असहाय बेसाहराहरूको सुलिचौरमा उद्वार गरेर जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्ज पु¥याइयो

असहाय बेसाहराहरूको सुलिचौरमा उद्वार गरेर जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्ज पु¥याइयो
चन्द्र रोका मगर
सुलिचौर– साउन १४ गते, रोल्पा ।

This image has an empty alt attribute; its file name is p3-1024x485.jpg


परिवर्तनका लागि साझा प्रयास समूह सुलिचौर रोल्पाको पहलमा बुधबार रूइनिबाङ बागुबाङमा असहाय बेसाहरा रूपमा घुमफिर गर्दै आएका दुई जनालाई उद्वार गरी नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्ज पु¥याएको छ । केही महिना अगाडि गठन भएको समूहले समाजिक कार्यलाई तीव्र रुपमा अगाडि बढाएको छ ।
सुनिलस्मृति गाउँपालिका, ४ नं. वडा कार्यालय, समाज सेवी मणिराम बुढाथोकी, परिवर्तनका लागि साझा प्रयास समूह र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको संयुक्त पहलमा कृष्ण नाम गरेको र अर्काे एक जनाको परिचय नखुलेकोलाई उद्वार गरिएको हो । समूहले नेपालगञ्ज जान आउन एम्बुलेन्समा लाग्ने आवश्यक ईन्धन (तेल) खर्च र पु¥याउन जाने स्वयंसेवकहरूलाई खाना खर्च व्यवस्था गरेको समूहको संयोजक भुपनारायण घर्तीमगरले बताउनुभयो । समूहको तर्फबाट असहाय बेसाहराहरूलाई उद्वार गरि औषधि उपचार तथा हेरचाह गर्दै उच्च मानवीय सेवा प्रदान गर्ने नीलसागर असहाय अशक्त तथा जेष्ठ नागारिक सेवा केन्द्र नेपालगञ्जका उपाध्यक्ष अमन सुवेदी र प्रकाश सुवेदीलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेको छ ।

This image has an empty alt attribute; its file name is p1-1024x485.jpg

साथै समूहको तर्फबाट उद्वार कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुहुने सुनिलस्मृति गाउँपालिका कार्यालय, एम्बुलेन्स व्यवस्थापनमा सहयोग गर्ने ४ नं. वडा कार्यालय, समाज सेवी मणिराम बुुढाथोकी, ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाका इञ्र्चाज प्रहरी निरीक्षक लक्ष्मण ओली, ईलाका प्रहरी कार्यालय सुलिचौरमा कार्यरत राष्ट्र सेवक सुरक्षाकर्मी, २ जना असहाय बेसाहराहरूका नेपालगञ्जसम्म पु¥याउन स्वयम सेवी कमल घर्तीमगर, अमृत रोका मगर र एम्बुलेन्स चालकलाई सहयोगी सद्भावी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ । मानव उद्वारको यस पवित्र कार्यमा परिवर्तनका लागि साझा प्रयास समूहको तर्फबाट मिलन रोका मगर, साजन कुमार थापा र भुपनारायण घर्र्तीमगरको सहभागीता रहेको थियो । समूह गठन भएको छोटो समयमा सामाजिक कार्यहरुलाई प्राथिमकता दिएर नेतृत्व गर्दै आएको छ ।

You may also like