नेकपा रोल्पाद्वारा तीन वुदे सम्झौता कार्यन्वनयका लागि दबाब मुलक कोण सभा

नेकपा रोल्पाद्वारा तीन वुदे सम्झौता कार्यन्वनयका लागि दबाब मुलक कोण सभा


This image has an empty alt attribute; its file name is kon-sava-1.jpg

१९ असोज, लिबाङ ।
नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला समिति रोल्पाले केन्द्रीय कार्यक्रम अनुसार सोमबार तीन वुदे सम्झौता कार्यन्वयन नभएको भन्दै संघीय सरकारलाई दबाब मुलक कोण सभा कार्यक्रम सम्पन्न गरेको छ ।
कोण सभाको प्रमुख वक्ता नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्लाका पूर्व इञ्चार्ज सन्तोष सुवेदीले खड्क प्रसाद शर्मा ओलीको नेतृत्वको सरकार र नेपाल कम्युनिष्ट पाटी बिच भएको सम्झौता पार्टीको तर्फबाट इमान्दारपूर्व कार्यन्वन गर्दै आएको छ । तर, सरकरको पक्षबाट तीन वुदे सम्झौता कार्यन्वयन प्रभावकारी नहुँदै पार्टीका नेता तथा कार्यकर्ताहरुले जेलमा नै बस्नु परेको धारणा व्यक्त गर्नुभयो । सरकारलाई तीन वुदे सम्झौता पालनाका लागि पार्टीको तर्फबाट पटक÷पटक पहल गर्दा पनि सरकारको तर्फबाट वेवास्ता गर्दै राजवन्दीहरुलाई अझै पनि जेलमुक्त नगरेको भन्दै उहाँले आपक्त व्यक्त गर्नुभयो । सम्झौता भएको महिनौंसम्म पनि सरकारबाट कार्यन्वयनमा वेवास्ता गरेको खण्डमा पुनः पार्टीले विद्रोह गर्ने उहाँले उद्घोष गर्नुभयो । शान्तिपूर्ण रुपमा पार्टीको तर्फबाट तीन वुदे सम्झौतालाई कार्यन्वयनका लागि गरिएको पहललाई वेवास्ता गरिएमा अगामी दिनमा थप संर्घषका कार्यक्रमहरू गर्ने उहाँले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is kon-sava-3.jpg

एमसीसीको नाममा नेपाली भूमिका अमेरिकन सेनाहरुको भित्र्याउने प्रयासलाई पार्टीको तर्फबाट मान्यय नहुने समेत उहाँले बताउनुभयो । कोण सभामा सम्पूर्ण राजबन्दीलाई रिहा गर, झुठ्ठा मुद्वा खारेज गर नारा लेखिएको व्यानर सहित जिल्ला बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । खड्क प्रसाद शर्मा ओलीको नेतृत्वको नेपाल सरकारल नेपाल कम्युनिष्ट पार्टीसँग तीन वुदे सम्झौता अनुसार पार्टी शान्ति प्रक्रियामा आएको थियो भने सरकारले पार्टीलाई लगाएको प्रतिबन्ध खुल्ला गरेको थियो ।

This image has an empty alt attribute; its file name is kon-sava-2.jpg

सोही अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकारसँगको सम्झौता अनुसार शान्तिपूर्ण राजनीतिक गतिविधिहरू सञ्चालन गर्दै आएका छन् । तर, पार्टीसँग सम्झौता भएको महिनौं बितिसक्दा पनि संघीय सरकारले कार्यन्वयन नगरेको भन्र्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकारको ध्यानकर्षणका लागि शान्ति पूर्ण धर्ना, कोण सभा आयोजना गरेको आयोजकले बताएको छ । प्रतिबन्धको समयमा प्रहरीद्वारा पक्राउ परेका पार्टीका नेता तथा कार्यकर्ताहरूमध्ये धेरै जेलमा नै रहेको छन् । सरकारलाई सम्झौता कार्यन्वयनका लागि शान्तिपूर्ण वातावरणबाट पार्टीले सरकराको ध्यानकर्षण गराउँदै आएको छ । पार्टीका कार्यकर्ताहरुलाई जेलबाट निकाल्नुपर्ने र नेता तथा कार्यकर्ताहरुलाई लगाएको झुठ्ठा मुद्वाहरू खारेजी नभएको अवस्थामा थप विरोधका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य नबाउन पार्टीले खबरदारी गर्दै आएको छ । पार्टीको रोल्पा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्दको सहजीकरण कोण सभामा नेता तथा कार्यकर्ताहरू लगायत शुभचिन्तकहरू सहभागिता रहेको थियो ।

You may also like