÷१ सेट पोशाक, १÷१ वटा न्यानो सुरुवाल, १÷१ दर्जन कापी र पेन, ज्यामिती बक्स १÷१ वटा झोला गाउँपालिको वितरण गरेको हो । उपस्थिति नभएका बालबालिकाको शैक्षिक सामाग्री सम्बन्धित विद्यालयका प्रधानध्यापकलाई जिम्मा दिएको गाउँपालिका प्रेस संयोजक अशोक वली ‘परिवर्तन’ले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is g2-1.jpg

गाउँपालिकाबाट शैक्षिक सामाग्रीको व्यवस्थाले असहाय विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिकाको प्रेस संयोजक अशोक वली ‘परिवर्तन’ले गर्नुभएको थियो ।

You may also like