मानसिंह विश्वकर्माको अध्यक्षतामा ९ सदस्य बागेश्वरी असल शासन क्लव जिल्ला शाखा रोल्पा

मानसिंह विश्वकर्माको अध्यक्षतामा ९ सदस्य बागेश्वरी असल शासन क्लव जिल्ला शाखा रोल्पा पुर्न गठन
मङ्सिर १८ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is m2-1024x768.jpg

वागेश्वरी असल शासन क्लव जिल्ला शाखा रोल्पा आज लिबाङमा पुर्न गठन भएको छ । क्वलले जिल्लामा विभिन्न सरोकारवाला निकायसँगको समन्वय सहकार्यमा शसान सम्बन्धि गतिविधिहरु विगतदेखि सञ्चालन गर्दै आएको छ ।
यस क्वलवको अध्यक्षमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा ९ सदस्य जिल्ला शाखा पुर्न गठन भएको छ । यस क्लवको उपाध्यक्ष लोकेन्द्र चन्द, सचिव भरत नेपाली, कोषाध्यक्ष टेकेन्द्र सेन, सह सचिव कमानसिङ पुन, सदस्यहरु लोकेन्द्र सेन, सुप्रिया बुढामगर, रेशम बि.क, नविना बुढा क्षेत्री चयन हुनुभएको छ । क्लवको पहिलो बैठकले ‘भ्रष्टचार विरुद्वको अन्तराष्ट्रिय दिवस’को अवसरमा विविध कार्यक्रम लिबाङमा आयोजना गरी मनाउने निर्णय पारित भएको अध्यक्ष मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । साथै यस क्लवकालाई आवश्यक सल्लाह सुझावको लागि कृष्ण बहादुर घर्तीमगरको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ, यस सल्लाहकार समितिमा फविन्द्र आचार्य, शोभाराम डाँगीलाई क्वलको पदाधिकारीले चयन गरेको छ । क्वल पुर्न गठन कार्यक्रममा वागेश्वरी असल शासन क्वल (बास) निवर्तमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, रोल्पा अस्पताल रेउघा विकास समितिको अध्यक्ष फविन्द्र आचार्य, रोल्पा नगरपालिकाको अधिकृत सुशिल थापा, सोही नगरपालिकाको लेखापाल वसन्त गिरी, योजना अधिकृत सुदिप डाँगी सहित अन्य सरोकारवाला निकायहरुको सहभागिता थियो ।
यस क्लवको अध्यक्ष मानसिंह विश्वकर्माले आगामी दिनमा शुसानसँग सम्बन्धित क्रियाकलापाहरुलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सरोकारवाला निकायहरुसँग सहकार्य, समन्वय गर्ने धारणा व्यक्त गर्नुभयो । आगामी दिनमा यस क्लवलाई साथ सहयोगका लागि सरोकारवाला निकायहरुलाई अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

You may also like