पीडितहरूकाे सहयाेगका लागि हामी लाग्नै पर्छ- वडा अध्यक्ष भरत बहादुर बुढामगर

वर्षात सुरुवातसँगै देशको विभिन्न ठाउँमा बाढीपहिरोबाट हजारौं संख्यामा नागरिहकहरु प्रभावित बनेका छन् । यो पीडाबाट रोल्पा जिल्लाको माडी गाउँपालिका–५ नंंं. वडाको विभिन्न टोलका धेरै नागरिकहरुले पनि छुट पाउन सकेनन् । यस वडाको विभिन्न टोलका नागरिकहरु आवासबिहीन बनेको छन् । पहिरोले आवास र बारीमा क्षति पु¥याउँदा आफन्तको साहारामा दैनिकी जीवन बिताउन बाध्य छन् भने केही टोलका नागरिकहरु पनि पहिरोको उच्च जोखिमा रहेका छन् । पहिरो पीडितहरुलाई दैनिक जीवन यापनमा सहजता बनाउने उद्वेश्य सहित वडा कार्यालयको सक्रियतामा सहयोग कार्यलाई विशेष प्राथमिकता दिएको छ । वडा अध्यक्ष भरत बहादुर बुढामगरसँग वडाको विभिन्न टोलमा पहिरोको अवस्था, राहत वितरण, राहत संकलन सहित अन्य विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद छ ।
 कुन कार्यमा व्यवस्त हुनुहुन्छ ?
आजभोली वर्षात मौसम छ । बाढीपहिरोको जोखिम रहेको र पहिरोबाट प्रभावित पीडितहरुको राहत संकलन कार्यमा व्यस्त सँगसँगै वडा स्तरीय विनियोजिट रकमको उपभोक्ता समिति गठन लगायका कार्यमा व्यस्त छु ।
 यस वडाको भौगोलिक बनावट कस्तो छ ?
निकै अप्ठ्यारो छ । पहाडी भू–भाग भएकाले भिर, पहरा र खोचहरु छन् । माडी गाउँपालिकाको विकट वडा जस्ताको भएको छ । माडी खोलाले पुरै वडालाई छेकेको कारण झण्डै छ महिनासम्म सवारी साधनको आवागमन हुँदैन । निकै कठीन छ । साविकको भाबाङ गाउँ विकास समितिलाई राज्य पुर्न संरचनाको क्रममा एउटा वडा बनाएकोले माडी गाउँपालिकाको भौगोलिक अवस्थाले पनि ठूलो र जनासंख्या पनि धेरै रहेको छ ।
 हालसम्म कति घरपरिवार पहिरोले घरबारी बिहीन बनाएको छ ?
हालसम्म यस वडाको विभिन्न टोलमा १४ घरपविारको घर पहिरोले पुरेको छ ।
 पहिरोबाट कति धनजन क्षति पु¥याएको छ ?
ठ्याककै एकिन त छैन । तर, झण्डै रु २ करोड बराबरको धन सम्पत्तिमा पहिरोले क्षति पु¥याएको अनुमान छ । पहिरोको पूर्व अनुमानले समयमा नै सतर्क रहँदा पनि छ जना वडाबासीहरु घाइते हुनुभएको छ । तर, पहिरोबाट बासीहरुले ज्याउन गुमाउनु परेन् ।
 यस वडाको विभिन्न टोलमा थप पहिरोको अवस्था के छ ?
अझै पनि वर्षात भइरहेको हुँदा करीव २ दर्जन घरहरु पहिरोको जोखिममा छन् ।
 पहिरो प्रभावित परिवारहरुको बसाई व्यवस्थापन कुन–कुन ठाउँमा गर्नुभएको छ ?
आफ्नै टोल वरिपरी सुरक्षित घरमा बसाई व्यवस्थापन गरेका छौं ।
 पहिरोबाट वडाबासीहरुलाई बचाउनको निम्ति कस्ता गतिविधिहरु सञ्चालन गर्दै हुनुहुन्छ ?
यस वडाको विभिन्न टोलमा पहिरोको उच्च जोखिम भए पनि समयमा नै सतर्क रहन सचेत बनाउँदै आएका छौं । जे होस् वडाबासीहरुलाई पहिरोबाट बचाउनको निम्ति सचेत बनाउँदै छौं ।

This image has an empty alt attribute; its file name is v1-1-1024x1021.jpg

 पहिरो पीडितलाई राहत वितरण कसरी गर्दै हुनुहुन्छ ?
कतिपय घरहरु कुनै पनि सामानहरु, बन्दोबस्तिहरु निकाल्न नपाउँदै पहिरोले बगाएको छ । कतिपय घरपरिवारहरुले पूर्व सतर्क रही आफ्ना सामानहरु सुरक्षित ठाउँतिर व्यवस्थापन गरेकोले तत्काल लत्ताकपडा नै नहुने परिवारलाई विभिन्न बन्दाबस्तिहरुका सामानहरु सहित खाद्यन्न उपलब्ध गराएका छौं ।
 पहिरो प्रभावत परिवारहरुलाई हालसम्म कुन–कुन निकायबाट राहत उपलब्ध भएको छ ?
खास गरेर माडी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी उप शाखा घर्तिगाउँ, युवा क्लवहरु र स्थानीयबासीहरुबाट राहत उपलब्ध भएको छ । अन्य विभिन्न सहयोगी मनकारी मनहरुबाट त पहिरो पीडितको लागि राहत हामीलाई उपलब्ध हुने क्रम जारी छ ।
 राहत संकलनका लागि वडा कार्यालयबाट भएका प्रयासहरु बताइदिनुहोस् ?
जब यही महिनाको ४ गते रातिको पहिरोबाट यस वडाको विभिन्न टोलका १२ ओटा घरहरु भत्किादा हामी भाबाङबासी र वडाको जनप्रतिनिधि निकै चिन्तामा परेका छौं । ६ गते वडा समितिको बैठकबाट आर्थिक सहयोगको अपिल निकालेका थियौं । प्रहरीको मुचल्कालाई वडा कार्यालयको सिफारिस सहित सम्बन्धित निकायहरुमा पहल गरेका छौं । व्यक्तिगत दृष्टिकोणले पनि देश तथा विदेशमा रहनु भएका दाजुभाइ, दिदी बिहनीहरुलाई अनुरोध समेत गरेका छौं । अहिले सहयोगी मनकारी मनहरुको सहयोगबाट राहत संकलन भइरहेको छ । वडा कार्यालयको पहलमा एउटा दैविक प्रकोप राहत संकलन समिति गठन गरेका छौं । यस समितिले वडाभरि सहयोग रसिद वितरण गरिरहेको छ ।
 पहिरो पीडितबिहीन परिवारहरुको निम्ति कुन–कुन निकायसँग समन्वय गर्दै हुनुहुन्छ ?
संघीय संसद, प्रदेश संसद, माडी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय रोल्पालाई सहयोगका लागि वडा कार्यालयले अनुरोध गरेको छ ।
 हालसम्म कुन–कुन निकायबाट कति राहत संकलन गर्नुभएको छ ?
हालसम्म विभिन्न ठाउँमा राहत संकलन भइरहेको छ । एकिन त छैन । तर, हाम्रो सम्पर्कमा भएको रकम करीव रु ६ लाख संकलन भएको छ । प्रवासतिर एकीकृत प्रवासी मञ्च भाबाङले राहत रकम संकलनमा अमेरिकाबाट भाबाङ निबासी ओम बुढामगरको पहलमा राहत रकम रु २ लाख ४ हजार ६१० र रोल्पाली युवा नेतृत्व नविन खड्काको पहलमा रु १ लाख हामीलाई प्राप्त भएको छ । अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले पनि राहत संकलन गर्दै गरेको हामीलाई खबर प्राप्त भएको छ । साथै व्यक्तिगत रुपमा विभिन्न ठाउँमा राहत संकलन कार्य जारी छ ।
 पहिरो पीडितहरुमाध्ये कति घर परिवारका आवास पुर्ननिर्माण सम्भव छ भने कति परिवारको निम्ति बसाई स्थान्तरण गर्नुपर्ने छ ?
हालसम्म यस वडाको विभिन्न टोल गरी १४ घरपरिवारलाई स्थान्तरण गर्नुपर्ने र घर जटि पुर्ननिर्माण गर्नुपर्ने देखिन्छ ।
 पहिरो पीडितको आवास निर्माणको निम्ति कस्तो पहल गर्नुभएको छ ?
यो विषय अझै छलफलको रहेको छ । जे होस् यस विषयमा बहस थालनी भइसकेको छ ।
 पहिरोको दुःखत अवस्थामा मनकारी मनहरुबाट प्राप्त सहयोगको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
निकै खुसी लाग्छ । स्वतस्फू ढंगले हामीलाई सहयोग गरी राख्नु भएको छ । सायद हाम्रो पीडालाई उहाँहरुले आफ्नै समस्या जस्तो थान्नुभयो होला ।

This image has an empty alt attribute; its file name is v1-1-1024x1021.jpg

 वर्षातको मौसममा विभिन्न महामारी रोगको संक्रमितको उच्च जोखिम भएको हँुदा पहिरो पीडितहरुको बसाई व्यवस्थापन गर्नुभएको छ ?
सबैतिर जोजिख उस्तै छ । समस्या सबैतिर छ । प्रत्येक दिन जसो वर्षातको भएको खबर आइरहन्छ । तर, पहिरो पीडितहरुको दुःख सुख व्यवस्थापन भएको छ ।
मनकारी मनहरुले आर्थिक सहयोगका लागि कुन–कुन माध्यममा सम्पर्क गर्न सक्नुहुन्छ ?
हामीले आधिकारिक दृष्टिकोणले वडा सदस्य सविना घर्तीमगरको अध्यक्षतामा ९ सदस्य दैविक प्रकोप राहत संकलन समिति गठन गरेका छौं । यस समितिको खाता नम्बर १६५००६८८२०७३०००००१ सञ्चालन भएको छ । यस खातामा राहत उपलब्ध गराउन सकिन्छ । र साझै हामीसँग सम्पर्क गर्दा सहजै हुन्छ ।
 अव्यवस्थित सडक विस्तार नै पहिरोको प्रमुख स्रोत हो ?
यस वडाको हकमा सडकलेभन्दा पनि अविरल वर्षातले निमत्याएको विपद् हो भने पहिरो गएको केही ठाउँमा सडकको असर छैन ।
 सरोकारवाला निकायहरु र वाडाबासीहरुलाई के भन्नु हुन्छ ?
विपत्ति बाजा बजाएर आउँदैन । दुःख पर्दा नै सबैको सहयोगको खाचो पर्ने हो । त्यसैले दुःख घडीमा हामीलाई साथ सहयोग दिनुहुने सम्पूर्ण सहयोग मनकारीहरुमा विशेष सम्मान र आभार व्यक्त गर्दछु । र विपत्तिसँग जुड्न सम्पूर्ण वडाबासीहरुलाई आ–आफ्नो ठाउँबाट जुट्न पनि अपिल गर्दछु । साथै अझै सबैतिरबाट सहयोग अपेक्षा रख्दछु ।
 अन्तिममा केही कुरा छुटेका छन्, कि ?
सम सामयीक विषयमा विशेष माडी गाउँपालिका–५ नं. भाबाङको पछिल्लो पहिरोको विपत्ति सम्बन्धि आफ्ना कुरा राख्ने मौका दिनुभएकोमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका परिवारप्रति धेरै–धेरै धन्यवाद व्यक्त गर्दछु ।

You may also like