आइ.एन.एफ. रोल्पाद्वारा सुधारिएको चुलो मर्मत तालिम तथा वितरण


समाचारदाता
पुष २३ जेलबाङ रोल्पा

This image has an empty alt attribute; its file name is sudhariko-chlo-11.jpg


सुनछहरी गाउँपालिका वडा नं. ७ जेलबाङमा आइ.एन. एफ. नेपालले ‘सुधारिएको स्वास्थ्यको लागि सुधारिएको चुलो” भन्ने नाराका साथ सुधारिएको चुलो जडान तथा मर्मत सम्भार सम्बन्धी १ दिने तालिम तथा सुधारिएको चुलो वितरण गरेको छ ।
संस्थाद्वारा आयोजित १ दिने तामिलमका प्रमुख अतिथि तथा सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरले गाउँघरमा पहिल्यैदेखि चल्दै आइरहेको पराम्परागत चुलोमो बढि धुँवा धुलो हुने बताउनुभयो । साथै उहाँले यसले मानिसको स्वास्थ्यमा विभिन्न समस्याहरु ल्याएको र त्यसबाट बढी प्रभावित महिला दिदी बहिनीहरु भएको अवस्थामा यस संस्थाले हाल सुधारिएको चुलो वितरण गर्दै आइरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वडामा वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै चुलोबाट निस्केको धुलो धुँवाले मानिसको स्वास्थ्यमा पारेको असरमा न्यूनिकरण हुने कुरामा विश्वस्त रहेको बताउनु भएको थियो ।
१ दिन सञ्चालन हुने तालिममा तालिमको बारेमा आई एन एफ नेपालका गोविन्द प्रसाद रिजालले तालिमको बारेमा जानकारी गर्नु भएको थियो । तालिम पश्चात दुई दिनमा जम्मा २५० वटा चुलो बितरण गरिने छ र चुलोको ढुवानीको लागि प्रत्येक घरले दुई हजार नगद पनि उठाइएको थियो । तालिममा वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, वडा सचिव लगायतको उपस्थित भएको थियो ।

You may also like