ठूलो पार्टी बनाउन कार्याकर्ता सक्रिय बन्नु पर्दछ– बलदेव

रोल्पा समाचार
लिबाङ, रोल्पा
नेकपा माओवदी केन्द्र रोल्पाको आयोजनामा माओवादी केन्द्र समितिका स्थायी समिति सदस्य चक्रमणि खनाल (बलदेव) को प्रमुख आथित्यतामा जिल्ला स्तरीय पार्टी एकता तथा प्रशिक्षण भेला ८ गते बुधबार उद्योग वाणिज्य संघ रोल्पाको हल लिबाङमा सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमका प्रमुख खतिथि एवं नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य चक्रमणी खनाल (बलदेव) ले १० माओवादी घटकहरू बीच भएको पार्टी एकतासँगै नेपालको माओवादी आन्दोलन अव नयाँ तरिकाले अगाडि बढ्ने बताउनु भएको छ । उहाँले माओवादी एकतासँगै आस्थावान जनता र कार्यकर्तामा खुसी र नयाँ जाँँगर पैडा गरेको समेत बताउनु भयो । बुधबार लिबाङमा आयोजित नेकपा माओवादी केन्द्र रोल्पाको जिल्ला स्तरीय पार्टी एकता तथा प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै खनालले माओवादी घटकको फुट व्यवहारिक रूपमा नभई सैद्धान्तिक रूपमा मात्र भएको बताउनु भयो । उहाँले भन्नुभयोः “पार्टीका कार्यकर्ता र आस्थावान सबै एक जुत भएर अगाडि बढे अध्यक्ष प्रचण्डको २ वर्षभित्र पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने योजना असम्भव छैन ।” उहाँले नेपाली जनवादी कम्युनिष्ट आन्दोलन जतिल अबस्थामा रहेकोले नेपाली कम्युनिष्ट आन्दोलनका अभियान्ताले आदर्श र सिद्धान्तका कुरा भन्दा वैचारिक बहससँगै विकास र सम्बृद्धिलाई ध्यान दिनु पर्ने समेत बताउनु भएको छ । जिल्ला स्तरीय पार्टी एकता तथा प्रशिक्षण भेलासँगै पूर्व एकीकृत माओवादी र नेकपा क्रान्तिकारी माओवादी बीच रोल्पामा पनि औपचारिक रूपमा पार्टी एकता भएको हो । दश वर्षे जनयुद्धको समयमा एउटै झण्डा मूनी रहेर राज्यको विरूद्धमा जन सरकार स्थापनाका लागि सङ्घर्ष गरेका विभिन्न धारमा विभाजित माओवादी कार्यकर्ता फेरि एक ठाँउमा आउदा आफूहरू निकै खुसी भएको भेलामा उपस्थित कार्यकर्ताले बताएका थिए । पार्टी एकतासँगै माओवादी कन्द्रेका आस्थावान तथा गाँउदेखि जिल्लासम्मका कार्यकर्ता निकै खुसी छन् । माओवादी आन्दोलनको आधार इलाका रोल्पा नै भएकाले माओवादी आन्दोलन कम्जोर भए रोल्पालीको जन सत्ता स्थापनाका लागि दिएको योगदानको कुनै अर्थ नहुने माओवादी शुभचिन्तकहरूले बताएका छन् । रोल्पामा दुई घटकको एकतासँगै जिल्ला सम्मेलन नहुँदासम्म जिल्ला संयोजकको जिम्मेवारी दिपेन्द्र पुन (सिजल) लाई तोकिएको छ । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक दिपेन्द्र पुन मगर सिजलको अध्यक्षतामा समपन्न पार्टी एकता तथा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पाँच सय भन्दा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आश बहादुर पुन रक्तिमले गर्नुभएको थियो भने कार्यक्रमका सहभागिहलरूलाई स्वागत सुरेन्द्र थापा घर्तीमगरले स्वागत गर्नुभएको थियो ।

You may also like