लुंग्री गा.पा.मा अनियमितता भएको भन्दै नागरिकदेखि प्रशाशकले छानवीन गर्न आदेश

मानसिंह वि.क
साउन १ रोल्पा

आर्थिक वर्षको अन्तिमसातामा लुंग्री गाउँपालिका भ्रष्टचार र अनियमितता भएको भन्ने आरोका उजुरीको परेको छ । रोल्पाको लुंग्री गाउँकामा आर्थिक वर्ष २०७६÷७७ का सडक निर्माणदेखि सेनेटरी प्याड खरिद प्रक्रियामा भ्रष्टचार भएको भन्दै गाउँपालिकाका उपाध्यक्ष, वडा सदस्य लगायत सर्वसाधारणले जिल्लाका अख्यिार प्रमुख प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयले प्रतिवेदन माग गरेको छ । यस विचमा एउटै पार्टी नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का र उपाध्यक्ष भिमकला बीचमा बढ्दै गएको मतभेदले कर्मचारीहरुलाई पनि काम गर्ने वातावरण नभएको कर्मचारीहरुले बताउँदै आएका छन् । उहाँहरु बीचमा एउटा पुर्व अर्काे पश्चिम फर्केर कुरालाई विवादतिर लग्दा सहजतरिकाले काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरु चिन्चत बनेका छन् ।
यस आर्थिक वर्षमा पनि १३ लाख ८३ हजार बजेटमा सेनेटरी प्याड खरिदमा अनियमितता भएको भन्दै उपाध्यक्ष भिमकला बुढामगरले नै उजुरी पेश गर्नु, गाउँपालिकाको बजेटमा लुंग्री ५ वडाचौरको दहचौर, भालुमारे तामाखोला आमबोट मोटरबाटो आयोजनामा ७ लाख ५० हजारको बजेटलाई करिव ५९ घण्टामै खर्च गरेको भन्दै वडा सदस्यहरु लगायत सरोकारवाला नागरिकले उजुरी दिएका छन् । यसकै निरन्तरतामा लुंग्री गाउँपालिका ६ गुम्चाल, र ७ हार्जङमा पर्ने भुगोलमा कुन्डरी, उडीनढुंगा, भैसेछोपे करिव ३१० घण्टामै ३० लाखको बजेट खर्च गरी अनियमितता भएको भन्दै उजुरी परेपछि लुंग्री गाउँपालिकामै हलचल पैदा भएको छ ।

गाउँपालिका उपाध्यक्ष भिमकला बुढामगरले अध्यक्षकै आडबलमा कर्मचारीहरुले जनतालाई दुख दिने, कर्मचारीहरुल अनियमितिमा कार्यमा लागिरहेको आरोपसहित छलफल विना भुक्तानी नदिनका लागि कर्मचारीहरुलाई निवेदन लेख्दा समेत कुनै वास्ता नगरेको भन्दै आफू प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिन वाध्य भएको बताउनुभयो । साथै आफूले उठाउँदै आएको मागमा छानवीन नभएमा अख्तियारलाई बोलाएर छानवीन गराउने समेत प्रतिववद्धता गर्नुभएको छ ।

सेनेटरी प्याड खरिदमा कसले के भन्छन ?

विद्यालयका विद्यार्थी किशोसरीहरुलाई सेनेटरी प्याड वितरण गर्नका लागि जेठ २ गते सूचना प्रकाशित भएको थियो । जसमा ३ वटा फर्मले मात्रै कोटेशन पेश गरेका थिए । त्यसमा एउटै टीपी टे«ेडस बुटवलले प्रति प्याकेट ६५ रुपैयामा दिन सक्ने र धरौटी रकमसहित पेश गरेको र दुइवटा मापडण्दनै नपुपेकोले पुनः खरिद समितिले असार १० मा गरेको सूचना प्रकाशनमा ५ वटाले कोटेशन पेश गरेका थिए । कर्मचारी, प्रहरीको रोवरमा खोलिएको कोटेशनमा इन्डोभेटिम मल्टि मिडिया विगनेज कम्पनी काठमाण्डौँ ३२ अनाम नगरले भ्याट बाहेक ४९ र प्रथम सूचनामा रु. ६५ दररेट सहित पेश गरेको टीपी टेड्रसले नै पुनः दोस्रो पटक भ्याट बाहेक १२४ रुपैया दर पेश गरेपछि यसमा विवाद बढेको गाउँपालिका एक कर्मचारीले बताए ।
प्रथम पटक सबै कागजात पुगेको टिपी टे«डस कम्पनीले दास्रो पटक कोटेशनमा भ्याट बाहेक १२४ रुपैया हाले पछि एक अर्कामा विभिन्न आशंका जन्मेको उपाध्यक्ष भिमकला बुढाथोकीले बताउनुभयो । उहाँले कर्मचारीकै संलग्नतामा ६५ बाट १२४ बढेर पेश भएको आरोप लगाउनु भएको छ भने कर्मचारीहरुले उपाध्यक्ष निर्देशनमा टिपी टे«ेडसले मूल्य बढाएको हाल उसले नपाएपछि विवाद सृजनाको माध्यममा भूमिका खेलको आरोप लगाएका छन् । गाउँपालिकामा भ्याट सहित ५५।३७ का दरले २४९७७ वटा प्याड जम्मा रु १३ लाख ८२ हजार ९७६ रुपैया ४९ पैसाको खरिद गरी सकेको छ ।लुंग्री गाउँपालिका उपाध्यक्ष भिमकला बुढा

लुंग्री गाउँपालिका उपाध्यक्ष भिमकला बुढा

भिमकला बुढामगरले भन्नुभयोः–“सूचनामा जिल्लाको दररेट अनुसार कोटेशन आह्वान नगरेको, गुणस्तर पनि उल्लेख नगरेको कति खरिद गर्ने हो त्यो पनि उल्लेख छैन । एक सातामै ५९ रुपैया मूल्य किन बृद्ध भयो । त्यसको बारेमा छानबीन गरिनु पर्दछ । ”
यस्तो विवाद भइरहेको बेला नै आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते गाउँपालिका उपाध्यक्षले बजेट भुक्तानी नदिनका लागि प्रमुख प्रशाशकीय अधिकृत मार्फत सबैलाई खिलित निवेदन मार्फत आदेश दिनुभएको थियो । त्यसको बोढार्थ गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्कालाई पनि दिनुभयो । त्यसबारेमा प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले जानकारी गराउनुभएको थियो । सोही दिननै गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काको अध्यक्षमा बैठक बसी कार्यपालिकाले सबै प्रक्रिया पुगेको भनि भुक्तानीका दिने निर्णय गरेको थियो । त्यसपछि उपाध्यक्षले गाउँपालिकाका अध्यक्षसहित नै त्यस कार्यमा संलग्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा प्रमुख जिल्ला अधिकारीलाई असार ३१ गते नै उजुरी दर्ता गराएका थिए । त्यसमा छानवीन हुनुपर्ने माग गर्नुभएको छ । आफू पनि दोषी भएमा कारवाही गर्न र अरुलाई पनि छानवीन गर्नका लागि निवेदन दिनुभएको छ ।

यस विषयमा पनि जिल्ला प्रशासन कार्यालय रोल्पाले छानबीनको लागि पत्रचार गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले त्यस विषयमा प्रतिवेदन पठाउनको लागि पत्रचार गरिसकोको बताउनुभो ।


लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का

यस विषयमा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले नियमसंगत भएकोले भुक्तानी दिन हुनका लागि बैठक मार्फत दिएपछि भुक्तानी भएको छ ।

७ लाख ५० हजारको बजेटमा आधा रकम भन्दा कम काम भएको

लुंग्री गाउँपालिका वडा नं. ५ को दहचौर, भालुमारे तामाखोला आमबोट मोटरबाटो आयोजनामा ७ लाख पचास हजारबाट सडक निर्माण पनि विवादको विषय बनेर भुक्तानी यस आर्थिक वर्षमा हुन सकेन । उपभोक्ता समितिहरुलाई डोजर मालिकले पैसा मागेर हैरान गरेपछि उपभोक्ताहरु निकै चिन्चित बनेका छन् ।
गाउँपालिको बजेटबाट ७ लाख ५० हजारमा विनियोजित भएको थियो । सो समितिले घण्टा भन्दा क्वान्टीटी पु¥याउने अनुसार सम्झौता गरेमा गाउँबासीलाई फाइदा हुने भन्दै सम्झौता गरी काम गरेको थियो । मेसिन प्रतिषप्रर्धामा महेन्द्र गुरुङ र सिवराम घर्तीले काम गर्न इच्छुक रहेको भनेका थिए । जसले काम पर्दछ त्यसले काम गरेवाफत गाउँको विद्यालयलाई १ लाख रुपैया सहयोग गर्ने बचन अनुसार शिवराम घर्तीमगरलाई काम दिइको थियो । पहिले क्वान्टीटीमै काम गराउने भनि सबै सरोकारवालाहरु एक मत भएको उपभोक्ता समितिका अध्यक्ष विकास  सुनारले बतायनुभयो । उहाँले भुक्तानी नलगेकोले डोजर मालिकलाई र गाउँपालिकाले आफै पैसा दिए भइ गयो नी ? हामीलाई किन यसको तारो बनाउने हामीले खाने पनि होइन किन अनुगमनमा ठीक छ भनियो । उहाँहरु तिरै पो प्रश्न हो ।
काम सम्पन्न भएपछि भुक्तानीका लागि वडा कार्यालले सिफारिस दिएको थियो । भुक्तानीका लागि अन्तिम प्रक्रियामा पुगि सकेको बेलामा वडा सदस्यहरु गौसरा घर्तीमगर र देविराम विष्टले उजुरी हालेपछि रोकिएको बताउनुभयो ।
आफूले भुक्तानीकालागि प्राविधिक वरुण राजबंशी र टेकन्द्र घर्तीमगरलाई काम ठीक छ की छैन भनि पटक पटक सोधेर सिफारिस गरेको तर पछि सन्तोष जनक काम नगरेको भन्दै वडा सदस्य देविराम विष्ट र गौसरा घर्तीले उजुरी दिनुभएपछि वडा अध्यक्ष भरबहादुर थापाले दुवै पक्षलाई छलपफलको लागि प्रयास गरेको बताउनुभयो ।

छलफलमा पहिलो छलफलमा समिति पक्ष नआएता पनि पछिल्लो छलफलमा आउने बेलामा उपभोक्ता तथा स्थानीय बोमबहादुर केसीको नेतृत्वमा जिल्ला प्रशासनमै उजुरी परेपछि आफूहरुको पहलभन्दा बाहिर गएकोले त्यसलाई वडाबाट छलफल गराउन नसकिएको वडा अध्यक्ष भरतबहादुर थापाले बतानुभयो । पुन अनुगमन गर्दा पनि क्वान्टीटी पुगेको नै प्राविधिक टोलीले बताएको थियो । उहाँले भन्नुभयोः–“प्राविधिकको कुरा हामीले थाहाँ पाउँदैनौँ, चत्तानको प्रकार, हामीलाई थाहाँ पाउँदैनौँ, दोजरको समय हेर्ने बेला काम कम भएको छ । रकको रकको ल्याव टेष्ट गरेर मात्रै भुक्तानी दिनु पर्दछ । भष्ट्रचार गर्न दिनु हुँदैन”


गाउँपालिकाको दर रेटमा बकेटको प्रति घण्टा ५ हजार, ब्रेकरको ६ हजार रहेको छ । सप्ट रक प्रति घनमिटर २३५, मिडियम रकको ३९०, हार्ड रक १४५३ रहेछ । प्राविधिकहरुले पनि सप्ट, मिडियम रककलाई हार्डरकको रेटमा राखेर कार्य सम्पादन गरेको हुन सक्ने वडा अध्यक्ष भरतबहादुर बुढामगरले बताउनुभयो ।
यस विषयमा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले नियमपूर्वक काम नभएकाले आफूलाई जानकारी नभएको आफूलाई जानकारी भएको भए छलफल गरेर मिलाउन सकिने बताउनुभयो ।
लुंग्री गाउँपालिकाका सूचना अधिकृत एवं योजना शाखा प्रमुख इश्वरी प्रसाद खनालले जिल्ला प्रशासनबाट पत्र प्राप्त भएपछि पछि हेर विचार गर्दा ५९ घण्टाको मात्रै रिफारिस गरेको बताउनुभयो ।
जिल्ला प्रशासनले छानवीनको लागि आदेश नगर्दासम्म त्यही बाटोमा ७ लाख ५० हजारको नै कार्य सम्पन्नको रिपोर्ट तयार हुनु, र फेरी पछि निर्देशन भएपछि करिव ५९ घण्टाको मात्रै प्रतिवेदन तयार हुनुले नै आर्थिक रुपमा मात्रै पनि होइन, काम गराईको तरिका र सबैको सहकार्यमा भ्रष्टचार गर्न खोजिएको कुरा प्रष्ट नै हुन्छ । उपभोक्ता समितिले भुक्तानी पनि लगेको छैन । यो नीति तथा कार्यन्वयमा भ्रष्टचारको प्रक्रिया शुरुभएको मान्न सकिन्छ ।

३० लाखको बजेट ३१० घण्टामा सकियो १२ लाख कहाँ जाने हो ?

यस्तै अर्काे विवादको सडक हो गाउँपालिका ६ गुम्चाल, र ७ हार्जङमा पर्ने भुगोलमा कुन्डरी, उडीनढुंगा, भैसेछोपे करिव ३१० घण्टामै ३० लाखको बजेटबाट निर्माण गरिएको सडक । त्यसमा पनि क्वान्टीटीमा काम गरेको भन्दै विल भरपाई तयार गरेर भुक्तानी प्रक्रियामा अगाडि बढाएको बेला नै उजुरी परेको छ ।
उपभोक्ता समितिका अध्यक्ष झकलाल विश्वकर्मा आफूहरुले गरेको काममा अनुगमन गाउँपालिका नै गरेको बताउँदै गाउँपालिकाले प्राविधिक रुपमा सन्तोष जनक रुपमा भएको रिपोर्ट तयार गरेकोले आफूहरु भुक्तानी प्रक्रियामा अगाडि बढेको बताउनुभयो । आफुले पनि एक रुपैया पनि भुक्तानी नलिएको गाउँपालिकाले जे निर्णय गर्दछ त्यसरी नै चल्ने बताउनुभयो । त्यस गाउँका एक स्थानीयबासीले भनेः–‘३१० घण्टामा ब्रेकरको हिसाव मात्रै गर्दा पनि ६००० का दरले १८ लाख ६० हजार हुन्छ करिव १२ लाख कहाँ गयो त्यसको छानवीन हुनु पर्ने बताउनुभयो । ” उनले भने विगतको स्थानीयतहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष लड्नुभएको व्यक्तिले नै गाउँलाई यसरी ठग्न थालेपछि यसको अरुले के गर्लान सोच्न पनि कठिन रहेको बताउनुभयो । यसमा गाउँपालिकाले आफै अनुगमन गरेको काममा कीन यस्तो हुन्छ ? यो आमका लागि निकै यक्ष प्रश् नबनेको छ । यस विषयमा गाउँपालिका उपाध्यक्षले भुक्तानी दिन मिल्ने ठहर गर्नुभएको छ । अक गाउँपालिका सबै बाटोहरुमा पुनर आर्थिक मूल्याङ्नको एजेण्डा उडाउनुभएको छ । उहाँले करि एक दर्जन भन्दा बढी बाटोहरुमा आर्थिक अनियमितता भएको दावी गर्नुभएको छ ।
रोल्पा जिल्ला विगतको तुलनामा विकास भने युद्धस्तरमा भएको हो । रोल्पामा सडक निर्माण, यातायात, सञ्चार, विद्युत, पूर्वाधार लगायतको क्षेत्रमा भएको अग्रगामी विकास प्रक्रिया सकरात्मक नै छ । तर दु्रत गतिमा भएको विकास निर्माणका कतिपय योजनामा संलग्न व्यक्तिहरु, साझेदारी रुपमै भ्रष्टचारमा संलग्न हुने, अनियमितामा जोडवल गर्ने लगायतका कार्यहरु हुने गरेको पाइएको छ । त्यसमा सुधार गर्न जनप्रतिनिधी, कर्मचारी, नागरिकहरु नै चनाखोे हुनु पर्ने देखिन्छ । होइन भने रोल्पामा आएको सबै क्षेत्रका विकास बजेटहरु बालुवामा पानी खनाएको झै हुनेछ । जनप्रतिनधी, कर्मचारीहरुको जीवनस्तर सुधार हुने जनताको जीवन स्तर जहाँको त्यही हुन्छ । त्यसैले प्रमुख जिल्ला अधिकारीले पनि विवेकपूर्ण तरिकाले समस्याको सामाधान गर्नका लागि ध्यान दिनु पर्दछ ।

 

 

You may also like