थबाङ गाउँपालिका राेल्पामा आरडिटी परीक्षण भएका ४१ जनाको नेगेटिभ रिपोर्ट

थबाङ गाउँपालिका राेल्पामा आरडिटी परीक्षण भएका ४१ जनाको नेगेटिभ रिपोर्ट

विमलराज डाँगी
जेठ ३०, रोल्पा थबाङ ।

थबाङ गाउँपालिकाले ¥र्यापिड टेस्ट (आरडिटी) परीक्षण भएका ४१ जनाको रिपोर्ट नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित नभएको रिपोर्ट आएको छ । गाउँपालिकाले आरडिटी परीक्षणलाई विशेष प्राथमिकता दिएको छ ।
यस गाउँपालिकामा छिमेकी राष्ट्र भारत घर फर्किएकाहरु क्वारेन्टाइनमा बसेका १६ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । छिमेकी राष्ट्र भारताको विभिन्न क्षेत्रबट घर फर्किएका मानिसहरु बराह क्षेत्र प्राथमिक विद्यालय छेर्लाबाङको क्वारेन्टाइनमा रहेका थप ११ जनाको शुक्रबार आरडिटी परीक्षण पनि नेगेटिभ रिपोर्ट आएको हो । यस महिनाको १४ गते यता भारतबाट आएका १० जना र दाङबाट आएका १ जना सहित ११ जनाको जलजला अस्पताल तथा अनुसुन्धान केन्द्र थबाङमा कार्यरत अ.हे.व राजकुमार बुढा र ल्याव असिन्टेट सुनिज खाम मगरको टोलिले ¥यापिड आरडिटी परीक्षण गरिएको थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले बताउनुभयो । हामीले भारतबाट आएका मध्ये ६ जनाको यस महिनाको १२ गते आरडिटी परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको छ । उच्च जोखिम देखिएको क्षेत्रबाट आएका नागरिकहरुको आरडिटी परीक्षण समेत गाउँपालिकाले गरेको छ । बिहीबार मात्रै दाङ र बर्दिया जिल्लाबाट घर फर्किएका १२ जनाको रिर्पोट पनि नेगेटिभ आएको छ । १४ दिनको क्वारेन्टाइन बसाई पश्चात् ¥यापिड टेस्ट आरडिटी परीक्षण गरेर घर पठाएर केही दिन होम क्वारेन्टाइनमा तथा सेल्फ क्वारेन्टाइनको व्यवस्था गाउँपालिकाले गरेको छ । गाउँपालिकामा अहिलेसम्म ४१ जनाको आरडिटी परीक्षण गरिएको र संक्रमणको सम्भाव्यता भएको खण्डमा थप आरडिटी परीक्षणको तयारी भएको छ । आरडिटी टेस्टले शरिरमा भएको एंटीबडी क्षमताले भाइरससँग लड्ने क्षमता भए नभएको रिर्पाेट देखाउने गरेको स्वास्थ्य संयोजक पुनले बताउनुभयो ।
त्यसैगरी सोही दिन थबाङ गाउँपालिका–५ नं. वडा कार्यालय उवा रोल्पाले राहात वितरण गरेको छ । वडा नं ५ ठुलोगाउँ उवाले आजबाट आफ्नो वडामा रहेका नागरीकहरुलाई राहात सामाग्री वितरण मापदण्ड अनुसार २३ घर परिवारलाई खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष गोवद्धन घर्ती मगरले बताउनुभयो ।
यस वडाको छलफल परामर्ष गरेर राहात वितरणको लागि क–कस्लाई वितरण गर्ने भन्नेमा छलफल गरेर लिस्ट तयार गरेर राहात वितरणको लागि परिवारहरुको नाम सूची गाउँपालिकामा पठाए अनुसार गाउँपालिकले राहात वडा पठाएको थियो । वडाका वडा सदस्य, कर्मचारी , प्रहरी, स्वास्थ्यकर्मी, युवाहरुको समूह सबै मिलेर आज नागरीकलाई राहात सामाग्री वितरण मापदण्ड अनुसार खाद्यान्न वितरण गरेका छौ वडा अध्यक्ष घर्तीले भन्नुभयो । वडामा बसोवास गर्ने नागरिकहरुमध्ये २३ घरपरिवारलाई राहात वितरण गरेका वडा सचिव सुमन पुन मगरले जानकारी दिनुभयो । उहाँले परिवार सख्याको आधारमा वडा कार्यालयबाट एकदेखी दुई जनासम्मको परिवारलाई प्रतिपरिवार २१ किलो चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुनका दरले वितरण गरिएको हो । ३ जनादेखी ५ जनासम्मको परिवारलाइ ३० किलो चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुन र ६ जना भन्दा बढी परिवार संख्या भएका परिवारलाई ३७ किलो ५०० ग्राम चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुनका दरले करिव ७०० किलो चाम , ९२ किलो दाल, २३ लिटर तेल र २३ किलो नुन वितरण गरिएको हो । विश्व कोरोना संक्रमणबाट आक्रान्त परिरहेको समयमा थबाङ गाउँपालिकाले गरीव, जेहेन्दार, अपाङ्ग, आफ्ना नागरिकलाई गाउँपालिकाले राहात वितरण गर्न सुरु गरेको छ ।

You may also like