थबाङमा १५० किलोवाटको सोलार मिनिग्रीड आयोजना निर्माण कार्य अन्तिम चरणमा

थबाङमा १५० किलोवाटको सोलार मिनिग्रीड आयोजना निर्माण कार्य अन्तिम चरणमा
कार्तिक २२ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is t1.jpg

रोल्पाको थबाङ गाउँपालिका– थबाङमा निर्माणाधिन १५० किलोवाटको सोलार मिनिग्रीड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्नपछि थबाङ गाउँ उज्यालो बन्ने भएको छ ।

This image has an empty alt attribute; its file name is t2-1.jpg


यो आयोजना संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री मानीय वर्षमान पुन ‘अनन्त’ को पहलमा मन्त्रालय अन्तर्गत वैकल्पिक उर्जा प्रबद्र्वन केन्द्रबाट थबाङमा निर्माण हुँदै छ । पुर्व सभामुख ओनसरी घर्तीद्वारा सिलान्यास गरिएको नेपालको सबैभन्दा ठूलो १५० किलोवाटको सोलार मिनिग्रीड आयोजनाको अवलोकन तथा अनुगमन मन्त्रालयको सचिवालयले गरेको छ ।

This image has an empty alt attribute; its file name is t3-1.jpg

अबको १ महिनाभित्र आयोजना सम्पन्न भई ऐतिहासिक गाउँ थबाङ गाउँ उज्यालो हुने कुरा अनुगमनमा सहभागी टिमले बताएको छ । यो आयोजना निर्माण कार्य सुरुवातले स्थानीयबासीहरु खुसी व्यक्त गरेका छन् ।

You may also like