कम्युनिष्ट पार्टी एकता देख्न नचाहने शक्तिहरुको कारण पार्टी पुरानै अवस्थामा पुगेयोः एमाले पोलिटव्युरो सदस्य गोकुलप्रसाद घर्तीमगर

कम्युनिष्ट पार्टी एकता देख्न नचाहने शक्तिहरुको कारण पार्टी पुरानै अवस्थामा पुगेयोः एमाले पोलिटव्युरो सदस्य गोकुलप्रसाद घर्तीमगर
फागुन २७ गते
लिबाङ रोल्पा

This image has an empty alt attribute; its file name is a1-1024x768.jpg


कम्युनिष्ट राजनीतिमा फरक÷फरक पहिचान बोकेका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बिच लक्ष्य उद्वेश्य एउटै भएकोले शान्ति समृद्ध, स्थिर सरकारका लागि पार्टी एकता भएपनि उद्वेश्य अनुसार कार्य नहुँदा पार्टी विभाजनको भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटव्युरो सदस्य गोकुलप्रसाद घर्तीमगरले बताउनुभएको छ ।
उहाँले यस्तो धारणा बिहीबार पार्टीको जिल्ला कमिटी रोल्पाको पार्टी कार्यालयको पुनः सञ्चालन उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो‘हामीले पार्टी एकतालाई दीर्घकालीन बनाउन धेरै कुरा त्याग गरेका थियौ तर पार्टी एकता भएको केही समय नबित्दै आज पार्टी अलग÷अलग बन्ने परिस्थितले पार्टी कार्यकर्ताहरु दुःखीत हुँदै पार्टी कार्यालय सञ्चालनमा पुगेका छौं । प्रचण्ड, माधव, झलनाथ समीक्षा गरेर गल्ति सच्यार आएमा पार्टी एकता हुने सक्छ ।’ पार्टी एजेण्डको दृष्टिकोण पार्टी विभाजन भएकोले कुर्चि र पदको कारण पार्टी विभाजन भएको पोलिटव्युरो सदस्य घर्तीमगरले धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री खद्क प्रसाद शर्मा ओलीले नयाँ नक्सा जारी, नागरिकता विधेयक र ठूला कम्युनिष्टहरुको एकता देख्न नचाहने आन्तरिक तथा बाह्य शक्तिहरुको कारण पार्टी विभाजन अवस्थामा पुगेको उहाँको भनाइ छ । पार्टी समाजिक परिवर्तन, समाजिक न्याय, परिवर्तनको पक्षमा रही नागरिकको भावना आत्मसात गर्दै पार्टी अगाडि बढ्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभएको छ । सर्वोच्च अदालतले २०७५ साल जेष्ठ ३ गते पार्टी एकता भएको नेपाल कम्युनिष्ट (नेकपा) २३ गते फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसलासँगै साविकका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रले आ–आफ्नो कार्यालयम सञ्चालनमा सक्रियता बढाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा केपी शर्मा ओलीको समूह निकटका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो भने माधव नेपाल समूह कार्यक्रममा सहभागी भएको थिएन । कार्यक्रम पार्टीको जिल्ला संगठन समितिको संयोजक बालाराम बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निमप्रसाद रोकाले गर्नुभएको थियो ।

You may also like