रोल्पा नगरपालिकाले २९ आंंै अपाङ्गता दिवसको अवसरमा अन्र्तक्रिया

रोल्पा नगरपालिकाले २९ आंंै अपाङ्गता दिवसको अवसरमा अन्र्तक्रिया
मंसीर १८, रोल्पा
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is r8-1024x683.jpg

कोरोना भाइसरको सङ्क्रणकालीन समयमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रम गरेर रोल्पा नगरपालिकाले २९ औं अपाङ्गता दिवस–२०२० आज मनाएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका उपप्रमुख मनकुमारी घर्ती, नेपाल पत्रकार महासंघ रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, अपाङ्ग कल्याण समाज रोल्पा अध्यक्ष दिनेश आचार्य, वडाका वडा अध्यक्षहरु, कार्यपालिका र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

This image has an empty alt attribute; its file name is n1-1024x683.jpg

अन्तरक्रिया कार्यक्रममा सहभागी फरक क्षमता भएका व्यक्तिहरुले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई विभेद गरेको गुनासो गरेका छन् । उनीहरुले एकल नागरिक, जेष्ठ नागरिक सरह आफूहरुले पनि सरकारबाट पाउनुपर्ने सेवा सुविधाको माग गरेका छन् । रोल्पा नगरपालिकाका १० वटा वडाबाट प्रतिनिधिमुलक सहभागी अपाङ्गता भएका व्यक्तिहरुले आफुहरुलाई प्रकृतिले ठगेको र त्यसमाथि झनै सरकारले पनि वेवास्ता गरेको गुनासो गरेका छन् । उनीहरुले सरकारले हाल देखावटी यातायात, स्वास्थ्य लगायतमा छुट दिएपनि सम्बन्धित संस्थाहरुले वेवास्ता गरेको बताएका थिए । अपाङ्गता भएका ब्यक्तिहरुको अध्ययनका लागि दिने गरेको वार्षिक रकम समेत विद्यालयहरुमा दुरुपयोग हुने गरेको समेत बताएका छन् । साथै कार्यक्रमका सहभागी अपाङ्गता भएकाले नगरपालिका, वडापालिकाहरुले सीपमुलक कार्यमा आफुहरुलाई क्षमता अनुसार कार्यक्रम प्रदान गर्नुपर्नेमा जोड दिएका हुन् । महिला तथा बालबालिका शाखाका पवित्रा बुढा लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । नगरपालिकाको प्रशासकीय अधिकृत सुशिल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महिला तथा बालाबलिका शाखाका प्रमिला घर्तीले गर्नुभएको प्रेस संयोजक देवि गुरुङले बताउनुभयो ।

You may also like