पोबाङ स्वास्थ्य चौकी १५ शैयाको अस्पताल

पोबाङ स्वास्थ्य चौकी १५ शैयाको अस्पताल
जुनिस कुमार बिष्ट
असोज १४ गते (पोबाङ) रोल्पा ।


This image has an empty alt attribute; its file name is j2-2.jpg

रोल्पा, सुनछहरी गाउँपालिका–५ नं. वडा पोबाङ स्थित स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्ने भएको छ । अस्पताल निर्माण पश्चात् स्थानीयबासीहरुलाई स्वास्थ्य उपचारमा सहज बन्ने भएको छ ।
संघिय सरकार नेपालको स्थानीयतहमा १५ शैयाको अस्पतालमा स्तर उन्नति कार्यक्रम अन्तर्गत अनुसार पोबाङ स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको स्तर उन्नतिको सूचिमा परेको हो । यस अस्पतालको निर्माणका लागि संघीय सरकार नेपालबाट रु ७० लाख रकम विनियोजन भएको छ । अब छिट्टै निर्माण कार्यको लागि टेण्डर आह्वान गरी अस्पतालको लागि भवन निर्माण गर्ने गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is j1-1.jpg

उहाँले ल्याब तुरुन्तै सञ्चालनका लागि सूचना जारी गर्ने तयारी गरेको जानकारी दिनुभयो । गाउँपालिकामा एउटा एम्बुलेन्सको पहल गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनु भयो । पोबाङ स्वास्थ्य चौकी २०४५ सालामा स्थापना भएको थियो । त्यो भन्दा पहिले जिल्ला स्वास्थ्य कार्यालयले तत्कालीन सेरम गाउँ विकास समितिमा स्थापना गरेको थियो भने पछि जिल्ला स्वास्थ्य कार्यालय नै स्थानान्तरण गरि २०४५ सालबाट सेरम स्वास्थ्य चौकी पोबाङ स्थापना भएको स्थानीय वुुद्धिजीवी सुनबहादुर पुनमगरले बताउनुभयो । पोबाङमा स्वास्थ्य चौकी स्थापना भएपछि स्वास्थ्य चौकीको आफ्नै भवन नभएकोले पोबाङकै स्थानीय सरु पुनको घरमा ३ वर्ष घरभाडामा लिएर स्वास्थ्य सेवा प्रदान प्रदान गरेको थियो । स्थानीय अगुवाको पहलमा साविक जिल्ला विकास समितिले आर्थिक अनुदान प्रदान गरि स्वास्थ्य चौकीको लागि आफ्नै दुई ओटा भवन बनेपछि आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको छ । यस स्वास्थ्य चौकीबाट प्रदान सेवाहरु प्रवधनात्मक सेवा प्रतिकारात्मक सेवा र उपचारात्मक सेवा अन्तर्गत ओपिडी सेवा, खोप सेवा, गर्भवती जाँच सेवा, सुत्केरी जाँच सेवा, सुरक्षित मातृत्व सेवा, गाउँघर क्लिनिक सेवा, परिवार नियोजन सेवा, प्राथमिक उपचार सेवा, किशोरकिशोरी मैत्री सेवा, टिबी उपचार सेवा, कुष्ठरोग उपचार सेवा, यौन रोग तथा एच.आइ.भि. एड्स सेवा, वृद्धि अनुगमन सेवा, राष्ट्रिय भिटामिन ए कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, महामारी नियन्त्रण कार्यक्रम, पोषण सेवा, बाल रोग तथा नवजात शिशु स्याहार सेवा लगाएत रहेको स्वास्थ्य चौकीका इञ्चार्ज जनक गिरीले बताउनु भयो । यस स्वास्थ्य चौकीमा कार्यालय सहयोगी सहित हाल छ जनाको दरबन्दी छ ।

You may also like