स्थानीय सरकारका प्रतिनिधिहरुलाई सुशासन सम्बन्धि पहिलो पटक तालिम

रोल्पा समाचारदाता
साउन २७ गते
सुलिचौर, रोल्पा

सुनिलस्मृति गाउँपालिकामा स्थानीय सरकारका प्रतिनिधिहरुलाई सुशासन सम्बन्धि २ दिने तालिम कार्यक्रम सोमबार सम्पन्न भएको छ । स्ट्रोम फाउन्डेशनको सहकार्यमा सहास नेपालद्वारा सुनिल स्मृति गाउँपालिकामा लागुभएको दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सीड्स) कार्यक्रम अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सुलिचौरमा सम्पन्न कार्यक्रममा आइतबार र सोमबार गरी २ दिन सञ्चालन गरिएको थियो । तालिमको सहजिकरण बागेश्वरी असल शासन क्लब (बास) संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो । यस कार्यक्रममा गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, कृषि शाखा प्रमुख, सम्पुर्ण वडाका बडाअध्यक्ष तथा वडा सचिबहरु र गाउँपालिका भित्रका ३ वटा माध्यामिक विद्यालयका शिक्षकहरु ग्रि जम्मा २२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै सीड्स कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक मेनका मल्लले सीड्स कार्यक्रमको एउटा विषयगत क्षेत्र सार्वजनिक क्षेत्र तथा नागरिक समाज सुदृढिकरण अन्तरगत स्थानीय सरकार को क्षमता सुदृढिकरणका साथै सार्वजनिक सेवा सुदृढिकरणमा टेवा पुग्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो ।
तालिम कार्यक्रम मा सुशासन प्रबद्र्धनका लागि स्थानीय स्तरमा गरिएका प्रयासहरु, असल शासन, असल शासनका आधारभुत तत्वहरु, स्थानीय सुशासन, असल शासनको महत्व, किन संस्कृति, भ्रष्टाचार, भ्रष्टाचार बिरुद्ध कानुनी प्रावधान, सूचनाको हक र यसको महत्व, सूचनाको हक र यसको महत्व, प्रभावकारी सार्वजनिक सेवाका लागि सेवाग्राही सन्तुष्ठि सर्बेक्षण र खुला सरकार विषयमा छलफल तथा प्रस्तुतिकरण गरिएको थियो ।


२ दिने उक्त कार्यक्रम समापनका अवसरमा आफ्नो धारणा राख्नुहुदै सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष श्री गुणेन्द्र घर्तीले यस तालिमबाट जनतालाई सेवा प्रवाह गर्दा सहिजलो हुने बताउनुभयो । घर्तीमगरले भन्नुनभयो ः– “तालिमबाट हामी जनप्रतिनिधि र कर्मचारी मिलेर अझै प्रभावकारी रुपमा सेवाप्रबाह गर्न सकिन्छ, कसरी हाम्रो गाउँपालिकालाई सुशासनयुक्त नमुना गाउँपालिका बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षित भएका छौँ । यो राम्रो काम हो ।” साथै उहाँले यो आर्थिक बर्षको सुरुवाति चरणमै यो कार्यक्रम आयोजना गरिएकाले यस तालिमबाट सिकेका सिकाईहरु सबै सहभागिहरुले आ–आफ्नो क्षेत्रमा लागु गर्नेमा अफु विश्वस्त रहेको बताउनुभयो ।


उक्त कार्यक्रमको सञ्चालन सीड्स कार्यक्रमका अनुगमन अधिकृत प्रताप श्रेष्ठले गर्नुभएको थियो । यो तालिम रोल्पा जिल्लाका स्थानीयतहरुमा पहिलो पटक प्रदान गरिएको हो । यसले गाउँपालिकामा शुसासनमा थप योगदान गर्ने विश्वास लिइएको छ ।

You may also like