रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ४ र ५ स्थानमा गरिएको अफिम खेती नष्ट गरिएको छ

रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ४ र ५ स्थानमा गरिएको अफिम खेती नष्ट गरिएको छ
रोल्पा समाचारदाता
लिवाङ बैशाख १८ गते, रोल्पा ।


रोल्पाको जिल्ला थबाङ गाउँपालिकामा गरिको अफिम खेतीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाको नेतृत्वमा नष्ट गरिएको छ । साथै यसै थवाङ गाउँपालिकाको विभिन्न क्षेत्रमा अफिम खेती गरेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश भुसालको नेतृत्वमा ३० जना प्रहरीको टोली खटाई वैशाख १३ गते देखि नष्ट गर्न सुरु गरिएको वैशाख १६ गते सम्म ठूलो रुपमा अवैध लागूपदार्थ अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।


यसैगरी थवाङ गाउँपालिका वडा नम्बर ४ जुत्तर, भङरङमा वैशाख १३ गतेका दिन ३० रोपनी क्षेत्रफलमा गरिइएको खेति करिब चालिस हजार बोट जति रहेको थियो भने यसै गरी वैशाख १४ गतेका दिन तेलखोला तल्लो क्षेत्रमा रहेको २ सय रोपनी क्षेत्रफलमा फैलिएको करिब ३ लाख २३ हजार ६ सय बोट रहेको थियो भने , वैशाख १५ गते तेलखोला माथिल्लो क्षेत्रमा ५० रोपनी क्षेत्रफलमा फैलिएको करिब १ लाख २५ हजार बोट रहेको थियो भने र वैशाख १६ गते थवाङ गाउँपालिकाको वडा नम्बर ५ ठुलो गाउँ र बान्नेखर्क क्षेत्रमा ४० रोपनी क्षेत्रफलमा फैलिएको करिब २४ सय बोट अफिम फडानी गरिएको जिल्ला प्रहरी कार्यलय रोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ ।


अहिले सम्म उक्त अफिम खेती गर्ने व्यत्ति तथा जुन खेति भएको जग्गाधनीको पहिचान हुन नसकेको प्रहरी बताएको छ यसरीअबैध रुपमा लागूपदार्थ अफिम खेती गर्नेलाई अनुशन्धान पश्चात पत्ता लागेमा उत्त खेती गर्ने व्यत्ति तथा जग्गाको जग्गाधनीलाई औषध नियन्त्रण ऐन, २०३३ को दफा १४, उपदफा (१) को देहाय (च) ले लागु औषध अफिमको अवैध खेती गरेको २५ बोट सम्म खेती गर्नेलाई एक बर्ष देखि ३ बर्षसम्म कैद र ५ हजार देखि २५ हजार देखि २ लाख सम्म जरिवाना गर्ने कानुनी व्यवस्था भएको र दफा २५ मा आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजायको व्यवस्था गरेको र त्यस्तो घर, जग्गा वा सवारी समेत जफत हुन सक्ने कानुनी व्यवस्था भएको सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

You may also like