चिसापानी खानेपानी आयोजना हस्तन्तरण

चिसापानी खानेपानी आयोजना हस्तन्तरण
फागुन २२ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k6.jpg


रोल्पा, चिसापानीे खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम शनिबार माडी गाउँपालिका २ घर्तिगाउँको सिमपानीमा सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका सदस्य मानबहादुर के.सी.ले रेडक्रस सोसाइटीले गरेको कामको प्रशंसा गर्दै आज दुर्गम गाउँ ठाउँमा रेडक्रसले आधुनिक धाराहरु निर्माण भएको र पहिलेको जस्तो खानेपानीको समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले रेडक्रस पहिले आपतकालीन समयमा मात्रै काम गर्ने गरेको थियो भने पछिल्लो समयमा जनताको समस्यामा चासो देखाएर राम्रो विकास कार्य गर्दै आएको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथि माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन मगरले यसरी आफ्नो गाउँपालिकामा आएर नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थानशील परियोजनालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पहिले खोलाको पानी बोकेर खानु पर्ने समस्या थियो भने अहिले घरमै पाइप सहितको व्यवस्थित धारणा निर्माणले गाउँपालिकाको विकासमा इट्टा थप भएको बताउनुभयो । पानीबाट कृषि कार्यमा पनि राहत प्राप्त मिल्ने बताउदै रेडक्रस पहिले पनि आपत विपद्मा राम्रो काम गर्दै आएको र अहिले यसरी सराहनीय कामको लागि सम्पूर्ण नेपाल रेडक्रस सोसाइटी रोल्पालाई उहाँले आभार व्यक्त गर्नुभयो । साथै कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाल रेडक्रस सोसाइटी रोल्पाका पूर्व सभापति तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रय सदस्य नौलोसिंङ पुनमगर र नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डि.बी घर्तीमगर, अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सदस्य भान बहादुर घर्ती, ५ नं. वडा अध्यक्ष भरत बहादुर बुढामगर, २ नं. वडा वडा सदस्य खडक घर्ती, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका अध्यक्ष अम्मर सिङ घर्ती, नेपाली कांग्रेस पार्टी क्षेत्रीय सभापति गोपाल घर्ती, नेपाल रेडक्रस सोसाइटी घर्तिगाउँ शाखा सभापति मान बहादुर घर्ती, नेपाल रेडक्रस सोसाइटी रोल्पाका मन्त्री अम्मर घर्ती, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा कोषाध्यक्ष भिम बहादुर बुढा, नेपाल रेडक्रस सोसाइटी घर्तीगाउँ उपशाखा सदस्य ससिराम बुढा ,बजार व्यवस्थापन समिति घर्तिगाउँका कोषाध्यक्ष मधुसूदन बुढा, होटेल व्यवस्थापन समिति घर्तिगाउँ अध्यक्ष कमल पुन, जेष्ठ नागरिक पन्थराम घर्ती, साझा आधारभूत विद्यालय व्याङ्खोला प्र.अ.आसिराम घर्ती, नेपाल टेलिभिजन रोल्पाका संवाददाता माधवकुमार वली र नयाँ पत्रीकाका सम्पादक नवीन लोचन पुनमगर आतिथ्यता थियो । नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थान्शील परियोजना रोल्पाले माडी गाउँपालिका २ को सिमपानी, पोहर डाँडा, सिरवाली गलङ्पाती तथा पास्था लोसिबाङ टोलमा एक घर एक धारा निर्माण गरेको छ । साथै आजदेखि उक्त खानेपानीको उद्घाटन तथा उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको हो । आयोजना रु २१ लाख ६५ हजार ९ सय ७५ रुपियाँमा ६० धारा तथा चाङ निर्माण सम्पन्न भएको हो भने जनश्रमदान रु ५ लाख ८३ हजार रकमबाट निर्माण कार्य सम्पन्न भएको हो । स्थानीय नन्द बहादुर घर्तीमगरले पहिले २० वर्ष पहिले खोलाबाट बोक्ने र केही बर्ष अगाडि ५÷६ घरहरु समेटेर धारा निर्माण भयो । उक्त पानीले धेरै टिकेन अहिले यसरी घर नजिकैमा धारा निर्माण भएपछि निकै हर्षित भएको बताउनुभयो । स्थानीय कृष्ण बहादुर खड्काले यसरी घर नजिकमा पानीको धारा निर्माण गरिदिएको प्रति रेडक्रस सोसाइटी रोल्पालाई धन्यवाद व्यक्त गर्नुभयो । सोहि अवसरमा रेडक्रस सोसाइटी घर्तिगाउँ उपशाखाको पनि भवन उद्घाटन भएको छ । कार्यक्रम चसापानी उपभोक्ता समितिका अध्यक्ष सञ्जय घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी घर्तिगाउँ उपशाखा सचिव यज्ञ बहादुर डाँगीले गर्नुभएको थियो भने स्वागत उपभोक्ता समितिका सदस्य सुनकुमारी घर्तीमगरले गर्नुभएको थियो ।

You may also like