क्वारेन्टाइनमा बसेको मानिसहरु स्वाब निकालेर भेरी अस्पतालमा पठाउने तयारी

क्वारेन्टाइनमा बसेको मानिसहरु स्वाब निकालेर भेरी अस्पतालमा पठाउने तयारी
असार १५ गते,
पोबाङ–रोल्पा ।


सुनछहरी गाउँपालिकाको व्यवस्थापनमा राखिएको सुनछहरी गाउँपालिका–५ जैमाकसलाको नमूना माध्यमिक विद्यालय कसलामाको क्वारेन्टाइनमा बसेको स्थापना गरिएको क्वारेन्टाइनमा रहेका १६ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।
यस क्वारेन्टाइनमा बसेकाहरु व्यक्तिहरु भारत, साउदी, कुवेत तथा नेपालका विभिन्न संक्रमित ठाउँहरुबाट आएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका डाक्टर प्रकृति भट्टराईको टिमले स्वाब संकलन गरिएको हो । साथै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पबित्रा घर्ती मगर, सुनछहरी गाउँपालिका–५ जैमाकसलाका अध्यक्ष तिर्खबहादुर बुढाथोकी, सुनछहरी गाउँपालिका स्वास्थ्य संयोजक जगत बुढा, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिमबहादुर बिष्ट, पोबाङ स्वास्थ्य चौकी इञ्चार्ज जनक गिरी र नेमबहादुर शाही रोल्पा समाचारका पत्रकार जुनिश कुमार बिष्ट लगायतको उपस्तिथि रहेको थियो । उक्त स्वाब नेपालगञ्ज पु¥याएर परीक्षण गरि रिपोर्ट एक हप्ता भित्रमै ल्याइने गाउँपालिकाका स्वास्थ्य संयोजक बुढाले बताउनुभयो ।

You may also like