७८ स्रष्टा चौतारीको अवसरमा रचना वाचन

७८ स्रष्टा चौतारीको अवसरमा रचना वाचन
म‌सिर १९ गते
लिबाङ–लिबाङ रोल्पा


This image has an empty alt attribute; its file name is k3-1024x769.jpg

राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा प्रत्येक महिनाको १५ गते सञ्चालन स्रष्ट चौतारीको ७८ औं श्रृङ्खलाको अवसरमा साहित्यकारहरुले रचना वाचन गर्नुभएको छ ।
यस श्रृङ्खलामा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर, जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रमुख प्रहरी नायव उपरीक्षक नरेश राज सुवेदी, सशस्त्र प्रहरी गुल्म रोल्पाको प्रमुख प्रहरी नायव उपरीक्षक होमराज भट्टराई, नेपाल लेखक संघ केन्द्रीय सदस्य दामोदर मर्सिफू, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्याय, जलजला बहुमुखी क्याम्पसको उपप्राध्यापक भिम बहादुर बुढा मगर, कृष्ण प्रसाद न्यौपाने, खद्ग दल गण रोल्पाको सेनानी कमान सिं गुरुङ, जिल्ला अदालत कार्यालयका प्रभाकर मल्लिक, स्वास्थ्य कार्यालय रेउघाका लेखापाल मोतिराम न्यौपाने, जिल्ला समन्वय अधिकारी टंक प्रसाद गौतम, रोल्पा अस्पताल रेउघाका अहेब चन्द्र घर्तीमगर, लोकेन्द्र सेन, उषा मगर, मगर्नी राम्जीता, जुमान बि.क, अर्चित बाबु मर्सिफूल, मदन खत्रीले रचना वाचन गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is k2-1024x769.jpg

यस जिल्लामा प्रत्येक महिनाको १५ गते स्रष्टा चौतारीको माध्यमबाट साहित्य सिर्जनामा विकासका लागि आयोजना गरिएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायले बताउनुभयो । उहाँले स्रष्टा चौतारीमा सहभागी साहित्यकारहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी ७९ औं श्रृङ्खलामा जिल्ला समन्वय समितिको सूचना हलमा ठिक ४ः०० बजे उपस्थितिक लागि अनुरोध गर्नुभयो ।

You may also like