सुलिचौर बजारमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ

सुलिचौर बजारमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ
चन्द्र रोकामगर
मङ्सिर १८ गते (सुलिचौर–रोल्पा)


This image has an empty alt attribute; its file name is c1.jpg

रोल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर बजारमा बुधबार दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको एक टोलिले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लामा लागु औषध ओसारप्रसार नियन्त्रणमा प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
यस गाउँपालिकाको सुलिचौर बजारको बसपार्कमा सुनछहरि गाउपालीका–७ निबासी जिनिलाल बुढालाई ईलाका प्रहरी कार्यलयबाट खटिएको एक प्रहरी टोलिले चेक जाँच गर्दा चरेस सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुलिचौरको इञ्चार्ज प्रहरी नायव निरीक्षक सहदेव डाँगीले बताउनुभयो । साथै उहाँले थप अनुसन्धनका लागि कानुनी प्रक्रिया अगाढि बढाएको उहाँको भनाइ छ । सुलिचौर चौकीले सवारी साधान र सङ्कास्पद व्यक्तिहरुलाई चेक जाँच कार्यलाई विशेष प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।

You may also like