सुनिलस्मिति गाउँपालीका–४ मा सवारी दुर्घटनाबाट तीन जना घाइते

सुनिलस्मिति गाउँपालीका–४ मा सवारी दुर्घटनाबाट तीन जना घाइते
चन्द्र रोकामगर
मङ्सिर ३० गते (सुलिचौर–रोल्पा)

This image has an empty alt attribute; its file name is d.jpg


रोल्पा, सुनिलस्मिृति– ४ मिझिङमा सवारी दुर्घटनाबाट तीन जना घाइते भएका छन् । सवारी चालकलाई इलाका प्रहरी कार्यालय सुलिचौर चौकीले नियन्त्रणमा लिएको छ ।
यस गाउँपालिका मिझिङ बाउबाङमा लु २ च ६२०१ को गाडी र रा २ प ६६१४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिडा मोटरसाईकलमा सवर सुनिलस्मिति गाउँपालिका–४ निवासी थमन घर्तीमगर र भारतीय नागरिक लिबाङको सुर्खेति डाडाँमा ग्यारेज व्यवसायी विवेक कुमार गम्भीर घाइते छन् । घाइतेहरुको प्राथमिकता स्वास्थ्य केन्द्र सुलिचौर प्राथमिक उपचारपछि बुटवलमा थप उपचारका लागि रिफर गरिएको छ । तर, सवारी चालक चुमान विष्ट भने फराहार रहेका छन् । गाडी र मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी गाउँपालिकाको सुलिचौर इलाका प्रहरी कार्यालय आगाडि ४ नं. वडा निबासी दिविकला मोहरालाई लु ३ त ५२९ नम्बरको ट्याकटरले ठक्कर दिँदा घाइते भएकी छिन् । घाइते महराको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ । ट्याक्टर चालक चालक राजेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You may also like