सन नेपाल लाइफ इन्सोरेन्स रोल्पा उपशाखाद्वार मृत्यु दावी विमा रकम हस्तान्तरण
माघ ११ गते

सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड रोल्पा उपशाखाले शनिबार माडी गाउँपालिका–६ नं. वडा निबासी भूमिसरा बि.क.को मृत्यु दाबी विमा रकम मृतक परिवारलाई हस्तान्तरण गरेको छ ।
मृतक परिवारलाई आर्थिक दृष्टिकोणले पारिवारिक व्यवस्थापनमा थप सहयोग पुग्ने भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि माडी गाउँपालिका–६ नं. वडा सदस्य कविराम घर्तीमगरले मृतक परिवारलाई मृत्यु दाबी विमा रकम रु ३ लाख १५ हजार प्रदान गर्नुभएको थियो ।

यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका कमिटी इञ्चार्ज प्रेम घर्तीमगर पमुख अतिथि माँदी गा. पा सदस्य ( कविराम घर्ती मगर, लुद्र बहादुर घर्ती, अक्त बहादुर पुन मगर, पहल बहादुर पुन मगर, लोकचन्द्र प्रकाश घर्तीमगर लगायतको आतिथ्यता थियो । मृतक बि.क.को एक छोरा र एक छोरी छन् । ति बालबालिकाहरुको स्याहारसुहार सहित शिक्षा प्रदानमा मृतकको परिवारलाई सहज बन्ने भएको छ । करिव ६ महिना पहिले बि.क.को मृत्यु भएको थियो । सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड रोल्पा उपशाखाको प्रमुख नर बहादुर घर्तीमगरले गर्नुभएको थियो भने सञ्चालन जुद्व बहादुर घर्तीमगरले गर्नुभएको थियो ।