प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प छैन–पूर्व सभामुख कृष्ण बहादुर महरा

प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प छैन–पूर्व सभामुख कृष्ण बहादुर महरा
मानसिंह विश्वकर्मा
माघ ८ गते सुलिचौर रोल्पा ।


This image has an empty alt attribute; its file name is r3-724x1024.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पुर्व सभामुख कृष्ण बहादुर महराले देशमा नेपाल कम्यनिष्ट पार्टीकै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रतिगमनकारी कदम गरी संविधानमाथि कु गरेको बताउनुभयो । प्रधानमन्त्री केपी वलीले संविधानमाथि गरेको क’को बिरोधमा देशव्यपी आन्दोलन भइरहेको बताउँदै देशमा केपी शर्मा ओलीको स्वच्छचारी, देशघाती प्रतिगमनको विरुद्वमा एक भएर आन्दोलनको आधिवेहरीबाट भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुने बताउनुभयो । प्रदेशमा, जिल्ला जिल्लामा, गाउँ गाउँमा ठूलो प्रर्दशन भइरहेको छ । देशमा केपी शर्मा ओलीको कारणले उल्टो दिशामा बगेको छ, जस्लाई सुल्टो पार्नका लागि पार्टी जनमासका साथमा उर्लिएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is s1.jpg

उहाँले अर्काे प्रसंगमा केपी ओलीले संघीयताको पक्षमा हुनुहुन्न भन्ने कुरा आएको थियो यो क’रा मैले पहिलेनै थाहा पाएको थिए । तर, आज आएर उन्को हर्कतले प्रष्ट रुपमा खुलाईदिएको बताउनुभयो । राजतन्त्र हटाउने की नहटाउने भन्ने बिषयमा एउटा बैठक चलेको थियो । यो प्रसंग राख्नुका अर्थ यो हो की केपी ओली आफ्नो अन्र्तमनले पनि संघीयताको पक्षमा, गणतन्त्रको पक्षमा, संविधानको पक्षमा हुनुहुन्न संघीयता, गणतन्त्र धेरै ठूलो संर्घष प्राप्त भएको छ त्यसको रक्षा गर्नका लागि अपिल उहाँले गर्नुभयो ।उहाँले एक जना न्यायधिशले संसस पुर्नस्थपना हुने कुरामा न्यायलकै मानिसले बोल्न थालेकाले संसद पुर्नस्थापना हुने कुरा बताउनुभयो । उहाँले सबैलाई देशमा प्रगितगमन भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 4.jpg

त्यस्तै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति एवम् पूर्व ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरले देश विकास र समृद्धका लागि स्थायी सरकार नेपाली जनताले मतदान गरेको बताउँदै नेपाली जनताको भावना विरुद्व र नेपाली जनताले गरेको बलिदान, त्याग, तपस्याबाट निर्माण भएको संविधानसभा मार्फत बनेको संविधानमाथि नै जननिर्वाचित संसद विघटन गरी हमला गरेको बताउनुभयो । जनताको सार्वभौम सर्वाेच्च संस्था संसदको हत्या भएको, निरङकुश कदमप्रति सबै आन्दोलित हुनका लागि अपिल गर्नुभएको थियो । उहाँले समावेशी, समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र लगायतका परिवर्तनको एजेण्डालाई आक्रमण गरी प्रतिगमन गरेको बताउनुभयो । उहाँले जनताको पक्षमा कानुन र सरकार बनाउने काम नेपाली जनताको सर्वाेच्च निकाय प्रतिनिधिसभा नै विघटन गरेर देशमा प्रतिगमन गरेको बताउँदै त्यसको प्रतिगमनको विरोधमा आन्दोलन गर्नका लागि सबै तयार हुन अपिल गर्नुभयो । नेपालको संविधानमा दुई वर्षमा कुनैपनि सरकार परिवर्तन गर्न नपाईने गरी कानुन निर्माण गरेको स्थायी सरकारका लागि भएको व्यवस्थालाई पनि कुल्चेलर दल विभाजन, अध्यादेश, संविधानिक परिषद् नियुक्त, संसद विगठन केपी शर्मा ओलीले देशलाई दुर्घटनातिर दोह¥याएको नेता पुनले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले नेपालमा बढी चलखेल गरेको विगतको परम्परालाई अन्त्य गरेको बताउँदै दल विभाजन, संविधान विघटन गर्न नपाईने संविधानमा उल्लेख गरेको बताउँदै संविधानभन्दा माथि गएर देश र नेपालीको हित विपरित गरेको बताउनुभयो । उहाँले राजनीतिक नियुक्ति, सरकार सञ्चालन, पार्टीको नीति र विधि लगायतमा काम गर्नका लागि पार्टीले आह्वान गरेको थियो । तर, त्यसलाई सुधारतिर भन्दा पनि संसद विगठन गरी पार्टी, जनताको सपनालाई तुसरापात गरेको बताउनुभयो ।
साथै, उहाँले सामाजिक न्याय, संविधानको मुल भावमा नै कुन्ठित हँुदैछन् । त्यसैले ओलीको प्रगितमनले देशलाई नै गम्भिर संकट उत्पन्न हुने बताउनुभयो । अदालले संविधानको मर्म भावना अनुसार, नेपाली जनताको भावनाको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्दै उहाँले प्रतिनिधिसभा पुर्नस्थापना र पार्टी आधिकारिक पनि प्रचण्ड–माधव नेपालको पक्षमा रहेको पार्टीले पाउने बताउनुभयो । जनयुद्वको नेतृत्व गरेको प्रचण्ड १५ वर्षसम्म पार्टी सञ्चालन गरेका माधव नेपाल, शान्ति वार्ता र जनयुद्वको नेतृत्व कृष्ण बहदुर महरा रहेको पार्टी नै मुल पार्टी भएको ठोकुवा गर्दै केपी शर्मा ओली पार्टी फुटेर गएको एउटा टुक्रा मात्रै भएको बताउनुभयो ।
अब प्रतिनिधिसभा पुर्नस्थापनाका लागि सबै राजनीतिकदल, संविधानविद, पूर्व न्यायधिश, नागरिक समाज, पत्रकार आम जनताले असंवैधानिक कदम भनेको बेलामा न्यायलयले आम जनताको पक्षमा फैसला गर्ने बताउनुभयो । प्रचण्ड–माधव नेपालको नेतृत्वमा रहेको पार्टीलाई आधिकारिक दिनका लागि कुनै आइबार पर्खिनु नपर्ने बताउँदै ढिलाई भएको बताउँदै छिटो फैसलाका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is 6.jpg

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व सभामुख तथा लुम्बिनी प्रदेश कमिटी ओनसरी घर्तीमगरले केपी शर्मा ओली कम्युनिष्ट खोल ओढेका नकापधारी तानासाही शासक बनेको बताउनुभयो । रोल्पाबाट जनयुद्व शुरुवात गरी जनयुद्व र जनआन्दोलनकै कारणले संविधान निर्माण भएकोले आम रोल्पाली संविधान र गणतन्त्रको रक्षाका लागि फेरी एक धिक्का हुनुपर्ने बताउनुभयो । उहाँले विगतको जनयुद्व, जनआन्दोलनको बलमा संघीय, समानुपातिक, समावेशी, धर्मनिरपेक्ष लगायतको परिवर्तन भएको बताउँदै नेपाली जनताको त्याग तपस्या र बलिदानबाट जारी संविधानमाथि नै बज्रपात गरेको बताउनुभयो । उहाँले जनताले पाएको अधिकार संविधानबाटै प्राप्त गरेको बताउँदै जनताको अधिकारलाई संविधानमै नभएको गर्न नमिल्ले प्रतिनिधिसभा विघटन गरी देशमा प्रतिगमन गरेको धाराणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोः–“संविधानलाई र स्थायित्वका लागि मतदान दिएको । तर, उनी तानासाही बनेका छन् । तिनको विरोधमा संघर्ष गर्नुपर्दछ ।”

This image has an empty alt attribute; its file name is s7.jpg

साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मेखमणी चौधरीले केपी शर्मा ओलीले देशका लागि घाटक र प्रतिगमन गरेको बताउँदै त्यसको विरोधमा शसक्त संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले केपी ओलीले आफु प्रधानमन्त्री बन्नका लागि मात्रै पार्टी एकता गरेको बताउँदै उल्लेख गर्दै भन्नुभयो,“प्यूठान, बाग्लुङ, नवलपरासीमा विभिन्न पार्टीका उमेदवारलाई विजय गराउन भोट हाल्नका लागि ह्वीप जारी गरेका थिए । फगत आफू सरकार र प्रधानमन्त्री बन्नका लागि मात्रै एक सपना थियो, जो अहिले शाषक बनेका छन् ।” उहाँले शंकर पोखे्रल र आफ्नो निर्वाचन क्षेत्र दाङ भएकोले शंकर पोख्रेले आफ्नो जिल्लामा जिल्ला कमिटी बनाउन नसकेपछि आफूहरुले दाङबाट चारेको बताउनुभयो । उहाँले रोल्पा, प्यूठानमा आएर भ्रम होइन दाङ जिल्लामा आएर पार्टी निर्माण गरी निर्वाचन लडेर च’नाव जित्नका लागि चुनौती दिनुभएको छ । नेता चौधरीले केपी ओलीलाई तत्कालीन नेकपाका कार्यकताले केपी ओली विरामी भएको र मृत्यु सैयामा रहेको बेलामा सहानुभुतिका साथ मत प्रदान गरी मात्रै विजय बनाएको बताउनुभयो । ओली तानाशाही, खोक्रो राष्ट्रवाद, गैर कम्युनिष्ट भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is s8.jpg

पार्टीको केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशसभा सदस्य माननीय एवम् राेल्पा जिल्ला इञ्चार्ज दिपेन्द्र कुमार पुनमगरले राज्यको आर्थिक दोहन गरी पुल उद्घाटनको नाममा आफ्नो मतियारहरुलाई भेट्नका लागि आएको बताउँदै राज्यको सम्पत्ति दोहन गर्न नपाईने कुरा बताउनुभयो । जनताको करबाट उठेको रकमलाई दुरुपयोग गर्न नपाईने बताउँदै रोल्पा जहिले पनि परिवर्तन, क्रान्ति, विकास र समृद्धका लागि लड्नका लागि एक धिक्का हुनका लागि अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is s9.jpg

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सचिव हरी प्रसाद घर्तीमगरले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधान जारीको समयमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र धर्म निरपेक्षतामा स्वीकार गर्नुभएको थिएन । आज जसको परिणाम स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र संविधान मर्म विपरित प्रतिनिधिसभा विघटन गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्रिको असंवैधानिक कदमको विरोधमा सहभागीका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश सभा सदस्य एवम् जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, नेपाल कम्य’निष्ट पार्टी (नेकपा) प्रदेश सभा सदस्य एवम् जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, प्रदेश सभा सदस्य एवम् जिल्ला सचिव हरीप्रसाद घर्तीमगर, प्रदेश सभा सदस्य कर्मलाल परियार, रोल्पा नगरपालिकाका पार्टी अध्यक्ष फविन्द्र आचार्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिलस्मृति गाउँपालिका मनिराम बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका अध्यक्ष तुलाराम खड्का, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष बागमति थापा, राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज रितमान पुनमगर लगायतको आथित्यता रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) इञ्चार्ज गुणेन्द्र घर्तीमगरको अध्यक्षतामा सम्पन्न लुम्बिनी प्रदेश सदस्य आश बहादुर पुनमगरले सञ्चालन गर्नुभएको थियो भने थियो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशस कमिटी एवम् रोल्पा नगरपालिका पुर्ण क्षेत्रीले गर्नुभएको थियो ।

You may also like