ग्राहक स्वयमले आफ्नो घरको विद्युत मिटर रीडिङ व्यवस्था

ग्राहक स्वयमले आफ्नो घरको विद्युत मिटर रीडिङ व्यवस्था
मङ्सिर ३० गते
लिबाङ–रोल्पा

नेपाल विद्युत प्राधिकरणबाट खटाइएका कर्म्रचारीले समयमा मीटर रीडिङ गर्न नआएमा वा कुनै कारणले ढिलो भएमाको अवस्थामा ग्राहक स्वयमले आफ्नो घरको मीटर रीडिङका व्यवस्था गरेको छ । ग्राहकहरुलाई इसेवा र यो व्यवस्थाले सहज भएको छ ।


This image has an empty alt attribute; its file name is b2.jpg

यस कार्यालयले ग्राहकहरुले आफ्नो घरको मिटर रीडिङ गर्नको लागि www.consumer.nea.org.np वेब साइटमा गएर, नेपाल विद्युतिकरणको मोबाइल एप्सबाट आफ्नो मिटर अंक हाल्न सकिनेछ वा नेपाल विद्युट प्राविधिकरणको हट लाईन नम्बर ११५० मा कल गरेर पनि आफ्नो मिटर अङ्क टिपाउन सक्नु व्यवस्था गरेको छ । साथै मिटर राख्दा कुनै प्राविधिक समस्या भएमा सम्बन्धित शाखा वा प्रशाखामा सम्पर्क गर्न सकिने छ अथवा कम्प्युटराईज्ड विलिङ तथा नेटवर्क महाशाखाको email:[email protected] वा [email protected] मा ईमेल पठाउने व्यवस्था गरेको छ । विगतमा ग्राहकहरुले विद्युत शुल्क बुझाउन सम्बन्धित कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो । विद्युत प्राविधिकरणले प्रविधिको विकाससँगै प्रविधिबाट नै सेवाले ग्राहकलाई सहजसहित समयको वचत भएको छ ।

You may also like