माडी ५ वडा अध्यक्ष बुढाद्वारा रोल्पा समाचारको पत्रिकाको भूमिका न्यूनीकरण गरेकोमा सम्पादकद्वारा आपत्ति

रोल्पा समाचारदाता
असाेज ३०


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष भरत बुढामगर (वृतान्त) ले रोल्पा समाचार साप्ताहिकको भूमिका न्यूनिकरण गरेको भन्दै रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले आपत्ति जनाउनुभएको छ । आज दिउसो जिल्ला प्रशासन कार्यालय अगाडि पत्रिकाको भूमिकालाई न्यूनीकरण गरेपछि विश्वकर्माले आपत्ति जनाउनुभको हो ।
लोकवार्ता नवौँ राष्ट्रिय सम्मेलनका तयारीको एवं समाचारको वार्षिकोत्सवको सन्दर्भमा जिल्ला प्रसासन गएको बेलामा वडा अध्यक्ष भरत बुढामगरले प्रशासनको ढोका आगाडि आगनमा सामाचारको भूमिकालाई पटक पटक न्यूनीकरण गर्दै बोलेपछि विश्वकर्माले त्यही नै आक्रोशका प्रतिवाद गरेको विश्वकर्माले बताउनुभयो । रोल्पा समाचार साप्ताहिकको १३ वार्षिकोत्सस र शनिको कार्यक्रममालाई समाहित गरेर लग्ने जानकारी दिदै विश्वकर्माले भन्नुभयो –“सन्दर्भ शनि विश्वर्माको कार्यक्रम गर्नका लागि थियो, हामी विगतदेखि नै रोल्पामा पनि जति सकिन्छ अभियान चलाएका थियौँ । शनिको कार्यक्रम रोल्पामा गर्नका लागि कलाकारहरुसंग केही परामपर्श गर्दा कोही सँस्थाको समय नमिलेपछि प्रदेश सभा सदस्य माननीय दिपेन्द्र पुनमगगरले आयोजक सँस्थाको बारेमा छलफल गर्ने जिम्मेवारी दिनुभएको थियो । त्यसमा समय चाप र कलाकारीताको क्षेत्रमा सँस्थाहरुबाट सम्भव नभएको जानकारी गराए । मैले कसै पनि आयोजक पाएको छैन, रोल्पा समाचार साप्ताहिक १३ वार्षिकोत्सव पनि छ यसैको सन्दर्भमा पारेर हामी कार्यक्रमको आयोजना गर्दछौँ, तपाईले उद्घाटन गरि दिनुहोला अनि शनिलाई पनि लिएर एक–दुइ वटा सम्भव भएपछि प्रस्तुती राखैला भनेर प्रदेश सभा सदस्य पुन र जिल्ला समन्वय समितिका सदस्य कर्मलाल परियारसँग छलफल भएर करिव विहान १२ बजे टुङ्गो लगाएका थियौँ । उहाँले रोल्पा समाचारबाट गर्दा साघुरो र सानो घेरा हुने भन्नुभयो । यसलाई थादै अस्वीकार बुढामगरले गर्नुभयो । मैले भने शनिको कार्यक्रम कसले आयोजना गर्दछ भन्ने भन्ने पनि यो त दशैभरीकाले गरे पनि केही हुँदैन । यसमा कसैलाई शनिको कलामा राजनीति र आफ्नो परिचय बनाउन आवश्यक नरहेको भने । त्यतिकैमा सम्वाद सकियो । ”
विश्वकर्माले यो कुरा सुनाएपछि फेरी वडा अध्यक्ष भरत बुढामगरले रोल्पा समाचारले गर्दा अलि साघुरो घेरा हुने भन्दै भन्नुभयोः–“अन्य सँस्थाहरुले आयोजना गर्दा हुन्छ, रोल्पा समाचार साप्ताहिकबाट गर्दा साघुरो हुन्छ, रोल्पा समाचारले गर्दा फाइदा उठाउन खोज्यो, वा यसको भूमिकामा प्रश्न उठ्ला, यो बाट गर्न उपयुक्त छैन । गर्दा फाइदाका लागि ग¥यो भन्ने थाल्छन्”
दोस्रो सम्वादमा अरु सँस्थाले आयोजना गर्दा पनि राम्रो प्रक्रिया विश्वकर्माले दिएपछि वडा अध्यक्ष भरत बुढामगरले पछि कुरा गरौँला माथि गएर आउनुहोस भन्दै छुटेको जानकारी समेत विश्वकर्माले दिए । त्यसपछि विश्वकर्माले सम्वादकै क्रममा आफूले टुङ्गो लगाई सकेको कुरालाई पत्रिकाको भूमिकालाई न्यूनिकरण गरेपछि त्यही प्रतिवाद गर्नुभएको जानकारी दिनुभयो । उहाँले रोल्पा समाचारको साझ बैठक बसेर कात्तिक २ गतेको कार्यक्रमको तयारीकालागि बैठक बस्ने भनेर योजना बनाएका विश्वकर्माले आफ्ना पत्रिकाकालाई यस्तो सुनाएपछि भूमिका न्यूनिकरण गरेकोमा आपत्ति जनाएका थिए । सम्वादकै क्रममा तपाईहरु भित्र गएर फर्किनुहोस् अनि सल्लाह गरौला भनेका बुढामगरले पछि आउदाँ जिल्ला प्रसानमा नभेटिएपछि विश्वकर्माले भन्नुभयोः–“ हामीले आफ्नो पवित्रका मनका साथ भन्दा अनि सबैकोको अनुरोधलाई व्यवस्थापन गर्न हतार र कामकाम चापमा पनि कार्यक्रम गर्ने र शनिलाई रोल्पा लिनका लागि गएिको प्रयासमा न कुनै समितिका बुढामगर, नत कुनै आयोजक नै बुढामगले यस्तो एक्कासी भन्नुले आफूलाई निकै ध्यान आकर्षण भएको भन्दै कार्यक्रम नगरिने जानकारी गराउँदछु । विश्वकर्माले भन्नुभयोः–यो शनिको विषय नभएर विगत २०६३ सालबाट निरन्तर रुपमा सञ्चालित रोल्पा समाचार साप्ताहिकको १३ वर्षको भूमिकाकालाई कम थान्ने एउटा जनप्रतिनिधीको बोलीबाट आफूलाई निकै चिन्चित बनाएको छ । विगतदेखि नै रोल्पा जिल्लाको आर्थिक, राजनीतिक, सामाजिक, साँस्स्कृतिक, भौतिक विकासका लागि अरोहरात्र खटेर लागेको भूमिकालाई अझै कमजोरढगबाट बुझिएमा त्यस प्रवित्तिको भण्डाफोर गर्न सबै समपादक टिम, कर्मचारी यसका सहयोगी निकायलाई अनुरोध गर्दछ । ”
स्मरण रहोस रोल्पा समाचार साप्ताहिकले आफ्नो वार्षिककोत्सवमा पूर्व प्रधानमन्त्री पुष्पकमद दाहाल। सभामुख ओनसरी घर्तीमगर, मन्त्री वर्षमान पुनमगर, नेपाल महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष नारायण शर्मा, बोर्णबहादुर कार्की, किशोर श्रेष्ठ लगायतका विशिष्ट व्याक्तहरुको आतिथ्यतामा सम्पन्न गरि सकेको छ । यस पटकको १३ औँ वार्षिकोत्सव आगामी २०७६ कात्तिक चौथो सातामा भव्यता पूर्वक सम्पन्न गर्न लागि रहेको छ । गते सन्नीलाई भोट गर्नका लागि नेपालबाट आइएइ पे एप डाउनलोड गरि भोट गर्न सकिनेछ । नेपालमा रहेका मोबाइल प्रयोगकर्ताहरुले ‘ी’ टाइप गरि एक स्पेश दिएर २४ लेखि ३७००० मा पठाउन सकिनेछ । भारतमा रहनेले सोहि तरिका अपनाएर ५३०१० मा मेसेज पठाएर भोट गर्न सकिनेछ ।
यस विषयमा शनि जिताआँै अभियानका केन्द्रीय संयोजक नविन खड्कालाई पनि जानकारी गराएको र आवश्यक छलफल गरेर अगाडि जान सकिने प्रतिक्रिया दिएका छन् ।
अन्तमा रोल्पा समाचार साप्ताहिकको भूमिकालाई कसैले पनि कम न थान्न र शनि विश्वकर्मालाई रोल्पाली र देशको गौरवको विषयम बन्ने अवसर प्रदान गर्नका लागि सबैले भोट गरी विजय बनाई दिनका लागि रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले अनुरोध गर्नुभएको छ । “यो बहस तथा आयोजना शनि विश्वकर्माकै विजयको लागि थियो हामी कुनै पनि स्वार्थ स्पष्ट पार्दछु । अझै शनिको विजयको लागि लाग्नका लागि सबैलाई रोल्पा समाचार साप्ताहिकको तर्फबाट आह्वान गर्दछु” यस विषयमा जनप्रतिनिध वा अन्य कुनै पनि व्यक्तिले आगामी दिनमा हाम्रो भूमिकालाई कम गर्ने नैतिक अधिकार छैन । यसबाट पत्रिका परिवारले सचेत रहन आग्रह गरेको छ । साथै शनिको विजयका लागि लाग्ने समेत प्रतिवद्धता व्यक्त गर्दछ ।

You may also like