बास जिल्ला शाखा रोल्पाको बैठक सम्पन्न, १० वटा स्थानीय तहहरुमा सार्वजनिक सुनवाई लगायतका निर्णयहरु पारित

बास जिल्ला शाखा रोल्पाको बैठक सम्पन्न, १० वटा स्थानीय तहहरुमा सार्वजनिक सुनवाई लगायतका निर्णयहरु पारित
फागुन १३ गते
लिबाङ–रोल्पा


बास जिल्ला शाखा रोल्पाको बैठक आज लिबाङमा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णयहरु पारित भएका छन् ।

This image has an empty alt attribute; its file name is b1-1-574x1024.jpg

बैठकबाट बास केन्द्रको आयोजनामा २०७७ साल माघको २३ गतेदेखि २४ गतेसम्म सञ्चालन सार्वजनिक सुनवाई र सामाजिक परीक्षण सम्बन्धि सिकेको कुराहरु जिल्ला शाखाको पदाधिकारीहरुलाई जानकारी गराएको, जिल्ला शाखा रोल्पाको नेपाल बंैक लिमिटेडमा रहेको अध्यक्ष कमानसिंह पुनमगरको नाममा रहेको बैंक खाता अध्यक्ष मानसिंह विश्वकर्मा, कोषाध्यक्ष टेकेन्द्र सेन र सचिव भरत नेपालीको संयुक्त नाममा खाता सञ्चालन गर्ने, क्लवको कार्य समिति र क्रियाशिलको आधारमा साधारण सदस्य वितरण गर्ने, जिल्लाको १० वटा स्थानीय तहहरु तथा अन्य संघ संस्थाहरुसँग समन्वय सहकार्य गरि बास नेपाल जिल्ला शाखाको आयोजनामा सामाजिक सुनवाई गर्ने, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक साप्ताहिकको कार्यालय रहेको भवनमा जिल्ला शाखाको कार्यालय सञ्चालन गर्ने, मंसिरको २४ गते बास नेपाल रोल्पा शाखाको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार सेचतन् केन्द्र (हुरेक) नेपाल रोल्पा र हरप्लेस र आमन्त्रित अतिथिहरुलाई धन्यवाद व्यक्तको निर्णयहरु पारित भएका छन् । बास नेपाल जिल्ला शाखा रोल्पाको अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकमा कार्य समितिको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

You may also like