सुनछहरी गाउँपालिकामा १४ जना कोरोना संक्रमित


जुनिस कुमार बिष्ट
सुनछहरी रोल्पा
जेठ ९ गते

This image has an empty alt attribute; its file name is sunchir-gapa.jpg


रोल्पाको सुनछहरी गाउँपालिकामा ३४ जना नागरिकमा गरिएको एन्टीजेन्ट टेष्टमा १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउँपालिकाले आइतबार ९ जना पुरुष र ५ जना महिला गरि १४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
सुनछहरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले दिनुभएको जानकारी अनुसार गाउँपालिकाको केन्द्र पोबाङलाई केन्द्रित गरि गरिको परिक्षणमा २७ जना पुरुष र ८ जना महिलाले एन्तिजेन टेस्ट गरेका थिए । कोरोना पोजेटिभ देखिएकाहरुको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको संयोजक बुढाले बताउनुभो । स्वास्थ्य अवस्था सामान्य रहे पनि ५ दिनको लागि विभिन्न प्रकारका औषधि दिएको संयोजक बुढाले बताए । पोजेटिभ देखिएकाहरु होम क्वारेन्टाइनमा बस्ने र उहाँहरुको स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल आइसोलेशनमा लैजाएर थप उपचारको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनु भयो । साथै उहाँले सबैलाई सुरक्षित होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गर्नु भएको छ ।

You may also like