त्रिवेणी गाउँपालिकाको नवौं गाउँ सभाबाट नौै जना गाउँ प्रहरी राख्ने निर्णय

त्रिवेणी गाउँपालिकाको नवौं गाउँ सभाबाट नौै जना गाउँ प्रहरी राख्ने निर्णय
माघ २८ गते

This image has an empty alt attribute; its file name is g1-1024x682.jpg


रोल्पा, त्रिवेणी गाउँपालिकाको नवौँ गाउँ सभा जुगारमा आज सम्पन्न भएको छ । गाउँ सभाबाट नौं जना गाउँ प्रहरी सहित अन्य महत्वपूर्ण निर्णयहरु पारित भएका छन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७÷२०७८ मा वजेट रु ४८ करोड ३७ लाख ९ हजार कुल विनियोजित रकममध्ये हालसम्म रु १२ करोड ९३ लाख ९ सय ८९ रुपैया खर्च गरेको छ । उक्त बजेट सडक, कृषि, पर्यटन, शिक्षा, विद्युत, खानेपानी लगाएको क्षेत्रमा खर्च भएको गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले बताउनुभयो । गाउपालीकाको अन्तरिक श्रोतबाट राजस्व रु ४४ लाख ४२ हजार रुपैया संकलन गरेको छ । गाउँपालिकामा कार्यरत १२ जना कर्मचारीलाई सर्वाेत्कृष्ट कार्य सम्पादनको आधारमा गाउँपालिकाले पुरस्कृत गरेको छ । गाउँपालिकाले ९ जनाको दरबन्दी कायम हुने गरी गाउँ प्रहरी राख्ने निर्णय पारित भएको छ । यस जिल्लाको १० वटा स्थानीय तहहरुमध्ये गाउँपालिकाले निजि तथा सामुदायिक विद्यालय समायोजन गरी नेपाल र अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गरेको छ ।
गाउँपालिकामा ८० प्रतिशत विद्युतिकरण भइसकेको छ । स्थानीय तहको निर्वाचन हँुदासम्म विद्युत विस्तारको लागी पोल समेत नगाडिको अवस्थामा गाउँपालिकाबासीहरुले अध्यारो, दियालो, टुक्कीको सहारा दिन बिताउन बाध्य थिए । तर, गाउँपालिकामा विद्युत विस्तारपछि गाउँहरु झिलीमिली छन् । बाँकी गाउँहरुमा पनि गाउँपालिकाले विद्युत विस्तारको लागि सक्रिय पहल गर्दै आएको छ । पर्यटन विकासको लागि शिव गुफा र पूर्व जनमुक्ति सेनाको अस्थायी ब्यारेक तिलालाई जनयुद्धस्मृति राष्ट्रिय सङ्ग्रालयको रुपमा युद्ध पर्यटन विकास अगाडि बढाएको छ । सडक सञ्जाल प्रत्येक एक गाउँदेखी अर्को गाउँसम्म जोडिदै छ भने स्तरउन्नतीसँगै सडक कालो पत्रेको काम तीव्र रुपमा भइरहेको छ । खानेपानी घरघरमा प¥याउने, बुढागाउँमा रहेको रोल्पा जिल्लाको एक मात्र सिमेन्ट उद्योगलाई निरन्तर सञ्चानमा ल्याउने लक्ष्य गाउँपालिकाले तय गरेको छ । साजिक न्याय सहितको आर्थिक विकाश, न्यायोचित वितरण सहितको आर्थिक समृद्धको नारा तय गरी जनताको काममा खटिरहेको गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको अध्यक्षतामा सम्पन्न गाउँ सभामा उपाध्यक्ष साबित्रा वुढा (घर्ती), प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु विभिन्न शाखाका कर्मचारीहरु लगायतका सरोकारवाला निकायहरुको उपस्थिति थियो ।

You may also like