भीरबाट लडेर एक महिला र एक बालिका मृतक भेटिए

भीरबाट लडेर एक महिला र एक बालिका मृतक भेटिए
माघ १० गते

This image has an empty alt attribute; its file name is s1-1.jpg


रोल्पा, सुनिलस्मृति गाउँपापिलका– ३ नंं. वडा गाेराखेर भीरबाट लडेर शुक्रबार दुई जना व्यक्ति मृतक अवस्थामा भेटिएका छन् ।
उक्त भीरबाट लडेर मृतकको पहिचान नखुलेको अनुमानित २८/३० कि महिला र वर्ष २ कि बालिका मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले बताउनुभयो । यस स्थानमा अनुसन्धानका लागि अनुसन्धान अधिकृत समेतको प्रहरी टोलीले मृतक महिला र बालिकाको शव गोराखरे भीर स्थित रिजादेखि सिम्लेनी जाने गोरेटो बाटोदेखि २ सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । यस घटनाको थप अनुसन्धान कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

You may also like