रोल्पा नगरपालिका–९ ह्वामा कोरोना नियन्त्रण समन्वय समितिको बैठक सम्पन्न

रोल्पा नगरपालिका–९ ह्वामा कोरोना नियन्त्रण समन्वय समितिको बैठक सम्पन्न

५ वैशाख, ह्वामा रोल्पा ।

रोल्पा नगरपालिका– ९ ह्वामा रोल्पामा नोबेल कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण समन्वय समितिको बैठ आज सम्पन्न भएको छ । समितिको पहलमा यस भाइरसबाट बच्न र बचाउनमा वडाबासीहरुलाई थप सहयोग पुग्ने भएको छ ।
यस वडा अध्यक्ष तथा समन्वय समिति संयोजक मिमबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न बैठकबाट संघीय सरकार नेपालले लागू गरेको लक डाउनको समयाअवधिमा वडामा पनि लक डाउनलाई प्रभावकारी कार्यन्वयनका लागि यस समन्वय समितिले सक्रिय भूमिका निर्वाह गर्ने गरी विभिन्न निर्णयहरु पारित भएको छन् । वडाका जनप्रतिनिधिहरु, प्रधानध्यापकहरु, स्वास्थ्य शाखाका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरु, वडाका जनप्रतिनिधिहरु र विभिन्न सरोकारवालाहरु रहेको १७ सदस्यीय यस नियन्त्रण समितिले जिल्ला बाहिरबाट घर फर्किने र कामको शिलशिलामा विदेश गएका, अध्ययनका लागि बाहिर गएकाहरु घर फर्किए लगत्तै उनीहरुलाई आ– आफनो टोलको विद्यालय र सामुदायिक भवनहरुमा क्वारेन्टाइनमा राख्ने, उनीहरुको तथ्याँक संकलन गर्ने, नियन्त्रण समन्वय समिति, आमासमूह, क्लब सबैले प्रत्यक्ष निगरानी गर्ने निर्णय पारित भएको छ ।

साथै यस भाइरस सहित अन्य विभिन्न रोगको किटाणुबाट बच्न र बचाउनको लागि व्यक्तिगत सरफाइलाई प्रभावकारी बनाउन प्रत्येक घरमा वडाबाट साबुनहरु वितरण गर्ने, यस भाइरस नियन्त्रण समन्वय समितिले वडाका ६५ घरधुरीलाई वडाले राहात वितरण संयोजक मिमबहादुर घर्तीमगरले बताउनुभयो । राहात ज्याला मजदुरी जीवन निर्वाह गर्ने तथा अति बिपन्न परिवारलाई राहात वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

You may also like