फुलिवन र झङ्की टोलबाट १०५ घरधुरीलाई हात धुने साबुन र नुन वितरण

फुलिवन र झङ्की टोलबाट १०५ घरधुरीलाई हात धुने साबुन र नुन वितरण

जुनिश कुमार बिष्ट
फुलिवन–रोल्पा

सुनछहरी गाउँपालिका–१ नंंंंंं. वडा सेरम रोल्पाको फुलिवन र झङकी टोलले आज १०५ घरधुरीलाई हात धुने साबुन र खाने नुन वितरण गरिएको छ । ति परिवारलाई कोरोना भाइरस सहित अन्य किटाणुको संक्रमितबाट बच्न व्यक्तिगत आनीबानी र सरफाइमा थप सहयोग पुग्ने भएको छ ।
यस वडाको फुलिवन, नयाँ गाउँ, ग्याम खोला र झङकी टोलका १०५ घरधुरीलाई दुई÷दुई ओटा हातधुने साबुन र एक÷एक प्याकेट नुन वितरण गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि इराक बि.क, शाखा प्राथमिक विद्यालय फुलिवनका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष गोपाल बि.क, रउनेधुरी जनचेतना युवा समूहका अध्यक्ष सागर घर्तीमगर, सदस्य जीवन घर्तीमगरको सहभागिमा ति परिवारको घरमा पुगेर वितरण गरि कोरोना भाइरसबाट कसरी बच्ने र सरसफाइ सम्बन्धि सहजिकरण गरेको थियो । आफ्नो गाउँका प्रतिनिधिहरु घरमै आइ कोरोना भाइरसबाट बच्न र सरसफाइ सम्बन्धि कुरा सिकाउँदा आफुले अब सरसफाइमा नियमित ध्यान दिने स्थानीय जमलाल बि.क.ले भनाई व्यक्त गर्नुभयो । टोलमा सरसफाइयुक्त बनाई व्यक्तिगत आनीबानी र सरसफाइमा ध्यान पु¥याई विश्वभरि फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउन सहजिकरण गरेको गोपाल बि.क.ले बताउनुभयो ।

You may also like