वाइसीएल नेपाल सुनछहरीको दोस्रो सम्मेलनबाट पुन: मनबहादुर बिक अध्यक्षमा

नेपाल माओवादी केन्द्र निकट वाइसीएल नेपाल सुनछहरी गाउँपालिकाको दोस्रो सम्मेलन मंगलबार सुनछहरी गाउँपालिका ५ पोबाङमा सम्पन्न भएको छ।उक्त सम्मेलनबाट मनबहादुर बिकको अध्यक्षतामा ७१ सदस्यीय गाउँ कमिटी चयन गरिको छ।जसको वरिष्ठ उपाध्यक्ष बिराज बुढाथोकी, उपाध्यक्ष कमल घर्तीमगर,सचिव दिलप्रसाद घर्तीमगर, कोषाध्यक्ष आधारशिला पुनमगर,सहसचिवहरु अर्जुन बिक,बोमबहादुर पुन,रुपलाल घर्ती लगाएत निर्विरोध निर्वाचन भएका छन।
नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश पार्टी सचिवालय सदस्य आशबहादुर पुन रक्तिमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, पार्टीका सुनछहरी गाउँ कमिटी अध्यक्ष तथा गाउँपालिका अध्यक्ष धनबहादुर पुन कृतिमान,वाइसीएल नेपाल रोल्पा जिल्ला सदस्य गोबिन्द पुन, वाइसीएल नेपालका सुनछहरी गाउँपालिका इन्चार्ज दलबहादुर गुरुङ, पार्टीका गाउँ कमिटी उपाध्यक्ष द्वोय महाबिर राना (सुनिल) खडकबहादुर घर्ती (ज्वाला),पार्टीका गाउँ कमिटी सचिव तथा ६ नम्बर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता अमरजित पुनलगाएतको आतिथ्यतामा सम्पन्न भएकोकार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष बिराज बुढाथोकीले गर्नुभएको थियो भने संचालन सचिव दिलप्रसाद घर्तीमगरले गर्नुभएको थियो ।

You may also like