लिबाङ बजारका पसल तथा होटेलको अनुगमन

लिबाङ रोल्पा
असार ९ गते,


लिबाङ बजारका पसल तथा होटेलहरुको आज जिल्लाका सरोकारवाला नियकाहरुले अनुगमन गरेका छन् । जसले व्यवसायीहरुलाई पसल तथा होटेलको व्यवस्थापनमा थप सहयोग पुग्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल रोल्पा जिल्लामा सरोवा भएर आएको केही दिनमा नै बजार अनुगमनले प्राथमिकता पाएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाका सहकाय प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति संयोजक नवराज शर्माको संयोजकत्वको एक टोलिले जय श्री सप्लार्यस, तमु चिया नास्ता पसल, सौगात कोशेलि घर, मुनु किरणा पसल, भण्डारी किरणा तथा कपडा पसल, प्रकाश किरणा पसल, दिपा किरणा पसल, भट्ट होटेल, वंशि मिठाई पसल र न्यू सोनु स्टोर्सको अनुगमन गरेको थियो ।

अनुगमन टोलिमा घरेलु तथा साना उद्योग विकास समिति कार्यालय रोल्पाको उद्योग अधिकृत तथा बजार अनुगमन सदस्य बालकृष्ण आचार्य, इन्दिरा अधिकारी, वेदुराम आचार्य, गणेश घिमिरे, लिलाराम आचार्य, रेशम बि.क. लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । अनुगमन भएका व्यवसायीहरुको पसलमा राखिएका सामानहरुको नियमित अनुगमनमा सक्रिय बनाउनेभएको छ । पसलमा मूल्य दर, साइन बोर्ड, बिल, नाप तौल, सरसफाइलाई उचित व्यवस्थापन गर्ने सुझाव दिएको थियो ।

लिबाङ बजारमा केही दिनमा पनि बजार अनुगमनको तयारी भएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय रोल्पाको उद्योग अधिकृत तथा बजार अनुगमन समिति सदस्य बालकृष्ण आचार्यले बताउनुभयो ।

You may also like