माडीचौर वेलिवृज माडी गाउँपालिका मौलाबाङमा स्थान्तरणको प्रक्रिया सुरुवात

माडीचौर वेलिवृज माडी गाउँपालिका मौलाबाङमा स्थान्तरणको प्रक्रिया सुरुवात

This image has an empty alt attribute; its file name is m3-1024x768.jpg

रोल्पा समाचारदाता
लिबाङ–रोल्पा
माडीचौर नजिक मधुरमामा रहेको वेलिव्रजिल माडी गाउँपालिका मौलाबाङमा स्थान्तरणका लुम्विनी प्रदेश सासंद दीपेन्द्र कुमार पुनमगर सहितको एक टोलिले बिहिबार अनुगमन गरेको छ । वेलिवृज स्थान्तरणको प्रक्रिया सुरुवातपछि सोही स्थानको भौगोलिक अनुगमन गरिएको हो ।
अनुगमनमा माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन, ५ नं. वडा अध्यक्ष बुढामगर, गाउँपालिकाका इन्जिनियर सुभास गौतम लगायतको टोलीले स्थलगत अवलोकन गरेर कामको शुरूवातको अनुगमन गर्नुभएको हो । माडीचौर नजिक मधुरमा रहेको वेलिवृज माडी गाउँपालिका मौलाबाङमा स्थान्तरणको प्रक्रिया सुरुवात भएको छ । सोही ठाउँमा वेलिवृज निर्माण पश्चात् भाबाङबासीहरुलाई लगायतका नागरिकहरुलाई माडी गाउँपापिलका केन्द्र घर्तिगाउँमा आवतजावत सहज हुनेभएको छ ।

This image has an empty alt attribute; its file name is m1-1-1024x768.jpg

वेलिवृज असार मसान्तभित्रै साही स्थानमा स्थानान्तरण हुने भनिएको लामो समयपछि स्थानान्तरण प्रक्रिया शुरु भएको छ । माडी गाउँपालिकाको पहल र प्रयासमा प्रयोगविहीन अवस्थामा रहेको वेलिवृज मौलाबाङमा स्थानान्तरणको पहल गरिएको थियो । लामो समयको प्रयासले माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगर, ५ नं. वडा अध्यक्ष भरत बहादुर बुढामगर लगाएतको प्रत्यक्ष सक्रियतामा प्रदेश सांसद दीपेन्द्र कुमार पुनसहितको टोली भौतिक पुर्वाधार मन्त्रालय पुगेर स्थानान्तरण गर्न अनुमति लिएर काम शुरु गर्ने क्रममा नै वर्षात शुरु भएकाले केही समय ढिला भएर स्थान्तारणको प्रक्रिया सुरुवात भएको छ । गाउँपालिकाको केन्द्र घर्तिगाउँ आवतजावतमा ५ नं. वडा भाबाङबासीलाई वर्षातमा समस्या थियो भने सोही स्थानमा वेलिवृज निर्माणपछि गाउँपालिका केन्द्र घर्तिगाउँ आवतजावतमा भाबाङबासीलाई सहज हुनेभएको छ । वडाबासीको समस्यालाई मध्यनजर गर्दै गाउँपालिका अध्यक्ष पुन र वडा अध्यक्ष बुढामगरको पटक÷पटकको प्रयासले उक्त वेलीवृज लिन मन्त्रालय हुँदै विभागबाट अनुमति भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷२०७८ को वजेटबाट स्थानान्तरण तथा जग निर्माणको बजेट विनियोजन गरेको भएपनी वर्षात शुरु भएकाले काम रोकिएको थियो । अब वर्षात कम भएको र उक्त वेलीवृज निकाल्न केही समय लाग्ने भएकाले प्रक्रिया शुरु भएको छ । वेलीवृज निर्माण हुँदा ५ नम्बर वडा भाबाङबासीलाई ब्राहमास नै गाउँपालिकाको केन्द्र आवतजावत सँगसँगै उत्पादनमुलक वस्तु निर्यात गर्न सहज हुने भएपछि स्थानीय खुसी भएका छन् । गाउँपालिकाले प्रत्येक वडामा पुग्नेगरी सडक निर्माण तथा चौडाको काम गरेको भएपनी भाबाङ पुग्न माडीखोलाले छेक्ने समस्या अब समाधान हुनेमा स्थानीय आशावादी देखिएको गाउँपालिकाका प्रेस सल्लाहकार बुद्विमान वलीले जानकारी दिनुभयो ।

You may also like