राेल्पामा नयाँ  राजनीतिक सँस्कारको शुरुवा गर्दै बाम उमेद्वार अनन्त

मानसिंह बिक
रोल्पा २५ मंसिर

 

अमरसिंह पुनमगरले वर्षमान पुनमगरलाई पर्खिर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय

 

द्वन्द्वको उद्गम थलो रोल्पामा विजयी उमेद्वारलाई प्रतिद्वन्दीले बधाई र विजयी उमेद्वारले प्रतिद्वन्दी उमेद्वारलाई आगामी दिनको शुभकामनासँगै राजनीतिक सहकार्यमा सँगै यात्रा गर्ने गरी अंकलमान गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर यो रोल्पामा पहिलो पटक यस्तो भएको छ ।


विगतमा जनयुद्धको समयमा नेपाली कांग्रेस सरकारमा थियो भने तत्कालीन नेकपा (माओवादी) जनयुद्धमा थियो । द्वन्द्वको क्रमा नेपाली कांग्रेस र तत्कालीन नेकपा –माओवादी बीचमा राजनीतिक रुपमा मुडभेदको अबस्था थियो । “शान्ति प्रक्रियाको एक दशकमा रोल्पामा आमूल परिवर्तन आएको रहेछ” । रोल्पाको निर्वाचन पर्यवेक्षणमा आएका एक विदेशी अनुगमन विदकर्ताले भने । विदेशीमात्रै चकित भएनन् रोल्पाली पनि चकित नै भए । मत गणनाको अन्तिम परिणाम २३ गते साँझ नै आइ सकेको थियो । तर पनि २४ गते विहान घोषणा गर्ने कार्यक्रम राजनीतिक दलहरुको बीचमा भद्र सहमति भएपछि विहान मात्रै घोषणा भएको थियो । क्षितिज पूर्ण रुपममा खुलेको थिएन् तर पनि अधेरीमै मुख्य निर्वाचन कार्यालयले फूल माला र अविर तयार गरेको थियो ।

मत परिणामको केही कुरा जोड घटाउनमा ढिला भएको खवर पाएपछि विजयी भएका प्रतिनिधिसभा सदस्य वर्षमान पुनमगर ‘अनन्त’ पुग्नुभन्दा अगाडि नै उहाँको प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनका उमेद्वार एवं सिचाई राज्य मन्त्री अमरसिंह पुनमगर वर्षमान पुनमगरको प्रतिक्षामा रहनुभएको रहेछ । उहाँको मुहारमा निर्वाचन हार्नुकोको पीडा भएपनि नयाँ सँस्कारको शुरुवात गर्नका लागि आउनु भएको रहेछ । वर्षमान पुनमगरले नमस्कार मन्त्री ज्यू भन्नुभयो भने पछि अमरसिंह पुनमगरले पनि ः–“बधाई छ तपाईलाई कार्यकालको शुभकामना छ ।” यो सुनेपछि वर्षमान पुनमगरले अंकमाल गर्दै भन्नुभयोः“हिजोसम्म मात्रै चुनाव हो आज हामी साथी भइसक्यौँ, हाम्रो एउटै काम हो, समबृद्ध रोल्पा, गतिशील रोल्पा र सखी रोल्पालीका लागि हामी मिलेर काम गर्ने होँ । हामी संगै सहकार्यमा अगाडि बढ्नुपर्दछ । ”
आगामी दिनमा पनि विजय भएको आफूहरु र अन्य राजनीतिक दलहरु सबैको सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो । यो रोल्पाको लागि नयाँ सँस्कार हो । अब यसै सस्कारलाई अनुकरण गरी अगाडि बढेमा जिल्लाको समृद्धको चाहाना पुरा हुनेछ ।

You may also like