नमूना टोल निर्माण र सुरक्षित आमा गाउँ निर्माणमा वडा स्तरीय आमा समूह सञ्जाल सक्रिय बन्दै

लिबाङ–रोल्पा


नमूना टोल, सुरक्षित आमा गाउँ निर्माणमा रोल्पा नगरपालिका–२ नं. स्वास्थ्य आमा समूह सञ्जाल सक्रिय बनेको छ । सोही क्रममा शुक्रबार वडा कार्यालयको बिच बजार लिबाङ रोल्पामा जङ्ग फुड सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं रोल्पा नगरपालिका–२ नंं. वडा अध्यक्ष खिमबहादुर घर्तीमगर समाज परिर्वतनमा आमा समूहहरुको भूमिका महत्वपूर्ण भएको हुँदा अब आमा समूहको अभियानमा वडा कार्यालय सहकार्य समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । पछिलो समयमा जङ्ग फुडको प्रयोगकै कारण मानव जीवनको स्वस्थ्यमा विभिन्न समस्याहरु उत्पन्न भएका छन्, अब जङ्ग फुड प्रयोग न्यूनकरण नगरेको खण्डमा जीवन भरीको आम्दानीले पनि स्वास्थ्य उपचार सम्भाव नभएको उहाँले धारणा व्यक्त गर्नुभयो । जङ्ग फुडको बढ्दो अवस्थामा वडा स्तरीय स्वास्थ्य आमा समूह सञ्जालको आयोजना आयोजित जङ्ग फुड सचेतना कार्यक्रमे जङ्ग फुड न्यूनिकरणमा टेवा पुग्ने विश्वास प्रमुख अतिथि घर्तीमगरले व्यक्त गर्नुभयो । वडाका स्वास्थ्य आमा समूह, युवा क्लव, बाल क्लव लगायतको सहकार्य समन्वयमा निकट भविष्यमा वडालाई नमूना वडा घोषणा गर्ने उहाँले उद्घोष गर्नुभयो । उहाँले यस वडामा १४ ओटा आमा समूहमध्ये आठ ओटा आमा समूहलाई सुरक्षित आमा गाउँ घोषणा गर्ने वडा कार्यालयको योजना तय भएको बताउनुभयो । त्यसै गरी उहाँले वडा स्तरीय स्वास्थ्य आमा समूह सञ्जालद्धारा निर्मित जङ्ग फुड सम्बन्धि जनचेतनामूलक होडिङ बोर्डको समेत वाचन गरी उद्घाटन समेत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवं स्वास्थ्य कार्यालय रोल्पाको प्रमुुख गोविन्द प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पूर्व अध्यक्ष एवं अधिकारकर्मी खेमबहादुर बुढामगर लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण सिनियर अहेब कुलबहादुर डाँगीले गर्नुभएको थियो । जङ्ग फुड के हो ? जङ्ग अर्था पुत्र खाना हो । अग्रेजी भाषामा जङ्ग भनेको काम नलाग्ने, बेकारको भन्ने अर्थ लाग्छ । शरीरलाई अति आवश्यक पर्ने प्रोटिन, भिटामिन, खनिजजस्ता पदार्थ भएको वा कम भएको तर चिनी, चिल्लो पदार्थजस्ता क्यालोरियुक्त तत्व मात्र अति बढि भएको खाद्यवस्तुलाई जङ्ग फुड भनिन्छ ।
क) जङ्ग फुड भन्ने बित्तिकै मानिसलाई चाहिनेभन्दा बढि क्यालोरी भएका र अति आवश्यक पर्ने भिटामिन लगायतका तत्वहरु प्रायः नभएका वस्तुहको हुन् ।
ख) जङ्ग फुड तयार गर्र्दा त्यसे कति पोषण दिन्छभन्दा पनि कसरी स्वादिष्ट बनाउने कुरालाई बढि ध्यान दिएको हुन्छ ।
ग) बढि चिनीको मात्रा राखिएको कोल्ड ड्रिङक्सहरु पनि जङ्ग फुड नै हन्, जसमा क्यालोरीको मात्र बढि भन्ने भिटामिन, प्रोटिन जस्ता वस्तुहरु हुँदैनन् ।
घ) फाइवरको मात्रा कम भएका, क्यालोरी बढि भएका, तेलमा डुबाएर तारिएका र स्वाद वृद्धिमा बढि ध्यान दिएर पकाएर खानाहरु जङ्ग फुडहरु हुन् ,
ङ) जङ्ग फुडले मस्तिष्कमा नकरात्मक असर गर्छ । दातमा नराम्रो असर पु¥याउँछ । पत्रु खानामा पोषण हुँदैन तर क्यालोरीको बढि मात्रमा भएको हुनाले बलबालिका सानै उमेरदेखि मोटाउन थाल्छन् । शरीरलाई मोटो बनाउने, मधुमेह, रक्तचाप, कोलेस्टेरोल बढाउने जस्ता समस्याहरु जङ्ग फुडले गर्दछन् । आफ्ना बालबालिकाको स्वास्थ्यलाई भन्दा पनि हानी बढि गर्ने खानेकुरा हामी बुबाआमा आफैले किनेर खान दिन के सहित हो त ? एक पटक सोच्नुपर्ने बेला भएको छ ।
के हो त इनर्जी ड्रिङ ?
इनर्जी ड्रिङ भनेको मुख्यत क्याफिन, चिनी र अन्य केही वस्तु मिश्रण गरी बनाएको हल्का पेयपदार्थ हो । यी झोलहरुमा प्रशस्त चिनी राखिएको हुन्छ । त्यसमाथि कृति रंग, घोलक तत्व ल्याउने तत्वहरु अम्लियपना कायम राख्ने तत्वहरु, रंग उड्ने नदिने तत्वहरु आदि हुन्छन् । एक लिटर झोलमा क्याफिन १२५ मि.ग्रा.भन्दा बढि राख्नु हुँदैन तर तीन गुणा बढि पाएको छ । कनै कुनै इनर्जी ड्रिङमा रक्सीको मात्रा पनि मिसाइएको हुन्छ ।
क) इनर्जी ड्रिङ बालबालिका, युवा, खेलाडी, मुटु सम्बन्धि रोग भएका, गर्भवतीका लागि हानिकारक भएको विज्ञहरुको भनाई छ ।
ख) रेडबुल लगायत बजारमा पाइने इनर्जी ड्रिङ होइनन् । स्पोर्टस ड्रिङमा कार्वाेहाईड्रेटको मात्रा ६ देखि ८ प्रतिशत मात्र हुनुपर्नेमा २० प्रतिशतसम्म पाइएको छ । यसले शरीरमा पानीको मात्रा कम हुन्छ, जसले गर्दा खेलाडीले यसको सेवन गर्नु हुँदैन । खेल्नु अगाडि तथा खेलपछि सेवन गरेमा मासु बाँउरडिने, बेहोस भएर ढल्ने जस्ता समस्या हुन्छ ।
ग) अध्ययनका लागि अनुसार ६५ प्रतिशत उपभोक्ता १३ वर्षदेखि ३५ वर्षसम्म उमेर समूहका छन् । इनर्जी ड्रिङ लतकै रुप्मा सेवन गर्नेहरुमा बालबालिका पनि देखिएका छन् भने युवाहरुलाई आकर्षित गरिएको छ । रेडबुल मात्र होइन कोक, फेन्टा, डेउ, स्प्राइट आदि सफ्ट ड्रिङले बच्चाहरुमा खाना रुचिमा कमी हुन्छ । आधारभूत इनर्जी पुग्दैन मोटोपन बढाउँछ । मधुमेहको सम्भावना बढाउँछ । यसले बालबालिकामा फोक्से मासु बढाउँछ र अनेक समस्या गराउँछ ।
घ) क्याफिनले निद्रा भगाउँछ र रक्सीले लाग्नेपन वा मातिनेपनलाई ढिलो बनाउँछ तर क्याफिनमा अल्कोहल मिसाइएपछि जल वियोजन हुने, बान्ता हुने, रिंगटा लाग्ने लगायतको दीर्घकालीन स्वास्थ्यमा समस्या देखा पर्छ ।


ङ) क्याफिनले बालबालिकाको मुटु र दिमागमा असर गर्छ । विकासमा प्रभाव पार्छ । मुटुको ढुकढुककी बढ्ने । मन्दबुद्धि हुने, सपना बढि देख्ने । ननिदाउने जस्ता समस्या हुन्छन् । लगातार खाएमा क्याफिनको कुलत नै बस्छ । क्याफिनले सोच्ने क्षमता कम्जोर बनाउदछ ।
च) अल्कोहल मात्र भएका इनर्जी ड्रिङहरु बालबालिकालाई सेवन गर्न दिँदा कुलत बस्दै जान्छ र मदिरा सेवन गर्ने लत लाग्छ । मदिराले बालबालिकाको कलेजो, मृगौला, मुटु, मस्तिष्क लगायत शरीरको सम्पूर्ण अंगहरुमा असर गर्दछ । बच्चाको उमेर जटि कम भयो उति असर बढि हुन्छ ।
छ) चिनी र रासायनिक तत्वले दातलाई हानी गरिरहेको हुन्छ भने शरीरमा विषालु तत्व पनि थपिरहेको हुन्छ । एक गिलाशमा इनर्जी ड्रिङमा एक कप कडा कफी जत्तिकै मात्रा क्याफिन हुन्छ । रेडबुल जस्तै एक गिलाश (२५०) मि.लि) इनर्जी ड्रिङमा पाँच चम्चा जति चिनी हुन्छ । जुन बच्चाका लागि निकै बढि हो । यसले बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर गर्ने भएकोले खान दिनु हुँदैन । एक चिया चम्चा चिनीले २५ क्यालोरी शक्ति पैदा गर्दछ । वयष्क व्यक्तिलाई दैनिक ४० देखि ५० ग्राम चिनी आवश्यक पर्दछ, यति मात्रााको चिनी दैनिक खानाबाट नै प्राप्त हुने गर्दछ । यसको लागि थप चिनी खान आवश्यक छ्रैन । चिनी पिय पदार्थबाट हाम्रो शरीरलाई आवश्यकभन्दा बढि चिनी प्राप्त हुन्छ । यसले तौल बढाउने लगायत अन्य समस्या उत्पन्न गर्दछ । मानिसको मस्तिष्क २५ वर्षसम्म लगातार बढिरहेको हुन्छ । वृद्धि भइरहेको मस्तिष्कमा क्याफिनले नराम्रो असर पु¥याउँछ । ज) क्याफिनले गर्भवती भएको पहिलो तीन महिनामा गर्भपतन गराउने सम्भावना हुन्छ । बच्चा जन्माउन गाह्र हुने र कम तौलको बच्चा जन्मने जस्ता महत्वपूर्ण विषयवस्तुमा सहजिकरण गर्नुभएको थियो ।

वडा स्तरीय आमा समूह सञ्जालद्धारा निर्मित सचेतनामूलक साइन बोर्डमा जङ्ग फुड खराब खाना हो, चाउचाउ, विस्कुट, चिजबल, चिप्स तथा स्वास्थ्यलाई अत्यन्तै हानि गर्ने कोकाकोला, पेप्सी, रेडबुल उपभोगमा कमी ल्याउन आमा समूह जागरुक हुन पर्दछ, यि वस्तुले धन पनि नाश हुन्छ र स्वास्थ्यमा पनि खराबी गर्दछ, यस क्षेत्र भित्र खुल्ला रुपमा ठेला, रिक्सा, साइकल, डोकोमा बिक्रि गरिने बरफ, आइसक्रिम, चटपटे र पानीपुरीको बिक्रि वितरणमा निषेध गरिएको छ, क्यारेम बोर्डको कारण बालबालिकाहरुको गृहकार्य र अध्ययनमा बाधा पर्ने भएकोले यस्ता कार्य नगर्न सूचित गरिएको छ । यस्ता बोर्ड वडाको प्रमुख ठाउँहरुमा राख्ने समेत सञ्जालकी अध्यक्ष गौरादेवी के.सी.ले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, बिच बजार आमा समूहका पदाधिकारी लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । वडा स्तरीय स्वास्थ्य आमा समूह सञ्जाल रोल्पाको अध्यक्ष गौरादेवी के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अहेब चन्द्र घर्तीमगरले गर्नुभएको थियो स्वागत सिनियर अहेब कुलबहादुर डाँगीले गर्नुभएको थियो ।

You may also like