संसदमा फेस गर्न नसकेर बैधानिक रुपमा बनेको प्रदेश सरकारलाई असंबैधानिक भन्ने अधिकार छैन


–मुख्यमन्त्री कुलप्रसाद केसी
रोल्पा समाचारदाता, नवलपरासी भदौ ९


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आफै गैर कानूनी र संविधानमाथी अपराध गर्नेहरुले प्रदेश सरकार गैर कानूनी र असंबैधानिक रुपमा सञ्चालन गरेको टिप्पनी गर्नेहरुले संसदमा फेस नगर्न सकेर विस्वासको मतप्राप्त गर्ने क्रममा बहिस्कार गरेको बताउनुभयो । कानूनलाई कसैले बार्दलीबाट गरेको हाँक तथा कुर्लली अनुसार सरकार नचल्ने बताउनुभयो । आज प्रेस संगठन नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केसीले नेकपा एमालले अहिलेको सरकार गैर कानुनी भएको भन्दै गरेको टिप्पणी तर्फ संकेत गर्दै जसले असंबैधानिक, अलोकतान्त्रीक ढंगले सरकार संचालन गरे उनीहरुलेनै कानुन सिकाउनु हांस्यास्पद भएको बताउनुभयो ।
मुख्यमन्त्री केसीले एमाले आफैले साढे ३ बर्ष सरकारको नेतृत्व गर्दा संघीयता कार्यान्वयन तर्फ ध्यान नदिएर प्रतिगमन तर्फ केन्द्रित भएको भन्दै अहिलेको सरकार पुर्ण रुपमा संविधानको मर्म अनुसार संचालन हुने बताउनुभयो ।

प्रदेश सरकारको पहिलो प्राथमिकतामा कोरोना विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउने र संभावित तेश्रो भेरियन्टलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक सुधारसहित तयारी गरिएको पनि केसीले बताउनुभयो । अघिल्लो सरकारले अध्यायदेश मार्फत ल्याएको बजेट फिर्ता गरी नयाँ बजेट ल्याईने र संघीयताको मर्म अनुसार सरकारी संरचनामा समेत केही परिवर्तन हुने मुख्यमन्त्री केसीले बताउनुभयो । उहाँले प्रदेशवासीको हितमा काम गरीने गरी अब रणनैतिक योजना अगाडि बढेको बताउनुभयो ।

You may also like