आशारा महरा अस्पतालमा मृत्युपछि आर्थिक संकलनबाट शव घर ल्याइयो

आशारा महरा अस्पतालमा मृत्युपछि आर्थिक संकलनबाट शव घर ल्याइयो
असार ३१ गते
लिबाङ–रोल्पा ।।।


रोल्पा नगरपालिका–२ देउराली रोल्पा निबासीको आशारा महराको उपचारमा भैरहवा मेडिकल कलेजमा मृत्यु हुँदा आइस्युको रकम समयमा बुझाउन नसकेपछि आर्थिक संकलन गरी शव घरसम्म ल्याएको छ ।
महराको परिवार सहित अन्य विपिन्न परिवारलाई आर्थिक अभावले सामान्यदेखि जटिल कार्यमा आर्थिक अनेक समस्या झेल्नु परेको छ । मृतक महराको उपचारको क्रममा भैरहवा मेडिकल कलेजको आइस्युमा राखिएको रु ४१ हजार रकम बुझाउनु पर्ने थियो । पीडा पीडैमा डुबेको महरा परिवारलाई यो रकम मेडिकललाई बुझाउन ढुङ्गाको चिउरा चपाए जस्तै बन्नु स्वभाविक नै हो । तर, आइस्युको रकम बुझाउँदासम्म महराको शव आफन्तलाई नदिने मेडिकलले माग थियो । मृतक महराको भदै कमल वलि सहितका आफन्तजनहरुले आर्थिक संकलन कार्य शुरुवात गर्नुभयो ।

सहयोगी मनकारी मनहरुको आर्थिक सहयोगबाट मृतक महराको शव घर ल्याएको कमल वलीले जानकारी दिनुभयो । महराको शव घर ल्याउनको लागि आर्थिक सहयोग गर्नु हुने शिव कुमार महरा रु १ हजार, ओम बहादुर खड्का रु १ हजार, खुम बहादुर के.सी.रु १ हजार, भिम बहादुर खड्का रु १ सय, नारायण यादव रु ५ सय, टोप बहादुर नेपाली रु १ हजार, गण बहादुर के.सी. रु २ सय, मन कुमारी घर्तीमगर रु १ हजार २ सय, श्यामलाल के.सी. रु १ हजार, टेकनाथ कँवर रु ३ सय, रण बहादुर महरा रु १ हजार, प्रसन्त श्रेष्ठ रु २ सय, जनक वली रु २ सय, चित्र बहादुर के.सी. रु ५ सय, रुपलाल वली रु १ हजार, दिलु खड्का रु १ सय, खिम बहादुर वली रु १ हजार ५ सय, तार्जन घर्ती रु ५०, कृपा वली रु ५ सय, देउ प्रसाद घर्ती रु ५ सय, फर्के महरा रु ५ सय, दिलमाया खत्री रु १ सय, नर बहादुर खत्री रु ५ सय, केशरी पुन मगर रु ५ सय, मेरमान डाँगी १ हजार ५ सय खड्कराम वली रु १ हजार ५ सय, भानु महरा रु १ हजार ५ सय, खुम बहादुर वली रु १ हजार ५ सय, लिल बहादुर वली रु १ हजार ५ सय, रण बहादुर वली रु ५ सय, गोपाल महरा रु १ हजार ५ सय, केशर बहादुर महरा रु १ हजार ५ सय, होम बहादुर खड्का रु ५ सय, शेर बहादुर डाँगी रु ५ सय, महेश सिंह ठकुरी रु १ सय, सविना रोका रु ५०, विद्याइका मोबाइल सेन्टर रु ५०, समृद्धि वली रु २ सय, वसन्त रिजाल रु १५०, तिर्थ खड्का रु ३ सय, थाम बहादुर डाँगी रु ६५०, देव बहादुर डाँगी रु १ हजार, कर्ण बहादुर खड्का रु १ सय, चिजा खड्का रु २ सय, विर्सा खड्का रु ५ सय, सागर डाँगी रु ५ हजार, संगम रोका मगर रु १ सय, हरी प्रसाद वली रु २ सय, नरेन्द्र सिं खड्का रु १ हजार, केवल सिं खत्री रु २ सय, प्रमिला वली रु ५ सय, विमला खत्री रु १५०, देउचन थापा रु २ हजार, रशेम वली रु १ सय, चित्र बहादुर महरा रु १ हजार ५ सय, नानुमाया बि.क. रु ५ सय, मूलपानी कृषि समूह रु २ हजार, खिम बहादुर घर्ती रु ५ हजार, दुर्गा बहादुर शाही रु ५ सय, नन्द बहादुर वली रु १ हजार, कमल कुमारी डाँगी रु ३ सय, सुमन विश्वकर्मा रु १ सय, मिलन डाँगी रु ५ सय, दिल बहादुर खड्का रु ५ सय, कर्ण बहादुर वली रु ५ सय, कुल बहादुर डाँगी रु १ हजार, खर बहादुर वली रु ५ सय, नन्द वीर डाँगी रु ५ सय, रुपलाल महरा रु १ हजार ५ सय, पुर्ण के.सी.रु ३ हजार, बुद्धिराम खड्का रु ५ सय, कमल वली रु १ हजार ६ सय, नर बहादुर के.सी. रु ५ सय, टिका बहादुर डाँगी रु ५ सय, गणेश के.सी. रु १ हजार, टिका बहादुर डाँगी रु ५ सय, हरि बहादुर वली रु १ हजार आर्थिक सहयोग गर्नुभएको थियो ।
मृतक महराको छोरीको लामो समयसम्म उपचारकै क्रममा २०७६ साल चैत्र महिनामा मृत्युभयो । छोरीको उपचारमा लाखौं धनराशी खर्च भएको मृतकको भदै कमल वलीले बताउनुभयो । छोरीको मृत्यु भएको एक महिनाभित्र श्रीमान् सुक बहादुर महराको लडेर उपचार सुन्धारउन्मुख अवस्थामा भएपनि भित्र बाहिर गर्न कठीन भएको वलीले बताउनुभयो । छोरीको मृत्यु भएको तीन महिनको समयवधिमै आमा महरा उपचारकै क्रममा मृत्यु भएको हो । अहिले महरा परिवारमा भावनात्मक पीडासँगै आर्थिक पीडाले बिछिप्त बनाएको छ । १७ वर्षिय छोराले आर्थिक समस्या समाधानकै लागि छिमेकी मूलक भारतको एक होटलमा काम गर्दै छन् भने लक डाउनको कारण घर आउन नसकेको कमल वलीले जानकारी दिनुभयो । आर्थिक र भावनात्मक पीडामा सहयोग गर्नु हुने सम्पूर्ण सहयोग मनकारी मनहरुलाई उहाँले आभार व्यक्त समेत गर्नुुभयो ।

You may also like