रोल्पाको दुई सभालाई सम्वोधन गर्न अनन्त रोल्पामा परिवर्तन पार्क निर्माण हुने


मानसिंह बिक
२०७४ माघ २९, रोल्पा
नेकपा (माओवादीका केन्द्र) वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनमगर सहितको टोली भोली रोल्पामा आउनुहुनुे भएको छ ।
तत्कालीन नेकपा (माओवादी) पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली जनताको मुक्तिको लागि २०५२ फागुन १ गते जनयुद्ध शुरुवात गरेको थियो । सोही जनयुद्धको २२ औँ स्मृति दिवशको अबसरमा परिवर्तन गाउँपालिकाको बाग्मारामा शहीद नेबबहादुर केसी ‘परिवर्तन’ को पार्क निर्माणको शिलेन्यास गर्ने कार्यक्रम रहेको छ ।
२२ औँ स्मृति दिवसको अवसरमा परिवर्तन पार्क निर्माणको शिलेन्यास कार्यक्रममा निवर्तमान सभामुख ओनसरी घर्तीमगर, पूर्व मन्त्री जयपुरी घर्तीमगर, नयाँ पत्रिकाका सम्पादक कृष्ण ज्वाला देवकोटा लगायतको टोली ८ बजेपछि काठमाण्डौँबाट उडान हुने स्वकीय सचिव सन्तोष पुनमगरले जानकारी दिनुभयो । परिवर्तन पार्क माओवादी सरकारमा सहभागि भएको बेलामा कार्यक्रममा परेको थियो ।
सो कार्यक्रमको जनतालाई बागमारामा लिनका लागि सम्पूर्ण गाउँपालिका तथा वडा पालिकालाई जानकारी गराई सकिएको नेकपा –माओवादी केन्द्र दुइखोली गाउँपालिका अध्यक्ष शुकबहादुर बुढामगरले बताउनुभयो ।
यस्तै बागमाराको कार्यक्रम सकिने वित्तिकै सुकिदह गाउँपालिकाको पाखापानी बसारे चौरमा हुने सुकीदह अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गर्नका लागि जानु हुने भएको छ । पहिलो पटक अध्यक्ष कपको उद्घाटन गर्नु कार्यक्रम रहेपनि मौसम प्रतिकुलताका कारणले उडानमा समस्या हुने समेत नीजि सचिवायलय जनाएको छ । भोली विहानै काठमाण्डौँबाट हिलिमा रोल्पाको बाग्मारामा अवतरण हुने र कार्यक्रम सकिदा वित्तिकै सुकिदह उडान भएर सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रमको लागि प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पा पनि विहानै त्यसतर्फ लाग्ने बताउनुभयो ।

You may also like