प्रतिनिधि सभाकाे निवर्तमान सभामुख कृष्ण बहादुर महराकी पत्नी सीता महराको आज निधन

प्रतिनिधि सभाकाे निवर्तमान सभामुख कृष्ण बहादुर महराकी पत्नी सीता महराको आज निधन
कार्तिक १९ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is sita.jpg

प्रतिनिधि सभाकाे निवर्तमान सभामुख कृष्ण बहादुर महराकी पत्नी सीता महराको निधन आज काठमाण्डौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहान ६ः२५ बजे निधन भएको हो ।
आफ्नै पुख्र्याैली घर रोल्पाको रोल्पा नगरपालिका–१ मेबाङमा दशैं मनाउन आएको समयमा उहाँको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कार्तिक १३ गते दाङ स्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । यस अस्पतालमा उपचारमा शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उहाँलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाण्डौैं पु¥याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यस अस्पतालमा पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।

You may also like