नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रोल्पाद्वारा शोक वक्तव्य

कार्तिक २५ गते
लिबाङ रोल्पा ।


सुनिल स्मृति गाउँपालिका ३ नं. वडा अध्यक्ष जेदबहादुर विष्टको दुःखत निधन प्रति दुःख व्यक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटी रोल्पाले शोक वक्तव्य आइतबार जारी गरेको छ । वडा अध्यक्ष विष्टको निधन शनिबार असायमिक निधन भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा कमिटी रोल्पाको अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरद्वारा हस्ताक्षर जारी शोक वक्तव्यमा सुनिल स्मृति गाउँपालिका ३ नंं. वडा अध्यक्ष जेदबहादुर विष्टको मिति २०७६ साल कार्तिक २३ गतेको दुःखत निधनले हाम्रै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटीले दुःख व्यक्त हार्दिक श्रद्धाञ्जाली व्यक्त गरिएको छ ।

साथै उहाँको निधनले त्यस गाउँपालिका र उहाँ सम्बद्ध ३ नं. वडालाई मात्र नभई सिंगो रोल्पाहरुलाई नै अपूर्णीय क्षति भएकोमा द्विमत छैन, यस दुःखत घडिमा मृतक विष्टको आत्मको चीर शान्तको काम गर्दै शोकाकुल परिवारजन र उहाँ सम्बद्ध पार्टी नेपाली काँग्रेस पार्टी, रोल्पा प्रति गहिरो सम्वेदना प्रकट गर्दै यस शोकलाई शक्तिमा बदल्ने सुझाव सहित मृतक आत्मको चीर शान्तिको कामना समेत उक्त जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ । यसरी जिल्लामा राजनीतिक दृष्टिकोणले फरक फरक विचार आस्थामा आवद्धता भएपनि दुःखतको अवस्थामा मानवीय भावनाको विकास भएको छ । जसले पनि जिल्लाको राजनीतिकमा नयाँ संस्कारको समेत विकासको भएको छ ।

You may also like