रोल्पामा गणतन्त्र दिसश मनायो नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति डवल व्याडमिन्टन प्रतियोगितासहित

रोल्पा समाचारदाता
जेठ १६ लिबाङ


१२ औं गणतन्त्र दिवसको अवसरमा अन्तर सरकारी कार्यालय कर्मचारी डबल व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय संगठन निजामति कर्मचारी जिल्ला समिति रोल्पाको आयोजनामा भएको हो ।
कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि नेपाल कर्मचारी संगठन निजामतिका केन्द्रीय उपाध्यक्ष तथा नेपाल सरकार आधिकारिक टे«ड युनियनका केन्द्रीय सचिव अम्वादत्त भट्टले गणतन्त्र निर्माणका लागि कर्मचारीहरुको पनि योगदान रहेको बताउँदै आगामी दिनमा पनि परिवर्तनका लागि अझै महत्पूर्ण भूमिका निर्वाह गर्नुभयो ।

यसैगरी कर्मचारीहरुले आमूल परिवर्तनमा अहम भूमिका खेलेका कर्मचारीलाई पुग्दो गरी तलवको व्यावस्था गरी राज्यको नीति अनुसार श्रममा लगाउनको लागि नेपाल सरकारकलाई सुझाव दिनुभयो । उहाँले कर्मचारीलाई हालको तलवले पुग्दो नभएकोले तलव बृद्धि गरी सरकारले नेपाल र नेपाली हितमा काम लगनको लागी सरकारको नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले आम कर्मचारीहरुको सहभागितामा नेपालमा सातै प्रदेशमा निजामति विश्व विद्यालय बनाउनु पर्ने धारणा राख्दै त्यसमा सरकार, निजामति कर्मचारी, जनताको लगानीमा सञ्चालन गर्नभयो । उहाँले प्रदेशको आफ्नो अनुकुलतामा उद्योग स्थापना गर्नुपर्ने बताउँदै प्रदेश नं. ५ मा अल्लो उद्योग निर्माण गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले रोल्पा जिल्लाको समृद्धिका लागि सबै कर्मचारी लाग्नका लागि अनुरोध गर्नुभयो । यसैगरी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला संगठन समिति रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरलेले यो गणतन्त्रको आमूल परिवर्तनमा सबैको योगदान रहेको बताउँदै गणतन्त्रलाई बचाउनको लागि सबैको दायित्व भएको बताउनुभयो । खेलकुद आयोजना गरेकोमा धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी., नेपाल कर्मचारी संगठन निजामतिका केन्द्रीय उपाध्यक्ष एवं ३ नंं प्रदेश इन्चार्ज शेरबहादुर कार्की, नेपाल कर्मचारी संगठन निजामतिका प्रदेश नं. ५ का अध्यक्ष राजेन्द्र राना, नेपाल कर्मचारी संगठन निजामतिका सचिव कमलराज वली, जिल्ला व्याडमिन्टन संघ रोल्पाका अध्यक्ष बेगम हमाल, नेपाल पत्रकार महासंघ रोल्पाका पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, कृर्षि एसोसिएसनका केन्द्रीय समितिमका महासचिव रुद्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति रोल्पाका अध्यक्ष संजीत वलीको अध्यक्षतामा भएको थियो भने जिल्ला समितिका सचिव घनश्याम वलीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत जिल्ला समिति रोल्पाका उपाध्यक्ष लबलाईट वलीले गर्नुभएको थियो ।
गणतन्त्र निर्माणमा कर्मचारीहरुको अहम भूमिका रहेको छ त्यसैले गणतन्त्रको सँस्थागत विकास गर्न, देशमा भइरहेको भ्रष्टचार न्यूनिकरण गर्नका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लगायत सबै कर्मचारीले सच्चा, इमान्दार भूमिका निर्वाह गर्ने आवश्यकता देखिन्छ । नेपालमा चलिहरको बामपन्थीहरुको सरकारलाई सहयोग गरेर देश समृद्धिको यात्रामा लाग्नुपर्ने नेपाल कर्मचारी संगठन निजामतिका कर्मचारीहरुको दायित्व बनेको छ ।


यसै गरी दुई दिनसम्म चलेको व्याडमिन्टन भएको प्रतियोगितामा डिल्ली राजराज न्यौपाने र हिमाल थापाको टिम विजेता, केशव बुढामगर र मुनबहादुर बुढा उपविजेता, सेमि फाइनसिष्टमा नरसिंह वली, केलाश रोका, धर्मजित विसी, दिनेश डङ्गौरा विजयी हाँसिल गर्नुभएको थियो ।
समापन कार्यक्रमा जिल्ला समन्वनय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति प्रदेश नं. ५ का सचिव कमलराज वली, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, जिल्ला व्याडडिन्टन संघ रोल्पाका अध्यक्ष बेगम हमाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रेफ्री बेगम हमाल, जनक भण्डारी, गोविन्द अधिकारी, प्रमाण पत्र प्रयोजन रोल्पा समाचार साप्ताहिक एवं अफसेट प्रेसका प्रमुख मानसिंह विश्वकर्मा र व्यानर प्रयोजन डिल्लीराज न्यौपानेलाई समेत सम्मान गरिएको थियो ।
नेपाल राष्ट्रिय  कर्मचारी संगठन निजामति रोल्पाले रोल्पा जिल्लाका नागरिकलाई सहज, सरल तकिाले सेवा प्रवाह गर्नका लागि सबै लाग्न निर्णय समेत गरेको छ । गणतन्त्र दिवसको अवसरमा प्रतियोगिता राखेर गणतन्त्रलाई सँस्थागतमा केही भए पनि योगदान हुने समेत सहभागिताको भनाई छ ।


जिल्ला समिति रोल्पाले सेवालाई प्रभावकारी गराउनका लागि स्थानीयतह, प्रदेश र संघका जनप्रतिनिधीहरुसंग अन्तरक्रिया गरी शुसासन कायम गर्ने, संगठनको एकतालाई बैचारिक तथा भावानात्मक रुपमा सम्मान जनक एकताका लागि केन्द्र र जिल्लामा समेत कार्यक्रम अगाडि बढाउने, कर्मचारी ऐन निर्माण गर्नका लागि सरकार सहयोग गर्ने, अस्थाय, करार र ज्यालादारी सेवा सुुनिश्चत गर्न पहल गर्ने लगायतको निर्णय गरिएको जिल्ला समिति रोल्पाका अध्यक्ष संजित वलीले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको नेतृत्वमा “ प्रभावकारी निवामति, प्रशासन, सेवाग्रहीलाई सम्मान, नेपाल कर्मचारी संगठनको सुशासन अभियान कार्यक्रमलाई देश व्यापी अभियानको रुपमा अगाडि बढाउने र राज्य संयन्त्रमा बढी रहेको नीतिगत, सँस्थागत भ्रष्टचार एवं कमिसन तन्त्रलाई अन्त्य गर्न जनचेतना अभिवृद्धि तथा आत्म शुद्धिकरण अभियान सञ्चालन गर्ने साथै भ्रष्टचार विराधी कानुनको प्रभावकारी कार्यान्वयनको लागि भूमिका खेल्ले समेत नेपाल निजामति संघ जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष संजित वलीले जानकारी गराउनुभयो । साथै बैकिङ प्रणालीमा मार्फत सेवा सुविधालाई सहज बनाउनको लागि सरकारसँग पहल गर्ने र आम रोल्पा र रोल्पालीका लागि आफ्नो पेशामा दत्तचित्त भएर काममा लाग्न समेत निर्णय गरिएको सचिव घनश्याम वलीले बताउनभयो ।

You may also like