रोल्पामा ९ औँ लोकवार्ताको प्रचार समितिले पूर्णता पायो ।

 

रोल्पा समाचारदाता
भाद्र ३० रोल्पा


लोकवार्ता परिषद् ९ औँ राष्ट्रिय सम्मेलनको सर्वपक्षीय बैठक समन्न भएको छ । रोल्पा जिल्लामा कात्तिक ४ देखि ७ गतेसम्म रोल्पा जिल्लामा हुने सम्मेलनका लागि प्रचार प्रचार समितिले पूर्णता पाएको छ । नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिकका प्रकाशक÷सम्पादक मानसिंह विश्वकर्माको संयोजकत्वमा प्रचार–प्रशार समितिले पूर्णता पाएको छ ।

बैठकमा लोकवार्ता परिषद् ९ औँ राष्ट्रिय सम्मेलनका स्थानीय संयोजक भिमबहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष बमकुमारी बुढामगरले प्रचार समितिको महत्वबारेमा जानकारी दिएपछि पूर्णता पाएको हो ।
बसेको सम्मेलनलाई प्रचार–प्रचार गर्नका लागि रोल्पा जिल्ला स्थिति संचालन मिडियाहरु तथा सञ्चारकर्मीहरुलाई प्रचार समितिमा राख्ने निर्णय गरेको छ । पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्माको संयोजकत्वमा प्रशार–प्रचार समितिमा गठन गएिको छ । जसमा रोल्पा समचार साप्ताहिक, जुनकिरी सञ्चार साप्ताहिक, सनस्तार साप्ताहिक, जनआकांक्षा साप्ताहिक, सामुदायिक रेडियो रोल्पा, सामुदायिक रेडियो जलजला, सामुुदायिक रेडियो सामुदायिक मालश्री, सामुदायिक रेडियो सुनछहरी, सामुदायिक रेडियो माडी आवाज, रेडियो होलेरी, सामुदायिक रेडियो पल्लबी, रोल्पा अनलाई, रोल्पा टुडे अनलाई, रोल्पा समाचार अनलाईन लगायत रोल्पा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरु रहेको प्रचार समिति गठन गरिएको सदस्य सचिव दामोदर सुवेदीले बताउनुभयो ।
रोल्पा जिल्लामा हुन लागेको लोकवार्तालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनको लागि सबैले पहल गर्न र रोल्पा जिल्लामा भएका विभिन्न कार्यक्रमलाई मिडियाले सफल बनाउको लागि निकै सकरात्मक भूमिका निर्वाह गरेको स्मरण गर्दै यो सम्मेलन पनि सफल पार्नका लागि सबै सञ्चारकर्मीहरुको सहयोगमा सम्पन्न गरिने संयोजक मानसिंह विश्वकर्माको भर्नाइ छ ।

You may also like