राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रोल्पाको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः भरत नेपाली

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रोल्पाको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः भरत नेपाली
फागुन २५ गते

‘सफल पत्रकारको आधार, निष्पक्ष समावेशी समाचार’ भन्ने मुल नारा सहित राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रोल्पाको ऐतिहासिक जिल्ला सम्मेलन आज लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशको सल्लाहकार एवम् प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशको संयोजक मानसिंह विश्वकर्मा, दलित महिला सचेतन केन्द्र (ड्वाक) नेपाल रोल्पाको अध्यक्ष रेखा सुनार, दलित संयुक्त जनअधिकार मञ्च रोल्पा नगरपालिका ६ नं. वडा कोटगाउँको संयोजक धनसिंह विश्वकर्मा लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो ।
नव कार्य समितिमा भरत नेपालीको अध्यक्षतामा १३ सदस्य निर्वाचित भएको छन् । कार्य समितिको उपाध्यक्ष पूर्ण सिंह विश्वकर्मा, सचिव रेशम बि.क, सह सचिव टेक बहादुर वि.क, कोषाध्यक्ष शर्मिला बि.क, सदस्यहरु जमानसिंह बि.क, राजेश नेपाली, दिपक बि.क, दिनेश बि.क, खुम बहादुर सुनार, दिपा परियार, निशा सुनार र सीता सुनार चयन हुनुभएको छ । राष्ट्रिय दतिल पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रोल्पाको अध्यक्ष भरत नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रेशम बि.क.ले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष टेक बहादुर बि.क.ले गर्नुभएको थियो । नव निर्वाचित कार्य समितिको पहिले कार्य समितिको बैठकले सम्मेलनमा आमन्त्रीत प्रमुख अतिथि, अतिथि र सहभागीहरुलाई धन्यवाद व्यक्त गरेको छ । साथै राष्ट्रिय दलित पत्रकार संघ नेपालको राष्ट्रिय सम्मेलन वुटवलमा आयोजित भएको हुँदा जिल्ला कार्य समितिबाट अध्यक्ष भरत नेपाली, सचिव रेशम बि.क वा सह सचिव टेक बहादुर बि.क र कोषाध्यक्ष शर्मिला बि.क.लाई पठाउने निर्णय पारित भएको अध्यक्ष भरत नेपालीले बताउनुभयो ।

You may also like